Jump to content

Page:Munamadan.pdf/10: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
;मुना–
;मुना–
::नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलाई,
::नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलाई,
::मनको वनमा ननिभ्ने गरी विरह जलाई !
::मनको वनमा ननिभ्ने गरी विरह जलाई,
::::::ननिभ्ने गरी विरह जलाई !
::::::ननिभ्ने गरी विरह जलाई,
::लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए !
::लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए,
::के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए !
::के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए !
::::::प्यारा विष नै पिलाए !
::::::प्यारा ! विष नै पिलाए !
::मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा,
::मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा,
::यो मेरो मुटु पचासबाजी धड्कन्छ पलामा,
::यो मेरो मुटु पचासबाजी धड्कन्छ पलामा,
::यो छाती मेरो चिरेर खोली नजर गराए,
::यो छाती मेरो चिरेर खोली नजर गराए,
::त्यो मन केही फर्कँदो होला, तस्वीर खुलाए,
::त्यो मन केही फर्कँदो होला, तस्वीर खुलाए !
::आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन,
::आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन,
::मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन,
::मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन,
Line 24: Line 24:
::::::प्यारी ! भेटको बडा दिन !
::::::प्यारी ! भेटको बडा दिन !
::कि मरिछाड्यो, कि गरिछाड्यो मर्दको इरादा,
::कि मरिछाड्यो, कि गरिछाड्यो मर्दको इरादा,
::नहाल प्यारी ! बाटामा मेरो आँसुको यो बाधा
::नहाल प्यारी ! बाटामा मेरो आँसुको यो बाधा,
::अनार-दाना दाँतका लहर खोलेर हाँसन,
::अनारदाना दाँतका लहर खोलेर हाँस न,
::तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन
::तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन,
::::::प्यारी ! बिदामा हाँसन ।
::::::प्यारी ! बिदामा हाँस न !
</poem>}}
</poem>}}

Revision as of 02:04, 12 March 2025

This page has been proofread
मदन भोट जाने बेलामा
मुना–

नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलाई,
मनको वनमा ननिभ्ने गरी विरह जलाई,
ननिभ्ने गरी विरह जलाई,
लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए,
के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए !
प्यारा ! विष नै पिलाए !
मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा,
यो मेरो मुटु पचासबाजी धड्कन्छ पलामा,
यो छाती मेरो चिरेर खोली नजर गराए,
त्यो मन केही फर्कँदो होला, तस्वीर खुलाए !
आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन,
मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन,
प्यारा ! आँसुले बोल्दैन !

मदन–

हे मेरी मुना ! नभन त्यसो, जूनमा फुलेकी !
फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी ?
म बीसै दिन बसुँला ह्लासा, बाटामा बीसै दिन,
चखेवा फेरि आउँछ उडी बिहान कुनै दिन,
प्यारी ! भेटको बडा दिन !
कि मरिछाड्यो, कि गरिछाड्यो मर्दको इरादा,
नहाल प्यारी ! बाटामा मेरो आँसुको यो बाधा,
अनारदाना दाँतका लहर खोलेर हाँस न,
तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन,
प्यारी ! बिदामा हाँस न !