Page:Munamadan.pdf/15: Difference between revisions
No edit summary Tag: Manual revert |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 35: | Line 35: | ||
यूतोक स्याम्पा, त्यो पुल राम्रो, त्यो ह्लासा झल्मल । | यूतोक स्याम्पा, त्यो पुल राम्रो, त्यो ह्लासा झल्मल । | ||
</poem>}} | </poem>}} | ||
{{stanza continue}} | |||
<noinclude> | <noinclude> | ||
{{center block| | {{center block| |
Revision as of 23:04, 7 March 2025
डाँडा र काँडा, उकाला ठाडा जङ्घार हजार,
भोटको बाटो ढुङ्गा र माटो नङ्गा र उजार,
कुइरो डम्म, हिउँले टम्म त्यो विष फुलेको,
सिम्सिमे पानी, बतास चीसो बरफ झैँ डुलेको ।
मसाने खम्बा लामाका गुम्बा शिर गोल खौरेका,
बाटामा जाने हात खुट्टा ताने, आगाले बौरेका ।
बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामा
मदन ह्लासा झलझल देख्थे ब्यूँझिँदो स्वप्नमा
कल्पना ल्याउँछे दूरको दृश्य जादूका जलप दी
ह्लासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी !
स्याउला चीसा, ओछयान खासा जाडोले बज्ने दाँत,
पकाई झिक्ता नखान पाई काँचाको काँचै भात । [✤ 1]
आखिर ठूलो सुनको छाना साँझमा सुहायो,
मैदानतिर पोतालामनि ह्लासा नै मुस्कायो ।
आकाश छुने पहाडजस्तो सुनबुट्टे तामाको,
सुनको छाना, दरबार अजङ् त्यो दले लामाको
चौँरीको पर्दा, बुद्धको मूर्ति सुनमा कुँदेको,
रङ्गीन ढुङ्गा, अप्सरा सारी बुट्टामा चुँदेको ।
शीतल पानी, हरिया पात, हिउँका टाकुरा,
शिरीष फूल फुलेको सेतो, रुखका आँकुरा ।
कीचको खोला, लिङ्कोरको दृश्य, अम्बानको महल,
यूतोक स्याम्पा, त्यो पुल राम्रो, त्यो ह्लासा झल्मल ।
- ↑
✤बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामा
मदन ह्लासा झलमल देख्थे ब्यूँझिदो स्वप्नमा
कल्पना ल्याउँछे दूरको दृश्य जादूका जलप दी
ह्लासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी ।