Page:Munamadan.pdf/41: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
बिचरी बूढी ती काँप्न थालिन्, कम्प भो विचित्र, | |||
बन्द भो बोली, मनमनै रह्यो वचन पवित्र । | |||
कहिलेकाहीँ मुनाको हात छामेर 'यहाँ छ' | |||
भनेर दिँदा बलले भन्थिन् 'मदन कहाँ छ ?' | |||
{{pcn|'''•'''}} | |||
कुतीमा यौटा पीपल ठूलो हावाले हल्लायो, | |||
हाँगामा आई कागले चुच्चो खोलेर करायो, | |||
छहारी बस्ने बटुवा हेर्थे टाढाको टाकुरा, | |||
चिउँडो थियो हातको माथि, घुँडामा पाखुरा । | |||
हाँगाको काग ओह्र्लेर आयो, नजीकै करायो, | |||
नजर छड्के त्यो घाँटी कर्के गरेर करायो । | |||
नजर फिर्यो, पसीना पुछी बोले ती बटुवा, | |||
'सुबोल् सुबोल् हे ! ठाउँ सरी बस्न, आकाश-डुलुवा ! | |||
हेरेर आइसु ती आँखा तानी के मे शहर ? | |||
नेपाल खाल्डो छ कान्तिपुरमा घर त्यो सुग्घर । | |||
माई छन् मेरी कपाल सेती, मुना छन् उज्याली, | |||
मलाई सन्चो छ भनी आइज पखेटा उचाली । | |||
'नमान्नू धन्दा नमान्नू फिक्री' भनेर सुनाई, | |||
गुँडमा फर्केस् बारीको यौटा हलुवावेद खाई !' | |||
उडेर गयो त्यो काग टाढा बुझे झैँ गरेर, | |||
'कागले बुझयो, उडेर गयो पुग्नेछ सबेर । | |||
बुझदैनन् भाषा पन्छीको हाय ! ती दुई बिचरा !' | |||
भनेर हेरी नजर भरी उठे ती बिचरा ! | |||
बिचरा मदन, नजर भरेर ! | |||
{{pcn|'''•'''}} | |||
शहरभित्र केको हो यस्तो वियोग विलाप ? | |||
पिल्पिले बत्ती भिजेका आँखा अलाप विलाप । | |||
</poem>}} | |||
{{stanza continue}} |
Revision as of 17:01, 7 March 2025
बिचरी बूढी ती काँप्न थालिन्, कम्प भो विचित्र,
बन्द भो बोली, मनमनै रह्यो वचन पवित्र ।
कहिलेकाहीँ मुनाको हात छामेर 'यहाँ छ'
भनेर दिँदा बलले भन्थिन् 'मदन कहाँ छ ?'
•
कुतीमा यौटा पीपल ठूलो हावाले हल्लायो,
हाँगामा आई कागले चुच्चो खोलेर करायो,
छहारी बस्ने बटुवा हेर्थे टाढाको टाकुरा,
चिउँडो थियो हातको माथि, घुँडामा पाखुरा ।
हाँगाको काग ओह्र्लेर आयो, नजीकै करायो,
नजर छड्के त्यो घाँटी कर्के गरेर करायो ।
नजर फिर्यो, पसीना पुछी बोले ती बटुवा,
'सुबोल् सुबोल् हे ! ठाउँ सरी बस्न, आकाश-डुलुवा !
हेरेर आइसु ती आँखा तानी के मे शहर ?
नेपाल खाल्डो छ कान्तिपुरमा घर त्यो सुग्घर ।
माई छन् मेरी कपाल सेती, मुना छन् उज्याली,
मलाई सन्चो छ भनी आइज पखेटा उचाली ।
'नमान्नू धन्दा नमान्नू फिक्री' भनेर सुनाई,
गुँडमा फर्केस् बारीको यौटा हलुवावेद खाई !'
उडेर गयो त्यो काग टाढा बुझे झैँ गरेर,
'कागले बुझयो, उडेर गयो पुग्नेछ सबेर ।
बुझदैनन् भाषा पन्छीको हाय ! ती दुई बिचरा !'
भनेर हेरी नजर भरी उठे ती बिचरा !
बिचरा मदन, नजर भरेर !
•
शहरभित्र केको हो यस्तो वियोग विलाप ?
पिल्पिले बत्ती भिजेका आँखा अलाप विलाप ।