Page:Shakuntala.pdf/88: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
"त्यस्तो के अनि चारु ? लौन म सुनूँ ? के के अरू गर्दछन् ?" | |||
::भन्दै प्रश्न उठेर नेत्र दुइमा क्या ! मोहनी भर्दछन् ॥ | ::भन्दै प्रश्न उठेर नेत्र दुइमा क्या ! मोहनी भर्दछन् ॥ | ||
ती देख्छिन् सपना बनाइ | ती देख्छिन् सपना बनाइ बिपना छायासितै जूनको । | ||
::"रानी भन्न सुयोग्य | ::"रानी भन्न सुयोग्य छ्यौ" जब सुनिन् भस्किन् पुगेझैं कहाँ ॥ | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
"ती राजा अब आउँछन् सखि यहाँ गर्छन् बिहा छाँटले । | |||
::तिम्रा साथ शकुन्तला, अनि तिमी रानी बनी सुन्दरी ॥ | ::तिम्रा साथ शकुन्तला, अनि तिमी रानी बनी सुन्दरी ॥ | ||
छाना नै सुनको, जुहारहरुको प्रासादमा सुन्दर । | छाना नै सुनको, जुहारहरुको प्रासादमा सुन्दर । | ||
:: | ::बस्नेछ्यौ सखि ! चाकरी सब गरी लिन्छ्यौ बुझ्यौ चामर ॥" | ||
भन्थिन् ती प्रिय बात मिष्ट रसिला बोल्ने ठिटी | भन्थिन् ती प्रिय बात मिष्ट रसिला बोल्ने ठिटी साथकी । | ||
:: | ::"जाऊ धुत्त नकच्चरी" यति भनी फर्किन् परी सुन्दरी ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
"जाऊ चारु तिमी त आरुसरि छ्यौ तीतो बियाँकी गुदी । | |||
::जे जे आउँछ चित्तमा भनिदियो ! खै हेर ! तिम्रो गिदी ॥ | ::जे जे आउँछ चित्तमा भनिदियो ! खै हेर ! तिम्रो गिदी ॥ | ||
गर्दै गर्दिनँ है बिहा म त सधैं कन्या बनी | गर्दै गर्दिनँ है बिहा म त सधैं कन्या बनी बस्दछु ।" | ||
::भन्दै ठुस्स परी विहङ्गसँगिनी तर्केर फर्कीदिइन् ॥ | ::भन्दै ठुस्स परी विहङ्गसँगिनी तर्केर फर्कीदिइन् ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
चीसो वायु हरा प्रशाख तरुमा लाग्यो गरी सिर्सिरी । | |||
:: | ::चीसो श्वाससमान त्यो विपिनको आयो बढी सर्सरी ॥ | ||
ठण्डा भो अमृतप्रकाश तटमा आनन्दको पावन । | ठण्डा भो अमृतप्रकाश तटमा आनन्दको पावन । | ||
::उठ्छन् ती अब बालिका घर हिँडूँ भन्ने गरी | ::उठ्छन् ती अब बालिका घर हिँडूँ भन्ने गरी भावना ॥ | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
Latest revision as of 19:03, 1 March 2025
"त्यस्तो के अनि चारु ? लौन म सुनूँ ? के के अरू गर्दछन् ?"
भन्दै प्रश्न उठेर नेत्र दुइमा क्या ! मोहनी भर्दछन् ॥
ती देख्छिन् सपना बनाइ बिपना छायासितै जूनको ।
"रानी भन्न सुयोग्य छ्यौ" जब सुनिन् भस्किन् पुगेझैं कहाँ ॥
(२९)
"ती राजा अब आउँछन् सखि यहाँ गर्छन् बिहा छाँटले ।
तिम्रा साथ शकुन्तला, अनि तिमी रानी बनी सुन्दरी ॥
छाना नै सुनको, जुहारहरुको प्रासादमा सुन्दर ।
बस्नेछ्यौ सखि ! चाकरी सब गरी लिन्छ्यौ बुझ्यौ चामर ॥"
भन्थिन् ती प्रिय बात मिष्ट रसिला बोल्ने ठिटी साथकी ।
"जाऊ धुत्त नकच्चरी" यति भनी फर्किन् परी सुन्दरी ॥
(३०)
"जाऊ चारु तिमी त आरुसरि छ्यौ तीतो बियाँकी गुदी ।
जे जे आउँछ चित्तमा भनिदियो ! खै हेर ! तिम्रो गिदी ॥
गर्दै गर्दिनँ है बिहा म त सधैं कन्या बनी बस्दछु ।"
भन्दै ठुस्स परी विहङ्गसँगिनी तर्केर फर्कीदिइन् ॥
(३१)
चीसो वायु हरा प्रशाख तरुमा लाग्यो गरी सिर्सिरी ।
चीसो श्वाससमान त्यो विपिनको आयो बढी सर्सरी ॥
ठण्डा भो अमृतप्रकाश तटमा आनन्दको पावन ।
उठ्छन् ती अब बालिका घर हिँडूँ भन्ने गरी भावना ॥
(३२)
(मालिनी)
यतिपछि हिँडिहाले ती उज्याला मुहार ।
पयर प्रकृतचाला नृत्य गर्दा समान ॥
तरुवरमनि राम्रा जूनले भासमान ।
छिरबिर भुइँ-बुट्टा राहमा झल्मलिन्थ्यो ॥
(३३)