Jump to content

Page:Munamadan.pdf/30: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
{{center block|
<poem>
<ref group="✱" follow="p20">वनका बीच घरेलु चिल्लो झुपडी टुमुक्क
गोबरमाटे फूल-टाटेपाटे,
वनको कोही देव र देवी घुस्ने झैँ सुटुक्क,
हाँगाको टेको, हावाको छेको ढुङको गाहारो
मदनलाई लाग्यौ महलभन्दा धनी र पियारो,
भेडाको ऊनको बिछ्यौना नरम आढ्नालाई पाखी छ,
त्यहाँको जीवन वैकुण्ठ जस्तो उनको लागि छ,
मुस्कानमा छैन मान्छेको छुरी, वचनमा छैन विष,
हावामा छैन दूषण केही, मनमा राग रिस,
दारिद्र्य त्यहाँ क्या धनी थियो थोरैमा कति धेर ।
चाहिँदो रैछ के सुखलाई ? प्रकृति भएनेर ।
हरियो थियो आँखाको शीतल प्रकृति रङको धन
शहरमा भरी जीवन भन्छन् जीवन थियो वन !
नकली ज्ञान पोथीका भन्दा, फूल-पाना हँसिला
रङ्गिला पत्र प्रकृतिदेवी उल्टन्थिन् रसिला,
ईश्वरको ज्योति टल्कन्थ्यो त्यहीँ शीतका दानामा,
क्या बोल्थ्यो ईश्वर पखैरुबाट रङ्गनि गानामा !
फूलको बोट उम्रेको हेरी मान्छेले पाउँथ्यो ज्ञान,
सुँघेर बास्ना लट्ठ भै आत्मा भोग्दथ्यो क्या निर्वाण
लामाको जीवन प्रकृतिबीचमा बनेली मुटुमा
बुद्धको टकले झिल्केको थियो निर्वाण-पथमा
पन्छी र पशुहरूको साथी अहिंसा विचारी
रूखको ढुकढुक, फूलको धड्कन,
ज्योतिका पथमा बीजको स्फुरण,
समस्त तिनको रहस्य जान्ने प्रकृति-पुजरी
रहेछ लामा एकान्ततामा विलासिरहेको
देख्तामा झुत्रो, भित्र त्यो कत्रो ! विशाल भएको
चौँरीलाई पाली, फलफूल हाली, बटुली जहान
पाल्दथ्यो यौटा आदर्श ढङ्लै कुटीमा सुबान
</ref>
</poem>}}
<noinclude>
{{center block|
<small>
<references group="✱"/>
</small>
}}
</noinclude>

Revision as of 16:42, 7 March 2025

This page has not been proofread

    वनका बीच घरेलु चिल्लो झुपडी टुमुक्क