Jump to content

Page:Munamadan.pdf/29: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
{{center block|
<poem>
आगोको ज्वाला कताको होला ? डढेलो उठ्यो कि,
मरेकालाई झन् मार्न भनी डढेलो उठ्यो कि ?
नजीकै आयो मानिस यौटा लिएर चिराक
डाँकू पो हो कि ? भूत पो हो कि ? वनको खराब ।
पयोमा यौटा झुण्डेको सास के भर, के डर ?'
भएको बल गलाको पुग्छ चिराक पल्तिर ।
को रुन्छ, भनी भोटेले हेर्छ, देख्दछ बिरामी
मायाले भन्छ, 'साथी र भाइ रहेछ हरामी ।
मेरो छ घर एक कोस पर, तिमी त मर्दैन,
म बोकी लान्छ, हुन्छ कि हुन्न ? फरक पर्दैन ।'
भोटेको पाउ समाई भन्छन् बिचरा मदन,
'ईश्वर मेरा हे भोटे दाइ ! क्या राम्रो वचन !
घरमा मेरी छन् बूढी आमा, ती सेतै फुलेकी,
घरमा मेरी जहान यौटी बत्ती झैँ बलेकी ।
मलाई आज बचाइदेऊ ईश्वरले हेर्नेछ
मानिसलाई मद्दत गर्ने स्वर्गमा पर्नेछ ।
क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन;
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।'
बोकेर लग्यो भोटेले घर, ऊनमा बिसायो,
पानीको घुट्का पिलाइदियो दयाले रसायो ।
खोजेर ल्यायो वनको बूटी घोटेर पिलायो,
चौँरीको दूध पिलाईकन बलियो बनायो ।<ref group="✱" name="p20">✱हिमालको बूटी विचित्र थियो जादूको दियो काम
त्यो भोटे दैव नभए कठै जान्थे ती परमधाम ।
</ref>
</poem>}}
<noinclude>
{{center block|
{{rule}}
<small>
<references group="✱"/>
</small>
}}
</noinclude>

Revision as of 16:40, 7 March 2025

This page has not been proofread

आगोको ज्वाला कताको होला ? डढेलो उठ्यो कि,
मरेकालाई झन् मार्न भनी डढेलो उठ्यो कि ?
नजीकै आयो मानिस यौटा लिएर चिराक
डाँकू पो हो कि ? भूत पो हो कि ? वनको खराब ।
पयोमा यौटा झुण्डेको सास के भर, के डर ?'
भएको बल गलाको पुग्छ चिराक पल्तिर ।
को रुन्छ, भनी भोटेले हेर्छ, देख्दछ बिरामी
मायाले भन्छ, 'साथी र भाइ रहेछ हरामी ।
मेरो छ घर एक कोस पर, तिमी त मर्दैन,
म बोकी लान्छ, हुन्छ कि हुन्न ? फरक पर्दैन ।'
भोटेको पाउ समाई भन्छन् बिचरा मदन,
'ईश्वर मेरा हे भोटे दाइ ! क्या राम्रो वचन !
घरमा मेरी छन् बूढी आमा, ती सेतै फुलेकी,
घरमा मेरी जहान यौटी बत्ती झैँ बलेकी ।
मलाई आज बचाइदेऊ ईश्वरले हेर्नेछ
मानिसलाई मद्दत गर्ने स्वर्गमा पर्नेछ ।
क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन;
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।'
बोकेर लग्यो भोटेले घर, ऊनमा बिसायो,
पानीको घुट्का पिलाइदियो दयाले रसायो ।
खोजेर ल्यायो वनको बूटी घोटेर पिलायो,
चौँरीको दूध पिलाईकन बलियो बनायो ।[✱ 1]


  1. ✱हिमालको बूटी विचित्र थियो जादूको दियो काम
    त्यो भोटे दैव नभए कठै जान्थे ती परमधाम ।