Page:Munamadan.pdf/15: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
डाँडा र काँडा, उकाला ठाडा जङ्घार हजार, | |||
भोटको बाटो ढुङ्गा र माटो नङ्गा र उजार, | |||
कुइरो डम्म, हिउँले टम्म त्यो विष फुलेको, | |||
सिम्सिमे पानी, बतास चीसो बरफ झैँ डुलेको । | |||
मसाने खम्बा लामाका गुम्बा शिर गोल खौरेका, | |||
बाटामा जाने हात खुट्टा ताने, आगाले बौरेका । | |||
बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामा | |||
मदन ह्लासा झलझल देख्थे ब्यूँझिँदो स्वप्नमा | |||
कल्पना ल्याउँछे दूरको दृश्य जादूका जलप दी | |||
ह्लासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी ! | |||
स्याउला चीसा, ओछयान खासा जाडोले बज्ने दाँत, | |||
पकाई झिक्ता नखान पाई काँचाको काँचै भात । <ref group="✤" name="p6"> | |||
✤बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामा | |||
मदन ह्लासा झलमल देख्थे ब्यूँझिदो स्वप्नमा | |||
कल्पना ल्याउँछे दूरको दृश्य जादूका जलप दी | |||
ह्लासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी । | |||
<ref> | |||
आखिर ठूलो सुनको छाना साँझमा सुहायो, | |||
मैदानतिर पोतालामनि ह्लासा नै मुस्कायो । | |||
आकाश छुने पहाडजस्तो सुनबुट्टे तामाको, | |||
सुनको छाना, दरबार अजङ् त्यो दले लामाको | |||
चौँरीको पर्दा, बुद्धको मूर्ति सुनमा कुँदेको, | |||
रङ्गीन ढुङ्गा, अप्सरा सारी बुट्टामा चुँदेको । | |||
शीतल पानी, हरिया पात, हिउँका टाकुरा, | |||
शिरीष फूल फुलेको सेतो, रुखका आँकुरा । | |||
कीचको खोला, लिङ्कोरको दृश्य, अम्बानको महल, | |||
यूतोक स्याम्पा, त्यो पुल राम्रो, त्यो ह्लासा झल्मल । | |||
</poem>}} | |||
</ | <noinclude> | ||
{{center block| | |||
{{rule}} | |||
<small> | |||
<references group="✤"/> | |||
</small> | |||
}} | |||
</noinclude> |
Revision as of 15:16, 7 March 2025
डाँडा र काँडा, उकाला ठाडा जङ्घार हजार,
भोटको बाटो ढुङ्गा र माटो नङ्गा र उजार,
कुइरो डम्म, हिउँले टम्म त्यो विष फुलेको,
सिम्सिमे पानी, बतास चीसो बरफ झैँ डुलेको ।
मसाने खम्बा लामाका गुम्बा शिर गोल खौरेका,
बाटामा जाने हात खुट्टा ताने, आगाले बौरेका ।
बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामा
मदन ह्लासा झलझल देख्थे ब्यूँझिँदो स्वप्नमा
कल्पना ल्याउँछे दूरको दृश्य जादूका जलप दी
ह्लासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी !
स्याउला चीसा, ओछयान खासा जाडोले बज्ने दाँत,
पकाई झिक्ता नखान पाई काँचाको काँचै भात । <ref group="✤" name="p6">
✤बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामा
मदन ह्लासा झलमल देख्थे ब्यूँझिदो स्वप्नमा
कल्पना ल्याउँछे दूरको दृश्य जादूका जलप दी
ह्लासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी ।
<ref>
आखिर ठूलो सुनको छाना साँझमा सुहायो,
मैदानतिर पोतालामनि ह्लासा नै मुस्कायो ।
आकाश छुने पहाडजस्तो सुनबुट्टे तामाको,
सुनको छाना, दरबार अजङ् त्यो दले लामाको
चौँरीको पर्दा, बुद्धको मूर्ति सुनमा कुँदेको,
रङ्गीन ढुङ्गा, अप्सरा सारी बुट्टामा चुँदेको ।
शीतल पानी, हरिया पात, हिउँका टाकुरा,
शिरीष फूल फुलेको सेतो, रुखका आँकुरा ।
कीचको खोला, लिङ्कोरको दृश्य, अम्बानको महल,
यूतोक स्याम्पा, त्यो पुल राम्रो, त्यो ह्लासा झल्मल ।