Page:Munamadan.pdf/23: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
यी कुरा गर अरुका कान, जो सुन्छन् लिई चाख, | |||
जोवनका हीरा शहरका कीरा, पाउँछ्यौ तिमी लाख । | |||
चन्द्रमालाई खसाल तिमी, हिमाल उचाल, | |||
यो मेरो मन डगाऊँ भनी नरच यो जाल । | |||
गुलाब जस्तो फुलेको दिल कोपिला हुँदैन, | |||
जो एकबाजि सुम्पियो बुझ्यौ सो आफ्नो हुँदैन, | |||
स्त्रीलाई जाँच चिताको ज्वाला पसेर निस्कुँला, | |||
त्यो पाउलाई समाई फेरि स्वर्गमा बसुँला । | |||
यो चार दिनको कञ्चन चोला ईश्वरले सिँगारे, | |||
के भन्नु माथि बाबुको अघि हिलोले बिगारे ! | |||
दयाले नैनी ! ईश्वरले सिँगारे ! | |||
पापको भारी बोकेर फेरि उक्लनु कसोरी ! | |||
मनुष्य चोला गुमाए त्यसै फिर्दैन यसोरी, | |||
नैनी ! फिर्दैन यसोरी ! | |||
स्त्रीजातिलाई सृष्टिको भार भविष्य जगत्को, | |||
आनन्द दिने सुगन्ध दिने पवित्र रगतको, | |||
सौन्दर्य हाम्रो जूनको जस्तो किरण पवित्र, | |||
जूनमा हुन्छ कलङ्क, हुन्न सतीको मनभित्र, | |||
मानिसहरुको मनको जगत् गर्दिन्छ पवित्र । | |||
ती तिम्रा आँखा रसाई आए, परेला अडेको, | |||
आँसुका ढिका क्या राम्रो देखेँ अगाडि बढेको ! | |||
हे नैनी दिदी ! मनको मैलो आँसुले पखाल्छ, | |||
आँसुका थोपा आफैँमा असे यो मन उचाल्छ । | |||
यी मेरा कुरा गएर तिमी अरुमा सुनाऊ, | |||
आँसुका ढिका बनाई राम्रा खसाल्न लगाऊ, | |||
</poem>}} | </poem>}} |
Revision as of 15:51, 7 March 2025
यी कुरा गर अरुका कान, जो सुन्छन् लिई चाख,
जोवनका हीरा शहरका कीरा, पाउँछ्यौ तिमी लाख ।
चन्द्रमालाई खसाल तिमी, हिमाल उचाल,
यो मेरो मन डगाऊँ भनी नरच यो जाल ।
गुलाब जस्तो फुलेको दिल कोपिला हुँदैन,
जो एकबाजि सुम्पियो बुझ्यौ सो आफ्नो हुँदैन,
स्त्रीलाई जाँच चिताको ज्वाला पसेर निस्कुँला,
त्यो पाउलाई समाई फेरि स्वर्गमा बसुँला ।
यो चार दिनको कञ्चन चोला ईश्वरले सिँगारे,
के भन्नु माथि बाबुको अघि हिलोले बिगारे !
दयाले नैनी ! ईश्वरले सिँगारे !
पापको भारी बोकेर फेरि उक्लनु कसोरी !
मनुष्य चोला गुमाए त्यसै फिर्दैन यसोरी,
नैनी ! फिर्दैन यसोरी !
स्त्रीजातिलाई सृष्टिको भार भविष्य जगत्को,
आनन्द दिने सुगन्ध दिने पवित्र रगतको,
सौन्दर्य हाम्रो जूनको जस्तो किरण पवित्र,
जूनमा हुन्छ कलङ्क, हुन्न सतीको मनभित्र,
मानिसहरुको मनको जगत् गर्दिन्छ पवित्र ।
ती तिम्रा आँखा रसाई आए, परेला अडेको,
आँसुका ढिका क्या राम्रो देखेँ अगाडि बढेको !
हे नैनी दिदी ! मनको मैलो आँसुले पखाल्छ,
आँसुका थोपा आफैँमा असे यो मन उचाल्छ ।
यी मेरा कुरा गएर तिमी अरुमा सुनाऊ,
आँसुका ढिका बनाई राम्रा खसाल्न लगाऊ,