Page:Munamadan.pdf/43: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
पापीको मुख हेर न आमा ! मलाई हेर न ! | |||
म आएँ आमा ! म पापी आमा ! मलाई हेर न ! | |||
आमा ! मलाई हेर न ! | |||
किन नि टाढा हेरेको त्यस्तो ! म आएँ, म आएँ ! | |||
नजर फेरि फिराऊ यता, रोएर कराएँ ! | |||
रुन पाउमा म आएँ ! | |||
मुटुमा गाँठो पारेर हेछर्यौ ! नजर फिर्यो नि ! | |||
नछाड आमा ! फर्क न , फर्क, टुहुरो मर्यो नि ! | |||
आमा ! टुहुरो मर्यो नि ! | |||
म आएँ आमा ! म दु:ख दिन कोखमा पसेको ! | |||
बुढेसकाल छाडेर छुरी मुटुमा धसेको ! | |||
छुरी मुटुमा धसेको ! | |||
मदन भन्ने म पापी छोरो चिन्यौ कि चिनिनौ ? | |||
'आइछस् बाबू !' भनेर हरे ! मुखले भनिनौ ! | |||
आमा ! चिन्यौ कि चिनिनौ ? | |||
मुखले तिम्रो नबोले पनि आँखाले बोल्दछ ! | |||
यो तिम्रो दशा देखेर आमा ! कलेजा जल्दछ ! | |||
आमा ! कलेजा जल्दछ ! | |||
सुसार तिम्रो गर्न नै मैले पापी भै पाइनँ ! | |||
गरुँला भन्ने मनमै रह्यो, म अघि आइनँ ! | |||
हरे ! म अघि आइनँ ! | |||
क्या शान्ति छायो मुखमा तिम्रो ! हे आमा ! बोल न, | |||
अमृतजस्तो वचन तिम्रो हृदय खोल न ! | |||
आमा ! एक फेरा बोल न ! | |||
हे मेरी आमा ! मलाई हेरी नजर रसाए, | |||
कलिलो त्यस्तो हृदय मैले कसरी बिझाएँ ? | |||
</poem>}} | |||
{{stanza continue}} |
Revision as of 17:03, 7 March 2025
पापीको मुख हेर न आमा ! मलाई हेर न !
म आएँ आमा ! म पापी आमा ! मलाई हेर न !
आमा ! मलाई हेर न !
किन नि टाढा हेरेको त्यस्तो ! म आएँ, म आएँ !
नजर फेरि फिराऊ यता, रोएर कराएँ !
रुन पाउमा म आएँ !
मुटुमा गाँठो पारेर हेछर्यौ ! नजर फिर्यो नि !
नछाड आमा ! फर्क न , फर्क, टुहुरो मर्यो नि !
आमा ! टुहुरो मर्यो नि !
म आएँ आमा ! म दु:ख दिन कोखमा पसेको !
बुढेसकाल छाडेर छुरी मुटुमा धसेको !
छुरी मुटुमा धसेको !
मदन भन्ने म पापी छोरो चिन्यौ कि चिनिनौ ?
'आइछस् बाबू !' भनेर हरे ! मुखले भनिनौ !
आमा ! चिन्यौ कि चिनिनौ ?
मुखले तिम्रो नबोले पनि आँखाले बोल्दछ !
यो तिम्रो दशा देखेर आमा ! कलेजा जल्दछ !
आमा ! कलेजा जल्दछ !
सुसार तिम्रो गर्न नै मैले पापी भै पाइनँ !
गरुँला भन्ने मनमै रह्यो, म अघि आइनँ !
हरे ! म अघि आइनँ !
क्या शान्ति छायो मुखमा तिम्रो ! हे आमा ! बोल न,
अमृतजस्तो वचन तिम्रो हृदय खोल न !
आमा ! एक फेरा बोल न !
हे मेरी आमा ! मलाई हेरी नजर रसाए,
कलिलो त्यस्तो हृदय मैले कसरी बिझाएँ ?