Page:Shakuntala.pdf/112: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
::बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥ | ::बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥ | ||
चरोस् हरा अरण्यमा फुरुक्क भै बिनाडर । | चरोस् हरा अरण्यमा फुरुक्क भै बिनाडर । | ||
::सुशीघ्र टापले | ::सुशीघ्र टापले झिना हवा बनी बचाउँथ्यो ॥ | ||
कलङ्कबाट पापको मलाई जो उडी पर ।" | |||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
विनीत प्रार्थना | विनीत प्रार्थना दुवै मिलेर गर्दछन् त्यहाँ । | ||
::"नजीक कुटी छ चारु कण्वको यहाँ ॥ | ::"नजीक पर्णको कुटी छ चारु कण्वको यहाँ ॥ | ||
पवित्र पाउको भए प्रवेश भूपको जहाँ । | पवित्र पाउको भए प्रवेश भूपको जहाँ । | ||
:: | ::थकाइसम्म मर्दथ्यो शिकारको यसो वहाँ ॥ | ||
सुहाउँथ्यो महेन्द्रले दरिद्र आशको कुटी । | सुहाउँथ्यो महेन्द्रले दरिद्र आशको कुटी । | ||
::प्रदीप्त सुवर्ण तेजले डटी ॥ | ::प्रदीप्त सुर्य ओर्लिदा सुवर्ण तेजले डटी ॥ | ||
समान | समान रश्मिका सदा चढेर कीर्ति टाकुरा । | ||
:: | ::सुदीन शस्यको छुने बढालु आश आँकुरा ॥ | ||
महर्षि कण्व पाल्नुभो सुदूर सोमतीर्थमा । | |||
::दया भए प्रसन्नता | ::दया भए प्रसन्नता हुने थियो कृतार्थमा ॥" | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
यसो गुनेर | यसो गुनेर भन्दछन् "म आउँला यसो घुमी । | ||
::अरण्यका यी सुचारु | ::अरण्यका विभिन्न यी सुचारु दृश्यमा रमी ॥ | ||
धरेर वस्त्र मामुली हिँडेर आज पैदल । | |||
::राख सारथि प्रशस्त अश्व औ दल ॥ | ::सुदूर राख सारथि प्रशस्त अश्व औ दल ॥ | ||
म वन्य मार्गको विहार चारु शीतल । | म लिन्छु वन्य मार्गको विहार चारु शीतल । | ||
::शान्त ठाउँमा 'म | ::नगर्नु शान्त ठाउँमा 'म छू' भनेर खल्बल ॥" | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
यसो भनेर ओर्लिए त्यजेर ताज सुन्दर । | यसो भनेर ओर्लिए त्यजेर ताज सुन्दर । | ||
:: | ::धरेर वस्त्र मामुली सुसभ्य ठाँटको तर ॥ | ||
सुचारु | सुचारु माथपोसमा अनङ्ग झैं मनोहर । | ||
::साथ हास्यको सँगी रमाइलो चर ॥ | ::लिएर साथ हास्यको सँगी रमाइलो चर ॥ | ||
हट्यो | हट्यो लिऐर यान त्यो घुमेर सूत त्यो पर । | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
हराभरा अरण्यमा चरा टिपेर | हराभरा अरण्यमा चरा टिपेर आँकुरा । | ||
:: | ::कुरा गरी धुराधुरा रँगीन-पङ्ख-फर्फर | ||
जरा | जरा भिजी हरा हुँदा तुषार नै हराउँदा । | ||
:: | ::झुझुप्प वृक्ष झाँगमा वसन्त फौज झैं हुँदा ॥ | ||
पुरानु | पुरानु पङ्ख पत्र झैं जमीनमा गिराउँदा । | ||
::महीप कीर्ति गानमा थिए चिर्बिराउँदा ॥ | ::महीप कीर्ति गानमा थिए कि चिर्बिराउँदा ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 19:05, 4 March 2025
त्यसै झरेर हातको सुतीक्ष्ण नोकको शर ।
बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥
चरोस् हरा अरण्यमा फुरुक्क भै बिनाडर ।
सुशीघ्र टापले झिना हवा बनी बचाउँथ्यो ॥
कलङ्कबाट पापको मलाई जो उडी पर ।"
(२२)
विनीत प्रार्थना दुवै मिलेर गर्दछन् त्यहाँ ।
"नजीक पर्णको कुटी छ चारु कण्वको यहाँ ॥
पवित्र पाउको भए प्रवेश भूपको जहाँ ।
थकाइसम्म मर्दथ्यो शिकारको यसो वहाँ ॥
सुहाउँथ्यो महेन्द्रले दरिद्र आशको कुटी ।
प्रदीप्त सुर्य ओर्लिदा सुवर्ण तेजले डटी ॥
समान रश्मिका सदा चढेर कीर्ति टाकुरा ।
सुदीन शस्यको छुने बढालु आश आँकुरा ॥
महर्षि कण्व पाल्नुभो सुदूर सोमतीर्थमा ।
दया भए प्रसन्नता हुने थियो कृतार्थमा ॥"
(२३)
यसो गुनेर भन्दछन् "म आउँला यसो घुमी ।
अरण्यका विभिन्न यी सुचारु दृश्यमा रमी ॥
धरेर वस्त्र मामुली हिँडेर आज पैदल ।
सुदूर राख सारथि प्रशस्त अश्व औ दल ॥
म लिन्छु वन्य मार्गको विहार चारु शीतल ।
नगर्नु शान्त ठाउँमा 'म छू' भनेर खल्बल ॥"
(२४)
यसो भनेर ओर्लिए त्यजेर ताज सुन्दर ।
धरेर वस्त्र मामुली सुसभ्य ठाँटको तर ॥
सुचारु माथपोसमा अनङ्ग झैं मनोहर ।
लिएर साथ हास्यको सँगी रमाइलो चर ॥
हट्यो लिऐर यान त्यो घुमेर सूत त्यो पर ।
(२५)
हराभरा अरण्यमा चरा टिपेर आँकुरा ।
कुरा गरी धुराधुरा रँगीन-पङ्ख-फर्फर
जरा भिजी हरा हुँदा तुषार नै हराउँदा ।
झुझुप्प वृक्ष झाँगमा वसन्त फौज झैं हुँदा ॥
पुरानु पङ्ख पत्र झैं जमीनमा गिराउँदा ।
महीप कीर्ति गानमा थिए कि चिर्बिराउँदा ॥
(२६)