Page:Bhikari.pdf/34: Difference between revisions
Appearance
No edit summary Tag: Reverted |
No edit summary Tag: Reverted |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<onlyinclude>& | <onlyinclude><noinclude>{{start center block}}</noinclude><\onlyinclude> | ||
{{pcn|४}} | {{pcn|४}} | ||
टाढाबाट जुरेलि, कोइलि यहीँ आई मिठो गाउँछन् | टाढाबाट जुरेलि, कोइलि यहीँ आई मिठो गाउँछन् |
Revision as of 23:32, 15 March 2025
This page has been proofread
<noinclude>
</noinclude><\onlyinclude>
४ टाढाबाट जुरेलि, कोइलि यहीँ आई मिठो गाउँछन् यस्मा नीड बनाउँछन् अरु चरा, झुल्छन् नबोली कुनै । यस्मा आउँछ दूर देशहरुको सन्देश क्या सुन्दर, हामीभित्र उठेसरी स्वरहरू उत्तेजनाले छुँदा ॥
५ माटोभित्र जरा छ, जाल गहिरो प्यूँछन् धराको रस माथी बढ्दछ, फुल्दछन् फूलहरू, छन् भाव झैं सुन्दर । माटैभित्र जरा छ हामिहरुको, फुल्छौं उँचाई लिई हामीभित्र वसन्तका पवनका खुश्बू र सौन्दर्य छ ॥
६ केही रङ्ग उषा र साँझहरुका, केही शशी माधुरी वर्षाको रस, वायुको चपलता, ताराहरूको छवि । केही निर्मल पानिको मृदुलता, न्यानो तथा घामको मिल्छन्, फुल्छ कला विचित्र फुलमा, मानीसको भावना ॥
७ यस्का पात विचार झैं बहुल छन्, वैलाउँछन्, आउँछन् झर्छन्, फेरि पलाउँछन् तर लिई सादृश्य आकारमा । </poem>