Page:Shakuntala.pdf/113: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
::विभिन्न भाव वल्लरी, विचित्र पुष्प चित्रण ॥ | ::विभिन्न भाव वल्लरी, विचित्र पुष्प चित्रण ॥ | ||
प्रशस्त-पत्र-माधुरी, नवीन-सृष्टि-मञ्जरी । | प्रशस्त-पत्र-माधुरी, नवीन-सृष्टि-मञ्जरी । | ||
::सुबोल शब्दले भरी, मिठासमा थरी | ::सुबोल शब्दले भरी, मिठासमा थरी थरी ॥ | ||
अनेक रङ्ग मोहनी फुटेर चित् सरोवरी । | अनेक रङ्ग मोहनी फुटेर चित् सरोवरी । | ||
::सिँगारदार भूमिमा छ शस्यमाथि सर्सरी ॥ | ::सिँगारदार भूमिमा छ शस्यमाथि सर्सरी ॥ | ||
सुदूर देश मग्मगे हवा बहन्छ हर्हरी । | सुदूर देश मग्मगे हवा बहन्छ हर्हरी । | ||
::कतै छ फेरि मिर्मिरे कतै छ हेर | ::कतै छ फेरि मिर्मिरे कतै छ हेर छिर्बिरे ॥ | ||
कतै छ | कतै छ पङ्ख उच्चता भजूँ भनेर फर्फरे । | ||
::कतै त खालि कोपिला कतै प्रफुल्लता लिने ॥ | ::कतै त खालि कोपिला कतै प्रफुल्लता लिने ॥ | ||
छ काव्य- | छ काव्य-हृज्जगत्सरि प्रभावमा भनूँ भने । | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
हवा भजी फिँजाउँदा असङ्ख्य पत्रका कर । | हवा भजी फिँजाउँदा असङ्ख्य पत्रका कर । | ||
::सुचारु छत्र | ::सुचारु छत्र झैं थिए विचित्रता मनोहर ॥ | ||
सुडोल रौप्य डाँठका प्रशाख-दण्ड सुन्दर । | सुडोल रौप्य डाँठका प्रशाख-दण्ड सुन्दर । | ||
::सिँगार पुष्पका लिने क्षितीश छत्र छन् तरु ॥ | ::सिँगार पुष्पका लिने क्षितीश छत्र छन् तरु ॥ | ||
Line 33: | Line 33: | ||
वसन्तकी वनस्थली छ चारु हाव-भावमा । | वसन्तकी वनस्थली छ चारु हाव-भावमा । | ||
::हरा सिँगार मोहनी | ::हरा सिँगार मोहनी प्रसुन हास्य-सुन्दरी ॥ | ||
सुस्निग्ध-बैंस माधुरी-प्रदर्शिनी-परीसरि । | |||
::सुवास मग्मगाउँदी सुचारु अङ्गवल्लरी ॥ | ::सुवास मग्मगाउँदी सुचारु अङ्गवल्लरी ॥ | ||
</poem>}} | </poem>}} | ||
{{Stanza continue}} | {{Stanza continue}} |
Latest revision as of 19:10, 4 March 2025
सुशान्त शीतलोपना, हरा अनन्त यौवन ।
विभिन्न भाव वल्लरी, विचित्र पुष्प चित्रण ॥
प्रशस्त-पत्र-माधुरी, नवीन-सृष्टि-मञ्जरी ।
सुबोल शब्दले भरी, मिठासमा थरी थरी ॥
अनेक रङ्ग मोहनी फुटेर चित् सरोवरी ।
सिँगारदार भूमिमा छ शस्यमाथि सर्सरी ॥
सुदूर देश मग्मगे हवा बहन्छ हर्हरी ।
कतै छ फेरि मिर्मिरे कतै छ हेर छिर्बिरे ॥
कतै छ पङ्ख उच्चता भजूँ भनेर फर्फरे ।
कतै त खालि कोपिला कतै प्रफुल्लता लिने ॥
छ काव्य-हृज्जगत्सरि प्रभावमा भनूँ भने ।
(२७)
हवा भजी फिँजाउँदा असङ्ख्य पत्रका कर ।
सुचारु छत्र झैं थिए विचित्रता मनोहर ॥
सुडोल रौप्य डाँठका प्रशाख-दण्ड सुन्दर ।
सिँगार पुष्पका लिने क्षितीश छत्र छन् तरु ॥
हिलाउँछन् लता जहाँ अडेर पत्र चामर ।
(२८)
छछल् छछल् छचल्किँदी छ छालदार छल्छले ।
नदी सलील चञ्चला झलल्ल कान्ति-अञ्चला ॥
गरी किनार कल्कले सजीव चारु चालकी ।
झलल्ल झिल्ल झल्किँदी वसन्त नृत्य तालकी ॥
शिला तरङ्ग बोलमा हिलोर लोल लाउँदी ।
स्वतन्त्र नागवेलिमा छ वन्य गान गाउँदी ॥
चराहरू सिकाउँदी सबै गला रसाउँदी ।
अनेक हाव-भावकी नटी वनै रसाउँदी ॥
हरा-भरा सुवासको समीर शीतलाउँदी ।
(२९)
वसन्तकी वनस्थली छ चारु हाव-भावमा ।
हरा सिँगार मोहनी प्रसुन हास्य-सुन्दरी ॥
सुस्निग्ध-बैंस माधुरी-प्रदर्शिनी-परीसरि ।
सुवास मग्मगाउँदी सुचारु अङ्गवल्लरी ॥