Page:Munamadan.pdf/16: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 31: | Line 31: | ||
</ref> | </ref> | ||
</poem>}} | </poem>}} | ||
<section begin="C✮"> | <section begin="C✮"/> | ||
<noinclude> | <noinclude> | ||
{{center block| | {{center block| |
Revision as of 19:07, 7 March 2025
This page has not been proofread
ती हस्तिहाडसरिका सेता, भोटेनी भरखरका,
आँखाका काला, नौनीका छाला, त्यो ह्लासा शहरका ।
खौरेका शिर भोटेका गुरु, ती माला फिराई,
गम्भीर चाला, गडेका आँखा अनौठा लगाई ।
'ॐ मणिपद्मे ॐ मणिपद्मे' भनेर हिँडेका,
कपाल थापी आशीर्वाद मागी बटुवा बढेका ।
त्यो नौलो गाउँ, त्यो नौलो ठाउँ, त्यो नौलो सडकमा,
ह्लासाको शहर क्या लाग्दो रहर सुनको झलकमा ![✮ 1]
- ↑
✮हिमालको आकाश किनारापारि बुद्घको शीतल घाम
सुनौला बादल नगरी जस्तो गन्धर्व-परी-ग्राम,
विपनाभन्दा सपना राम्रो यथार्थभन्दा भाव,
स्वर्गमा यात्रा गरे झैं चले बबाटाको बिर्सी ताप,
ह्लासाको झल्के सुनका छाना उनका आँखामा,
रङ्गीन फल नौरङ्गी फुले उत्तरका शाखामा ।
दुधले न्वाउँथिन् भोटकी रानी, फुलमा सुत्त थिइन्,
हिमालको हिउँसँगैमा स्पधौ छालाले गर्दथिइन्,
गुलाफसँग दाँजिनुपथ्र्यो ऐनामा गाला रे ।
एक राज्य किन्ने गलामा उनको रत्नको माल रे ।
फुलको मह सहेली टिप्थे वागमा छानेर,
मणिको प्याला उचाली प्यूँथिन् आनन्द मानेर,
तरंग यस्ता हजारौ चले मदनका मनमा
सुनेको माथि कल्पना लागी रंगिलो क्षणमा ।
बाटो त सार्हो यमालो ठाडो कहीँ छ बित्ते भीर,
कहीँ छ डोरी टाँगेको पूल कहाली रिङ्ने शिर;
पातलो उचाईं धप्काउँदो फोक्सो मुटुलाई फोरेर
गरल लीला पर्वतमाथि पर्वत चढेर
तपस्वीलाई निर्माणनिम्ति चढाई कठोर
हजारौं सही भएझैं विफल कष्ट भो अघोर