Page:Shakuntala.pdf/89: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
आयो हेर कुटी नजीक तिनमा मानो अँगालो दिन । | आयो हेर कुटी नजीक तिनमा मानो अँगालो दिन । | ||
::हुँदो प्रफल्लवनमा पर्दा हँसीलो प्रभा ॥ | ::पुष्पैतुल्य हुँदो प्रफल्लवनमा पर्दा हँसीलो प्रभा ॥ | ||
जूनेली सुरपुष्प सुन्दर सफा मानो छ फुल्दो त्यहाँ । | |||
::बास्ना नै जसको छ शान्ति | ::बास्ना नै जसको छ शान्ति रसिलो, आनन्द नै रूप छ ॥ | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
"हामी हौं प्रथमप्रभा प्रकृतिका सर्वस्व जादूगरी । | "हामी हौं प्रथमप्रभा प्रकृतिका सर्वस्व जादूगरी । | ||
::टूना चारमुखी महा नृपतिका | ::टूना चारमुखी महा नृपतिका आनन्द कारीगरी ॥ | ||
हामी दिव्यकला अनन्त सुखका बुट्टा छिना | हामी दिव्यकला अनन्त सुखका बुट्टा छिना सूक्ष्मका । | ||
::थोरैमा जति छन् उनी अरु कहीँ | ::थोरैमा जति छन् उनी अरु कहीँ छैनन् उज्याला हरि ॥ | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
आऊ नानि ! शकुन्तला किन तिमी बस्छ्यौ अबेरैतक ? | |||
::यस्तो बेर गरी नआउनु | ::यस्तो बेर गरी नआउनु बुझ्यौ राका-चकोरीसरि ॥ | ||
ठण्डा | ठण्डा सत्तु भयो, यहाँ छ गहुँको, जौ हुन्छ ठण्डा अति । | ||
::रातीसम्म बसेर जून तटमा लाग्नेछ रूघा कति | ::रातीसम्म बसेर जून तटमा लाग्नेछ रूघा कति ॥" | ||
{{pcn|(३६)}} | {{pcn|(३६)}} | ||
सुन्दी शब्द शकुन्तला शिशुपना बाँकी रहेकी अझ । | सुन्दी शब्द शकुन्तला शिशुपना बाँकी रहेकी अझ । | ||
:: | ::कस्तो रात सफा छ हेर्नु त हवस्" भन्छिन् दुवै हातले ॥ | ||
बुढा हात मुसारिए घुँघरमा ती बान्किला माथमा । | बुढा हात मुसारिए घुँघरमा ती बान्किला माथमा । | ||
::भन्छन् | ::भन्छन् "रात सफा भएर न त्यहाँ छन् खान क्यै पातमा ॥" | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
फाँको | फाँको सत्तु लगाउँदी वदनका कूना सफा पार्दछिन् । | ||
::छोटी भैकन खान थोर सेतो झरी झार्दछिन् ॥ | ::छोटी भैकन खान थोर भुइँमा सेतो झरी झार्दछिन् ॥ | ||
पुछ्दी फेरि यसो मुहार करले | पुछ्दी फेरि यसो मुहार करले पानी पिई कल्कल । | ||
::ती बल्दी सुषमा वसन्त वनकी, के चाँदनी | ::ती बल्दी सुषमा वसन्त वनकी, के चाँदनी झार्दछिन् ? | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
यति बाद सुतिन् शकुन्तला । | यति बाद सुतिन् शकुन्तला । | ||
::सपनामा | ::सपनामा वनमा परीसँग ॥ | ||
सुनको दरबारमा उडी- | सुनको दरबारमा उडी- | ||
::कन हेर्दी नृपकीर्तिका | ::कन हेर्दी नृपकीर्तिका रँग ॥ | ||
{{pcn|(३९)}} | {{pcn|(३९)}} | ||
मानो छ एक सपना मनको मलाई । | मानो छ एक सपना मनको मलाई । | ||
::आउन्न रङ्ग | ::आउन्न रङ्ग बिपनातिर सत्य हाई ! | ||
हुन् कालिदास कवि नै कि त व्यास आई । | हुन् कालिदास कवि नै कि त व्यास आई । | ||
:: | ::राखून् समस्त पद चित्रणमा सफाइ ॥ | ||
{{pcn|(४०)}} | {{pcn|(४०)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 11:33, 2 March 2025
आयो हेर कुटी नजीक तिनमा मानो अँगालो दिन ।
पुष्पैतुल्य हुँदो प्रफल्लवनमा पर्दा हँसीलो प्रभा ॥
जूनेली सुरपुष्प सुन्दर सफा मानो छ फुल्दो त्यहाँ ।
बास्ना नै जसको छ शान्ति रसिलो, आनन्द नै रूप छ ॥
(३४)
"हामी हौं प्रथमप्रभा प्रकृतिका सर्वस्व जादूगरी ।
टूना चारमुखी महा नृपतिका आनन्द कारीगरी ॥
हामी दिव्यकला अनन्त सुखका बुट्टा छिना सूक्ष्मका ।
थोरैमा जति छन् उनी अरु कहीँ छैनन् उज्याला हरि ॥
(३५)
आऊ नानि ! शकुन्तला किन तिमी बस्छ्यौ अबेरैतक ?
यस्तो बेर गरी नआउनु बुझ्यौ राका-चकोरीसरि ॥
ठण्डा सत्तु भयो, यहाँ छ गहुँको, जौ हुन्छ ठण्डा अति ।
रातीसम्म बसेर जून तटमा लाग्नेछ रूघा कति ॥"
(३६)
सुन्दी शब्द शकुन्तला शिशुपना बाँकी रहेकी अझ ।
कस्तो रात सफा छ हेर्नु त हवस्" भन्छिन् दुवै हातले ॥
बुढा हात मुसारिए घुँघरमा ती बान्किला माथमा ।
भन्छन् "रात सफा भएर न त्यहाँ छन् खान क्यै पातमा ॥"
(३७)
फाँको सत्तु लगाउँदी वदनका कूना सफा पार्दछिन् ।
छोटी भैकन खान थोर भुइँमा सेतो झरी झार्दछिन् ॥
पुछ्दी फेरि यसो मुहार करले पानी पिई कल्कल ।
ती बल्दी सुषमा वसन्त वनकी, के चाँदनी झार्दछिन् ?
(३८)
यति बाद सुतिन् शकुन्तला ।
सपनामा वनमा परीसँग ॥
सुनको दरबारमा उडी-
कन हेर्दी नृपकीर्तिका रँग ॥
(३९)
मानो छ एक सपना मनको मलाई ।
आउन्न रङ्ग बिपनातिर सत्य हाई !
हुन् कालिदास कवि नै कि त व्यास आई ।
राखून् समस्त पद चित्रणमा सफाइ ॥
(४०)