Page:Munamadan.pdf/37: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
दूबोको बारी त्यो टुँडिखेल रुखले घेरेको, | |||
धररा उठी शहरमाथि गजूर भिरेको । | |||
आकाशलाई छातीमा राख्ने त्यो रानीपोखरी, | |||
त्यो कान्तिपुरी, केँवराकेश उज्याला सुन्दरी, | |||
साँझमा गाग्रो कटीमा राखी अँगालो हालेका, | |||
मस्केर चल्ने लाजले बल्ने, कपूरमा ढालेका । | |||
विचित्र त्यस्ते त्यो चित्रकारी झ्याल र ढोकामा, | |||
पीपल ठूलो बोलेर उठ्ने हावाको झोकामा । | |||
त्यो सानो घर पीपलनिर, भ्mयालमा मुनियाँ, | |||
ती बूढी आमा, ती प्यारी मुना, मनका दुनियाँ । | |||
आमाको बोली, मुनाका आँखा, दिदीको रुलाइ, | |||
कौसीको ज्रन, गमलामाथि फूलको झुलाइ । | |||
फर्केर हेर्छन् मदन फेरि भोटेको आँगन, | |||
क्या राम्रा बच्चा, क्या राम्रा पाठा खेलमा मगन ! | |||
हेरेर फेरि भोटेका तर्फ मदन बोल्दछन्, | |||
हृदयभित्र लुकेको इच्छा ओठले खोल्दछन्, | |||
'हरियो भयो डाँडाको मुख फूल फूल्यो वनमा, | |||
टाढाको घर झल्केर आयो हे दाजु ! मनमा । | |||
कलिलो राम्रो पालुवा होला नेपालमा लागेको, | |||
त्यो आलुबखडा हाँसेको होला वसन्त पाएको, | |||
हरियो चिल्लो जोबन होला वनमा जागेको ! | |||
वास्नाले मीठो चलेको होला हावाको लहर, | |||
रुख र लहरा झुलेका होलान् सिहर सिहर, | |||
खोलामा होलान् घाममा खेल्न छविला लहर ! | |||
'वसन्त लाग्यो ! वसन्त लाग्यो !' भन्दी हो कोइली, | |||
डुल्दी हो लिई अनेक रङ्गी फूलका सहेली, | |||
</poem>}} | |||
{{stanza continue}} |
Revision as of 16:58, 7 March 2025
दूबोको बारी त्यो टुँडिखेल रुखले घेरेको,
धररा उठी शहरमाथि गजूर भिरेको ।
आकाशलाई छातीमा राख्ने त्यो रानीपोखरी,
त्यो कान्तिपुरी, केँवराकेश उज्याला सुन्दरी,
साँझमा गाग्रो कटीमा राखी अँगालो हालेका,
मस्केर चल्ने लाजले बल्ने, कपूरमा ढालेका ।
विचित्र त्यस्ते त्यो चित्रकारी झ्याल र ढोकामा,
पीपल ठूलो बोलेर उठ्ने हावाको झोकामा ।
त्यो सानो घर पीपलनिर, भ्mयालमा मुनियाँ,
ती बूढी आमा, ती प्यारी मुना, मनका दुनियाँ ।
आमाको बोली, मुनाका आँखा, दिदीको रुलाइ,
कौसीको ज्रन, गमलामाथि फूलको झुलाइ ।
फर्केर हेर्छन् मदन फेरि भोटेको आँगन,
क्या राम्रा बच्चा, क्या राम्रा पाठा खेलमा मगन !
हेरेर फेरि भोटेका तर्फ मदन बोल्दछन्,
हृदयभित्र लुकेको इच्छा ओठले खोल्दछन्,
'हरियो भयो डाँडाको मुख फूल फूल्यो वनमा,
टाढाको घर झल्केर आयो हे दाजु ! मनमा ।
कलिलो राम्रो पालुवा होला नेपालमा लागेको,
त्यो आलुबखडा हाँसेको होला वसन्त पाएको,
हरियो चिल्लो जोबन होला वनमा जागेको !
वास्नाले मीठो चलेको होला हावाको लहर,
रुख र लहरा झुलेका होलान् सिहर सिहर,
खोलामा होलान् घाममा खेल्न छविला लहर !
'वसन्त लाग्यो ! वसन्त लाग्यो !' भन्दी हो कोइली,
डुल्दी हो लिई अनेक रङ्गी फूलका सहेली,