Page:Munamadan.pdf/8: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
कराली टिपी जलबेली कल्क्यो जीवन-सागरलाई | |||
बोलूँ कि बोलूँ फूल फुट्न खोजे बास्ना दी अधरलाई, | |||
चरीले तर चुच्चाले च्यापी पहिलो पल्लव, | |||
झर्नाको स्वर टिपेर कुर्लि प्रकृति गौरव, | |||
तिनैका साथी नेपाली जाति घाम र पानीमा; | |||
ढुक्कुरे मुटु सजीव भै कुर्ले झ्याउरे वाणीमा, | |||
यो नीलो स्वर्ग पार्वती-माइती, छिरबिरे छाया-वन, | |||
भत्केर आउँछ जीवनको तार कुर्लन्छ चरी मन, | |||
प्रकृति-किरण रङ्ग भै दिलमा भावले छिर्केर, | |||
झर्नाको शीतल शीकर उड्छ स्वरमा सिर्केर, | |||
दुःख र सुख मिसेको रस जो जीवन कहिन्छ, | |||
रसको धर्म लिएर पग्ली गीतमा बगिन्छ, | |||
नेपाली सच्चा जातीय जीवन झ्याउरेमा बोल्दछ, | |||
कोदाली-तालमा, हलाको फालमा नाचेर खुल्दछ, | |||
नेपाली नसाभित्रको रगत पाउँदछ स्पन्दन, | |||
यो प्रकृत छन्द-बीचमा सुन्दर रमाउँछ नन्दन, | |||
जनको मुटुभित्रकी चरी स्वभावमा कुर्लन्छे, | |||
जनको जीवन-नदीकी लहर यसैमा उर्लन्छे, | |||
पहाडी वायुमण्डलको ध्वनि गोधुलि-वनको बोल, | |||
हिमालमा हुर्की, फूलरङ्गले छिर्की, बास्निन्छ अनमोल, | |||
श्रमको अमृत, प्रेमको पीयूष, जनको रसमा, | |||
दुःख र सुखको कराली पथ, जल-ज्योति-सम्झना, | |||
झ्याउरे हाम्रो जलको बाटो आँसुको कहानी, | |||
झिल्झिले नाला लहरबेली रुलाइ र मुस्कानी, | |||
जनको सच्चा साहित्य यही, जनको नाडी छन्द | |||
कविता-देवी झर्दछिन् यहीँ प्रकृत लिई बन्ध, | |||
जमीन यस्तो विशाल यहाँ न केही सह्यार, | |||
यो नयाँ जमीन बटार्न कोर्न बन्दो छु तयार, | |||
</poem>}} | |||
{{stanza continue}} |
Revision as of 12:00, 7 March 2025
कराली टिपी जलबेली कल्क्यो जीवन-सागरलाई
बोलूँ कि बोलूँ फूल फुट्न खोजे बास्ना दी अधरलाई,
चरीले तर चुच्चाले च्यापी पहिलो पल्लव,
झर्नाको स्वर टिपेर कुर्लि प्रकृति गौरव,
तिनैका साथी नेपाली जाति घाम र पानीमा;
ढुक्कुरे मुटु सजीव भै कुर्ले झ्याउरे वाणीमा,
यो नीलो स्वर्ग पार्वती-माइती, छिरबिरे छाया-वन,
भत्केर आउँछ जीवनको तार कुर्लन्छ चरी मन,
प्रकृति-किरण रङ्ग भै दिलमा भावले छिर्केर,
झर्नाको शीतल शीकर उड्छ स्वरमा सिर्केर,
दुःख र सुख मिसेको रस जो जीवन कहिन्छ,
रसको धर्म लिएर पग्ली गीतमा बगिन्छ,
नेपाली सच्चा जातीय जीवन झ्याउरेमा बोल्दछ,
कोदाली-तालमा, हलाको फालमा नाचेर खुल्दछ,
नेपाली नसाभित्रको रगत पाउँदछ स्पन्दन,
यो प्रकृत छन्द-बीचमा सुन्दर रमाउँछ नन्दन,
जनको मुटुभित्रकी चरी स्वभावमा कुर्लन्छे,
जनको जीवन-नदीकी लहर यसैमा उर्लन्छे,
पहाडी वायुमण्डलको ध्वनि गोधुलि-वनको बोल,
हिमालमा हुर्की, फूलरङ्गले छिर्की, बास्निन्छ अनमोल,
श्रमको अमृत, प्रेमको पीयूष, जनको रसमा,
दुःख र सुखको कराली पथ, जल-ज्योति-सम्झना,
झ्याउरे हाम्रो जलको बाटो आँसुको कहानी,
झिल्झिले नाला लहरबेली रुलाइ र मुस्कानी,
जनको सच्चा साहित्य यही, जनको नाडी छन्द
कविता-देवी झर्दछिन् यहीँ प्रकृत लिई बन्ध,
जमीन यस्तो विशाल यहाँ न केही सह्यार,
यो नयाँ जमीन बटार्न कोर्न बन्दो छु तयार,