Page:Munamadan.pdf/21: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
मनको दुःख मनैमा राख्छिन् नबोली, छिपाई, | |||
छातीको शर, पन्छीको प्वाँख राख्तछ लुकाई । | |||
उज्यालो हुन्छ दिनको अन्त्यमा बत्तीको धिप्धिप्मा, | |||
वैलिँदा फूल झन् हुन्छ राम्रो शरदको समीपमा । | |||
बादलको कालो किनार चाँदी, झन् जुन उज्यालो, | |||
विदाको वदन झल्कन्छ मनमा दुःखको उज्यालो । | |||
फूलमा खस्छन् शीतका आँसु आकाशमा वर्षाजल, | |||
रातका आँसु तारका ज्योति, टप्कनछन् महीतल । | |||
गुलाब मीठो जरामा बन्छ कीराको आहार, | |||
शहरभित्र फुलेको फूल दुष्टको शिकार । | |||
मानिसको हात निर्मल पानी हिलोले भर्दिन्छ, | |||
मानिसलाई बाटामा काँढा मानिस छर्दिन्छ । | |||
अत्यन्त राम्री यी मुना हाम्री झ्यालमा बसेकी, | |||
शहरको यौटा गुण्डाले देख्यो अप्सरा खसेकी । | |||
भवानीलाई कातेर बत्ती बेयाद रहेकी, | |||
गालाको पाटा कानको लोती, कपाल घुम्रेकी, | |||
त्यो छड्के दर्शन पाएर उभियो पागलै भएर, | |||
घरको वर, घरको पर त्यो घुम्थ्यो गएर । | |||
⬥ | |||
गुलाबलाई देखेर राम्रो हे भाइ ! नछुनू ! | |||
लोभले हेर्यो; मोहनी गयो जङ्गली नहुनू ! | |||
सिर्जनाभित्र रचना राम्रा नजरका जुहार ! | |||
ईश्वरको हाँसो पाएका फूल छोएर नमार <ref group="❂" name="p12">❂भित्र छ आत्मा मसिनो तिनको पत्तीमा झल्केको | |||
भित्र छ तिनको मसिनो बास्ना हावामा बल्केको | |||
</ref> | |||
</poem>}} | </poem>}} | ||
<noinclude> | <noinclude> | ||
{{center block| | {{center block| | ||
{{rule}} | |||
<small> | <small> | ||
<references group=""/> | <references group=""/> |
Revision as of 15:34, 7 March 2025
मनको दुःख मनैमा राख्छिन् नबोली, छिपाई,
छातीको शर, पन्छीको प्वाँख राख्तछ लुकाई ।
उज्यालो हुन्छ दिनको अन्त्यमा बत्तीको धिप्धिप्मा,
वैलिँदा फूल झन् हुन्छ राम्रो शरदको समीपमा ।
बादलको कालो किनार चाँदी, झन् जुन उज्यालो,
विदाको वदन झल्कन्छ मनमा दुःखको उज्यालो ।
फूलमा खस्छन् शीतका आँसु आकाशमा वर्षाजल,
रातका आँसु तारका ज्योति, टप्कनछन् महीतल ।
गुलाब मीठो जरामा बन्छ कीराको आहार,
शहरभित्र फुलेको फूल दुष्टको शिकार ।
मानिसको हात निर्मल पानी हिलोले भर्दिन्छ,
मानिसलाई बाटामा काँढा मानिस छर्दिन्छ ।
अत्यन्त राम्री यी मुना हाम्री झ्यालमा बसेकी,
शहरको यौटा गुण्डाले देख्यो अप्सरा खसेकी ।
भवानीलाई कातेर बत्ती बेयाद रहेकी,
गालाको पाटा कानको लोती, कपाल घुम्रेकी,
त्यो छड्के दर्शन पाएर उभियो पागलै भएर,
घरको वर, घरको पर त्यो घुम्थ्यो गएर ।
⬥
गुलाबलाई देखेर राम्रो हे भाइ ! नछुनू !
लोभले हेर्यो; मोहनी गयो जङ्गली नहुनू !
सिर्जनाभित्र रचना राम्रा नजरका जुहार !
ईश्वरको हाँसो पाएका फूल छोएर नमार [❂ 1]
Cite error: <ref>
tags exist for a group named "❂", but no corresponding <references group="❂"/>
tag was found