Jump to content

Page:Prithviraj chauhan.pdf/17: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{subst:start center block/nt}} <poem> क्षण र क्षण होशले हिँड्छन् सच्चाका ज्ञानमा । मनका रेखा सपना पनि थिति र थानमा । {{pcn|(७)}} उड्नको इच्छा पर्खेर बस्छे मौकाको इशारा । को भयो वीर नजिती आफू सत्यको सहारा ? {{pcn|(८)}}..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
क्षण र क्षण होशले हिँड्छन्
क्षण र क्षण होशले हिँड्छन्

Latest revision as of 00:29, 17 March 2025

This page has not been proofread

क्षण र क्षण होशले हिँड्छन्
सच्चाका ज्ञानमा ।
मनका रेखा सपना पनि
थिति र थानमा ।

(७)
उड्नको इच्छा पर्खेर बस्छे
मौकाको इशारा ।
को भयो वीर नजिती आफू
सत्यको सहारा ?

(८)
भयङ्कर झूटा भडकका वीर
संहार गर्छन् नीति र सत्य-
विनाका बेचारा ।
वृष्णिको कुल संहार गर्ने प्रवृत्ति हजारौँ ।

(९)
"दिन हाम्रो छोटो" भनेर उड्छन्
साँझका पखेटा ।
"कञ्चन चोली
खरानी जल्छन"
भन्दछन् बादल
फूलको कीर्ति-रङ्ग नै निभ्छ
कालको लखेटा ।
सुगन्ध बाँकी मनमा बस्छ
अमरको जगेडा ।

(१०)
पहाडका मूर्ति खाल्डामा मिल्छन्
शहरहरू कालले निल्छन्
लहर जसका जलकै चल्छन्
चञ्चल लहर जो पलपल छन्
अदलबंदल नाच्दो छ खालि
बढाई बखेडा ।