Page:Munamadan.pdf/48: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
'पर्दाले ढाक्यो, पर्दाले छेक्यो, हे दिदी ! मलाई ! | |||
म रुने छैनँ, गएर भोलि भेटुँला तिनलाई, | |||
हे दैव ! पर्दा चाँडै नै उठा ! धन्य छ तँलाई !' | |||
{{pcn|'''•'''}} | |||
मदन त्यसै थलामा परे, दुःखले वैलायो, | |||
वैद्यले आई उनको नाडी घोरिई समायो । | |||
कफ र वायु बिग्रेछ भनी वैद्यले भन्दछ, | |||
अरुको कुरा नसुन्ने कान त्यो कुरा सुन्दछ । | |||
मदन भन्छन्, 'चरक पढ, सुश्रूत पल्टाऊ, | |||
मनको व्यथा रहन्छ कहाँ ? मलाई बताऊ, | |||
जिउने रोग मलाई लाग्यो, यो रोग हटाऊ । | |||
मनको रोगको औषधि के हो ? मलाई बताऊ । | |||
सम्झना भन्ने छटपटी हुन्छ, दर्शनपियास, | |||
झन् टाढा टाढा आँखाले हेर्छ पोल्दछ बतास, | |||
मगज घुम्छ भुँमरीभित्र मुटुमा दुख्तछ ! | |||
लक्षण सारा बाहिरबाट मनमा लुक्तछ !' | |||
वैद्यले हेर्यो, वैद्यले बुझ्यो, त्यो वैद्य आएन, | |||
मनको व्यथा कता हो कता ! औषधि पाएन । | |||
दिनका दिन झन् सार्हा भए बिचरा मदन, | |||
जस्ताको तस्तै होशमा छन् ती, सफा छ वचन, | |||
'हे मेरी दिदी ! यो घरजम तिमीले चलाऊ, | |||
पाटी र धारा आमाको इच्छा तिमी नै पुर्याऊ । | |||
सुसार गर्छिन् मुनाले माथि अकेली आमाको, | |||
नछाडी जाऊन् सुसार अरु अकेली आमाको, | |||
फुकाऊ तना, गङ्गाको जल देऊ न घुटुको, | |||
औषधी छैन हे मेरी दिदी ! फुटेको मुटुको ।' | |||
{{pcn|'''•'''}} | |||
</poem>}} |
Revision as of 17:06, 7 March 2025
'पर्दाले ढाक्यो, पर्दाले छेक्यो, हे दिदी ! मलाई !
म रुने छैनँ, गएर भोलि भेटुँला तिनलाई,
हे दैव ! पर्दा चाँडै नै उठा ! धन्य छ तँलाई !'
•
मदन त्यसै थलामा परे, दुःखले वैलायो,
वैद्यले आई उनको नाडी घोरिई समायो ।
कफ र वायु बिग्रेछ भनी वैद्यले भन्दछ,
अरुको कुरा नसुन्ने कान त्यो कुरा सुन्दछ ।
मदन भन्छन्, 'चरक पढ, सुश्रूत पल्टाऊ,
मनको व्यथा रहन्छ कहाँ ? मलाई बताऊ,
जिउने रोग मलाई लाग्यो, यो रोग हटाऊ ।
मनको रोगको औषधि के हो ? मलाई बताऊ ।
सम्झना भन्ने छटपटी हुन्छ, दर्शनपियास,
झन् टाढा टाढा आँखाले हेर्छ पोल्दछ बतास,
मगज घुम्छ भुँमरीभित्र मुटुमा दुख्तछ !
लक्षण सारा बाहिरबाट मनमा लुक्तछ !'
वैद्यले हेर्यो, वैद्यले बुझ्यो, त्यो वैद्य आएन,
मनको व्यथा कता हो कता ! औषधि पाएन ।
दिनका दिन झन् सार्हा भए बिचरा मदन,
जस्ताको तस्तै होशमा छन् ती, सफा छ वचन,
'हे मेरी दिदी ! यो घरजम तिमीले चलाऊ,
पाटी र धारा आमाको इच्छा तिमी नै पुर्याऊ ।
सुसार गर्छिन् मुनाले माथि अकेली आमाको,
नछाडी जाऊन् सुसार अरु अकेली आमाको,
फुकाऊ तना, गङ्गाको जल देऊ न घुटुको,
औषधी छैन हे मेरी दिदी ! फुटेको मुटुको ।'
•