Jump to content

Page:Prithviraj chauhan.pdf/15: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{subst:start center block/nt}} <poem> झल्का र झिल्की जगतमा झारी देख्नेका नजर धिपिक्क बल्ने मनमा सुनफूली । संसार शिखर मानवआत्मा स्वर्ग र पृथ्वी गाँसेर बस्ने महिमा बिजुली । कठिनका पहाड चढेर हेर्ने हृदय भी..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
झल्का र झिल्की जगतमा झारी
झल्का र झिल्की जगतमा झारी

Revision as of 00:29, 17 March 2025

This page has not been proofread

झल्का र झिल्की जगतमा झारी
देख्नेका नजर धिपिक्क बल्ने
मनमा सुनफूली ।
संसार शिखर
मानवआत्मा
स्वर्ग र पृथ्वी गाँसेर बस्ने
महिमा बिजुली ।
कठिनका पहाड
चढेर हेर्ने
हृदय भीरुहरूको भीड
कल्केर अकेली ।

(३)
वीरका आत्मा हामीले देख्यौँ महिमा अघोर ।
पहाड छाती फूल फुल्ने जाति
वज्रके कठोर ।
महिमाशाली सुनचूली ज्वाली
उदार झर्ना झरझर निकाली
हरियो पारी जगत्को बाली
पृथिवी टेकी स्वर्गमा उड्ने
श्वासले शीतल जोशले भर्ने
सपना-बादल सुनौला भर्ने
कन्दरा-घोषहरूले भर्ने ।
विशाललाई मन्दिरमैं वर्ने
ताराका झल्का आकाशका पर्ने
सिंहका गर्जन वैरीमा गर्ने
शीतल छाया साधुमा पर्ने
पवित्रताका हिउँ सफा झर्ने
युग र युगलाई सुगन्ध वाला
भर्दिने फूलडाली।
हामीले देख्यौँ भारतका आत्मा
अतीत निहाली।