Jump to content

Page:Munamadan.pdf/11: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
{{center block|
<poem>
;मुना&ndash;
::हे मेरा राम ! हे मेरा कृष्ण ! जङ्गल पहाड,
::भीरका भोटे, वनका जन्तु, गाईको आहार
::रातमा सुर्जे, बिदामा हाँसो कसरी मिलाऊँ
::जाने नै भए नछाडी जानोस् साथमा सुहाऊँ !
::हजूरको गाथ, हजूरको माथ प्रीतिले समाऊँ !
;मदन&ndash;
::नभन त्यसो ! बुझन मुना ! थुँगा झैँ त्यो पाउ,
::वनका काँडा, उकाला ठाडा, कसोरी लैजाऊँ ?
::हे नागकन्या ! पहाड नआऊ !
::ती यौटी आमा, लच्छिनकी बत्ती, नछाड सुसार,
::तीन बीस हिउँद खाएकी आमा टुहुरी नपार,
::ती हेरी बसून् यो चन्द्रमुहार !
;मुना&ndash;
::फुलेका केश गलेको जीउ आमाको मायाले,
::बाँधेन हरे ! हजूरको पाउ ! मायाको छायाले,
::हजूर ! आमाको मायाले !
::जङ्गली देश बेपारी वेश सङ्कट सहेर
::के मिल्छ हरे ! तिनलाई छाडी ह्लासामा गएर ?
::हातका मैला सुनका थैला, के गर्नु धनले ?
::साग र सिस्नु खाएको वेश आनन्दी मनले !
::हे मेरा प्यारा ! अमीरी मनले !
;मदन&ndash;
::हे मेरी प्यारी ! वचन तिम्रो गड्दछ मनमा,
::के गछर्यौ मुना ! यो सास अड्छ त्यै पापी धनमा ।
::ती आमालाई दूधको घुड्काले गला रसाऊँ,
::उनको यौटा पाटी र धाराको इच्छा पुर्‍याऊँ,
</poem>}}

Revision as of 12:50, 7 March 2025

This page has not been proofread
मुना–

हे मेरा राम ! हे मेरा कृष्ण ! जङ्गल पहाड,
भीरका भोटे, वनका जन्तु, गाईको आहार
रातमा सुर्जे, बिदामा हाँसो कसरी मिलाऊँ
जाने नै भए नछाडी जानोस् साथमा सुहाऊँ !
हजूरको गाथ, हजूरको माथ प्रीतिले समाऊँ !

मदन–

नभन त्यसो ! बुझन मुना ! थुँगा झैँ त्यो पाउ,
वनका काँडा, उकाला ठाडा, कसोरी लैजाऊँ ?
हे नागकन्या ! पहाड नआऊ !
ती यौटी आमा, लच्छिनकी बत्ती, नछाड सुसार,
तीन बीस हिउँद खाएकी आमा टुहुरी नपार,
ती हेरी बसून् यो चन्द्रमुहार !

मुना–

फुलेका केश गलेको जीउ आमाको मायाले,
बाँधेन हरे ! हजूरको पाउ ! मायाको छायाले,
हजूर ! आमाको मायाले !
जङ्गली देश बेपारी वेश सङ्कट सहेर
के मिल्छ हरे ! तिनलाई छाडी ह्लासामा गएर ?
हातका मैला सुनका थैला, के गर्नु धनले ?
साग र सिस्नु खाएको वेश आनन्दी मनले !
हे मेरा प्यारा ! अमीरी मनले !

मदन–

हे मेरी प्यारी ! वचन तिम्रो गड्दछ मनमा,
के गछर्यौ मुना ! यो सास अड्छ त्यै पापी धनमा ।
ती आमालाई दूधको घुड्काले गला रसाऊँ,
उनको यौटा पाटी र धाराको इच्छा पुर्‍याऊँ,