Page:Bhikari.pdf/34: Difference between revisions
Appearance
No edit summary Tag: Reverted |
No edit summary Tag: Reverted |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | |||
{{pcn|४}} | |||
टाढाबाट जुरेलि, कोइलि यहीँ आई मिठो गाउँछन् | टाढाबाट जुरेलि, कोइलि यहीँ आई मिठो गाउँछन् | ||
यस्मा नीड बनाउँछन् अरु चरा, झुल्छन् नबोली कुनै । | यस्मा नीड बनाउँछन् अरु चरा, झुल्छन् नबोली कुनै । |
Revision as of 23:06, 15 March 2025
This page has been proofread
४
टाढाबाट जुरेलि, कोइलि यहीँ आई मिठो गाउँछन्
यस्मा नीड बनाउँछन् अरु चरा, झुल्छन् नबोली कुनै ।
यस्मा आउँछ दूर देशहरुको सन्देश क्या सुन्दर,
हामीभित्र उठेसरी स्वरहरू उत्तेजनाले छुँदा ॥
५
माटोभित्र जरा छ, जाल गहिरो प्यूँछन् धराको रस
माथी बढ्दछ, फुल्दछन् फूलहरू, छन् भाव झैं सुन्दर ।
माटैभित्र जरा छ हामिहरुको, फुल्छौं उँचाई लिई
हामीभित्र वसन्तका पवनका खुश्बू र सौन्दर्य छ ॥
६
केही रङ्ग उषा र साँझहरुका, केही शशी माधुरी
वर्षाको रस, वायुको चपलता, ताराहरूको छवि ।
केही निर्मल पानिको मृदुलता, न्यानो तथा घामको
मिल्छन्, फुल्छ कला विचित्र फुलमा, मानीसको भावना ॥
७
यस्का पात विचार झैं बहुल छन्, वैलाउँछन्, आउँछन्
झर्छन्, फेरि पलाउँछन् तर लिई सादृश्य आकारमा ।