Page:Shakuntala.pdf/127: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
चूप बन्दछ समाज बैंसको । | चूप बन्दछ समाज बैंसको । | ||
::थप्दछिन् अलि सँभालिँदो स्वर ॥ | ::थप्दछिन् अलि सँभालिँदो स्वर ॥ | ||
"हेर हेर सखि कुञ्ज कौमुदी । | |||
::मञ्जुपत्रहरुले खुशी हुँदी ॥ | ::मञ्जुपत्रहरुले खुशी हुँदी ॥ | ||
यो थिई हिउँदमा यहाँ | यो थिई हिउँदमा यहाँ रूँदी । | ||
:: | ::आज क्या तरुणता छ गम्किँदी ॥ | ||
वसन्त वन जून | यो वसन्त वन जून झैं हुँदी । | ||
::यो अशोक तरुकी विचुम्बिनी ॥ | ::यो अशोक तरुकी विचुम्बिनी ॥ | ||
झुल्दछे सुख हुँदी हवा छुँदी ।" | |||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
बोल्दथिन् अनि सुमिष्ट सर्वदा । | |||
::शाब्दकोमल मिही प्रियम्वदा ॥ | ::शाब्दकोमल मिही प्रियम्वदा ॥ | ||
"कौमुदी छ हँसिली सुधालता । | |||
::बैंसदार स्तन- | ::बैंसदार स्तन-कुड्मलाऽङ्किता ॥ | ||
चन्द्रसुन्दर समीरचुम्बिता ! | चन्द्रसुन्दर समीरचुम्बिता ! | ||
::प्रेमकोमल-करा सुकेशर ॥ | ::प्रेमकोमल-करा सुकेशर ॥ | ||
त्यो अशोकपरिरम्भिणी रता । | त्यो अशोकपरिरम्भिणी रता । | ||
:: | ::बैंसकी मृदुलता बनी लता । | ||
झुम्किँदो मृदु सिंगारकी परी ॥ | |||
::बेर्दछे तरु बडो मनोहर ॥ | ::बेर्दछे तरु बडो मनोहर ॥ | ||
वाद्य चारु त्यसमा बने चरा । | वाद्य चारु त्यसमा बने चरा । | ||
::यो विवाह छ वसन्तमा यहाँ ॥ | ::यो विवाह छ वसन्तमा यहाँ ॥ | ||
छौ तिमी त अबला कठैबरा !" | |||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
यो सुनेर | यो सुनेर मनको प्रतिध्वनि । | ||
::पाउँदा मधुर शब्दका मनि॥ | ::पाउँदा मधुर शब्दका मनि॥ | ||
भन्दछन् मनमनै जगन्मणि । | |||
::विभवका बडा | ::कीर्तीका विभवका बडा धनी ॥ | ||
'क्या मिलेछ यिनमा प्रियास्पदा । | |||
::नाम सुन्दर अहा !प्रियम्वदा ॥ | ::नाम सुन्दर अहा ! प्रियम्वदा ॥ | ||
बोलिदेउन अरू | बोलिदेउन अरू कुरा त्यता । | ||
::बोल्न छोड्नु किन चूप भै यता ?' | ::बोल्न छोड्नु किन चूप भै यता ?' | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 15:23, 6 March 2025
चूप बन्दछ समाज बैंसको ।
थप्दछिन् अलि सँभालिँदो स्वर ॥
"हेर हेर सखि कुञ्ज कौमुदी ।
मञ्जुपत्रहरुले खुशी हुँदी ॥
यो थिई हिउँदमा यहाँ रूँदी ।
आज क्या तरुणता छ गम्किँदी ॥
यो वसन्त वन जून झैं हुँदी ।
यो अशोक तरुकी विचुम्बिनी ॥
झुल्दछे सुख हुँदी हवा छुँदी ।"
(३२)
बोल्दथिन् अनि सुमिष्ट सर्वदा ।
शाब्दकोमल मिही प्रियम्वदा ॥
"कौमुदी छ हँसिली सुधालता ।
बैंसदार स्तन-कुड्मलाऽङ्किता ॥
चन्द्रसुन्दर समीरचुम्बिता !
प्रेमकोमल-करा सुकेशर ॥
त्यो अशोकपरिरम्भिणी रता ।
बैंसकी मृदुलता बनी लता ।
झुम्किँदो मृदु सिंगारकी परी ॥
बेर्दछे तरु बडो मनोहर ॥
वाद्य चारु त्यसमा बने चरा ।
यो विवाह छ वसन्तमा यहाँ ॥
छौ तिमी त अबला कठैबरा !"
(३३)
यो सुनेर मनको प्रतिध्वनि ।
पाउँदा मधुर शब्दका मनि॥
भन्दछन् मनमनै जगन्मणि ।
कीर्तीका विभवका बडा धनी ॥
'क्या मिलेछ यिनमा प्रियास्पदा ।
नाम सुन्दर अहा ! प्रियम्वदा ॥
बोलिदेउन अरू कुरा त्यता ।
बोल्न छोड्नु किन चूप भै यता ?'
(३४)