Page:Munamadan.pdf/41: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
बिचरी बूढी ती काँप्न थालिन्, कम्प भो विचित्र, | बिचरी बूढी ती काँप्न थालिन्, कम्प भो विचित्र, | ||
बन्द भो बोली, मनमनै रह्यो वचन पवित्र | बन्द भो बोली, मनमनै रह्यो वचन पवित्र, | ||
कहिलेकाहीँ मुनाको हात छामेर 'यहाँ छ' | कहिलेकाहीँ मुनाको हात छामेर 'यहाँ छ' | ||
भनेर दिँदा | भनेर दिँदा बकले भन्थिन् 'मदन कहाँ छ ?' | ||
{{pcn|'''•'''}} | {{pcn|'''•'''}} | ||
Line 12: | Line 12: | ||
छहारी बस्ने बटुवा हेर्थे टाढाको टाकुरा, | छहारी बस्ने बटुवा हेर्थे टाढाको टाकुरा, | ||
चिउँडो थियो हातको माथि, घुँडामा पाखुरा । | चिउँडो थियो हातको माथि, घुँडामा पाखुरा । | ||
हाँगाको काग | हाँगाको काग ओर्ह्लेर आयो, नजीकै करायो, | ||
नजर छड्के त्यो घाँटी कर्के गरेर करायो | नजर छड्के त्यो घाँटी कर्के गरेर करायो | ||
नजर फिर्यो, पसीना पुछी बोले ती बटुवा, | नजर फिर्यो, पसीना पुछी बोले ती बटुवा, | ||
"सुबोल् सुबोल् हे ! ठाउँ सरी बस् न, आकाश-डुलुवा ! | |||
हेरेर | हेरेर आइस् ती आँखा तानी के मेरो शहर ? | ||
नेपाल खाल्डो छ कान्तिपुरमा घर त्यो सुग्घर । | नेपाल खाल्डो छ कान्तिपुरमा घर त्यो सुग्घर । | ||
माई छन् मेरी कपाल सेती, मुना छन् उज्याली, | माई छन् मेरी कपाल-सेती, मुना छन् उज्याली, | ||
मलाई सन्चो छ भनी आइज पखेटा उचाली । | मलाई सन्चो छ भनी आइज पखेटा उचाली । | ||
'नमान्नू धन्दा नमान्नू फिक्री' भनेर सुनाई, | 'नमान्नू धन्दा नमान्नू फिक्री' भनेर सुनाई, | ||
गुँडमा फर्केस् बारीको यौटा | गुँडमा फर्केस् बारीको यौटा हलुवाबेद खाई !" | ||
उडेर गयो त्यो काग टाढा बुझे झैँ गरेर, | उडेर गयो त्यो काग टाढा बुझे झैँ गरेर, | ||
'कागले बुझयो, उडेर गयो पुग्नेछ सबेर । | 'कागले बुझयो, उडेर गयो, पुग्नेछ सबेर । | ||
बुझ्दैनन् भाषा पन्छीको हाय ! ती दुई बिचरा !' | |||
भनेर हेरी नजर भरी उठे ती बिचरा ! | भनेर हेरी नजर भरी उठे ती बिचरा ! | ||
बिचरा मदन, नजर भरेर ! | ::::बिचरा मदन, नजर भरेर ! | ||
{{pcn|'''•'''}} | {{pcn|'''•'''}} | ||
शहरभित्र केको हो यस्तो वियोग विलाप ? | शहरभित्र केको हो यस्तो वियोग विलाप ? | ||
पिल्पिले बत्ती भिजेका आँखा अलाप विलाप | पिल्पिले बत्ती भिजेका आँखा अलाप विलाप, | ||
</poem>}} | </poem>}} | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 01:45, 16 March 2025
बिचरी बूढी ती काँप्न थालिन्, कम्प भो विचित्र,
बन्द भो बोली, मनमनै रह्यो वचन पवित्र,
कहिलेकाहीँ मुनाको हात छामेर 'यहाँ छ'
भनेर दिँदा बकले भन्थिन् 'मदन कहाँ छ ?'
•
कुतीमा यौटा पीपल ठूलो हावाले हल्लायो,
हाँगामा आई कागले चुच्चो खोलेर करायो,
छहारी बस्ने बटुवा हेर्थे टाढाको टाकुरा,
चिउँडो थियो हातको माथि, घुँडामा पाखुरा ।
हाँगाको काग ओर्ह्लेर आयो, नजीकै करायो,
नजर छड्के त्यो घाँटी कर्के गरेर करायो
नजर फिर्यो, पसीना पुछी बोले ती बटुवा,
"सुबोल् सुबोल् हे ! ठाउँ सरी बस् न, आकाश-डुलुवा !
हेरेर आइस् ती आँखा तानी के मेरो शहर ?
नेपाल खाल्डो छ कान्तिपुरमा घर त्यो सुग्घर ।
माई छन् मेरी कपाल-सेती, मुना छन् उज्याली,
मलाई सन्चो छ भनी आइज पखेटा उचाली ।
'नमान्नू धन्दा नमान्नू फिक्री' भनेर सुनाई,
गुँडमा फर्केस् बारीको यौटा हलुवाबेद खाई !"
उडेर गयो त्यो काग टाढा बुझे झैँ गरेर,
'कागले बुझयो, उडेर गयो, पुग्नेछ सबेर ।
बुझ्दैनन् भाषा पन्छीको हाय ! ती दुई बिचरा !'
भनेर हेरी नजर भरी उठे ती बिचरा !
बिचरा मदन, नजर भरेर !
•
शहरभित्र केको हो यस्तो वियोग विलाप ?
पिल्पिले बत्ती भिजेका आँखा अलाप विलाप,