Page:Munamadan.pdf/38: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
दुई दिल मिली फुलेकी बेली, मगमग चमेली, | |||
बगैँचाभित्र स्वर्ग नै होला हाँगाको हबेली, | |||
जोबनका गालामा लाजको लाली फुलेको गुलाब, | |||
पानामा सेता सुनका अक्षर, चम्पक किताब, | |||
पहाड-किल्ला चूली उपल्ला श्रीपेच-सरोज, | |||
रक्षाका निम्ति ती पशुपति मुटुमा विराज, | |||
वीरको देश, धर्मको गादी, शक्तिको आँकुरा, | |||
पछिको बढ्ती देखाई उठ्छन् हिउँका टाकुरा, | |||
त्यो देशभित्र त्यो सानो घर, झल्झली फिर्दछ, | |||
बिर्सेको रिन सम्झनाकन आँसुले तिर्दछ । | |||
सम्झँदिहुन् ती डाँडाकी ज्रन, आमाले मलाई, | |||
वनको छेउ म टाढा बस्छु त्यो घर रुलाई, | |||
तिमीले लायौ सधैँको गुन, म तिर्न सक्तिनँ, | |||
सधैँको ऋणी, म तिर्न सक्तिनँ ! | |||
दुइटा मैला सुनका थेला वनमा गाडेको, | |||
यौटा हो तिम्रो यौटा हो मेरो गुनले बाँडेको, | |||
यो तिमी लेऊ बिदाइ देऊ, म घर हिँड्दछु, | |||
यो तिम्रो गुन सधैँको सम्झी अगाडि बढ्दछु ।' | |||
भोटेले भन्छ,'के गर्छ मैले पहेँलो सुनले ? | |||
रोपेर सुन उम्रन्न क्यार के गर्छ सुनले ? | |||
रोपेर राख्यो, पछि पो खान्छ यो तिम्रो गुनले, | |||
बालक मेरा यी छोराछोरी, आमाले छाडेको, | |||
के गर्नु सुन ? के गर्नु धन ? दैवले चुँडेको, | |||
यो केटाकेटी खाँदैन सुन, लाउँदैन गहना, | |||
आकाशमाथि जहान मेरो बादल छ गहना !' | |||
</poem>}} | |||
{{stanza continue}} |
Revision as of 16:58, 7 March 2025
दुई दिल मिली फुलेकी बेली, मगमग चमेली,
बगैँचाभित्र स्वर्ग नै होला हाँगाको हबेली,
जोबनका गालामा लाजको लाली फुलेको गुलाब,
पानामा सेता सुनका अक्षर, चम्पक किताब,
पहाड-किल्ला चूली उपल्ला श्रीपेच-सरोज,
रक्षाका निम्ति ती पशुपति मुटुमा विराज,
वीरको देश, धर्मको गादी, शक्तिको आँकुरा,
पछिको बढ्ती देखाई उठ्छन् हिउँका टाकुरा,
त्यो देशभित्र त्यो सानो घर, झल्झली फिर्दछ,
बिर्सेको रिन सम्झनाकन आँसुले तिर्दछ ।
सम्झँदिहुन् ती डाँडाकी ज्रन, आमाले मलाई,
वनको छेउ म टाढा बस्छु त्यो घर रुलाई,
तिमीले लायौ सधैँको गुन, म तिर्न सक्तिनँ,
सधैँको ऋणी, म तिर्न सक्तिनँ !
दुइटा मैला सुनका थेला वनमा गाडेको,
यौटा हो तिम्रो यौटा हो मेरो गुनले बाँडेको,
यो तिमी लेऊ बिदाइ देऊ, म घर हिँड्दछु,
यो तिम्रो गुन सधैँको सम्झी अगाडि बढ्दछु ।'
भोटेले भन्छ,'के गर्छ मैले पहेँलो सुनले ?
रोपेर सुन उम्रन्न क्यार के गर्छ सुनले ?
रोपेर राख्यो, पछि पो खान्छ यो तिम्रो गुनले,
बालक मेरा यी छोराछोरी, आमाले छाडेको,
के गर्नु सुन ? के गर्नु धन ? दैवले चुँडेको,
यो केटाकेटी खाँदैन सुन, लाउँदैन गहना,
आकाशमाथि जहान मेरो बादल छ गहना !'