Page:Shakuntala.pdf/84: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
ललित | ललित चालले लोलमञ्जुला । | ||
::सरल शान्त छन् ती शकुन्तला ॥ | ::सरल शान्त छन् ती शकुन्तला ॥ | ||
हरिणनृत्यको फुर्फुरेपना । | हरिणनृत्यको फुर्फुरेपना । | ||
Line 7: | Line 7: | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
कुसुम | कुसुम पङ्ख भै मिष्ट बोल्दथ्यो । | ||
::फूल भै | ::विगह फूल भै शान्त फुल्दथ्यो ॥ | ||
प्रकृतिमा मिली नाच्न | प्रकृतिमा मिली नाच्न आँगन । | ||
::पहर आठ छन् | ::पहर आठ छन् चञ्चलेक्षण ॥ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
बाल-केलिको स्वर्णकाल छ । | बाल-केलिको स्वर्णकाल छ । | ||
:: | ::प्रौढको जगत् धूलिजाल छ ॥ | ||
जनकभावले भू प्रकाशित । | जनकभावले भू प्रकाशित । | ||
::नव सिँगारले हुन्छ भूषित ॥ | ::नव सिँगारले हुन्छ भूषित ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
छ र अनन्तमा खेल्नको | छ र अनन्तमा खेल्नको मन । | ||
::रङ्गमञ्च भो स्निग्ध प्राङ्गण ॥ | ::रङ्गमञ्च भो स्निग्ध प्राङ्गण ॥ | ||
अवनि छन् भुरुङ् व्योम झिल्मिले । | अवनि छन् भुरुङ् व्योम झिल्मिले । | ||
::चपल गानमा तारका | ::चपल गानमा तारका बसे ॥ | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
कुद र खेल हे वन्य बालहो ! | कुद र खेल हे वन्य बालहो ! | ||
::मधुर गानले स्वर्ग बन्छ | ::मधुर गानले स्वर्ग बन्छ रे ॥ | ||
सत्य फुल्छ रे हिल्छ चल्छ रे । | सत्य फुल्छ रे हिल्छ चल्छ रे । | ||
::मधुर शानमा खेल्छ डुल्छ | ::मधुर शानमा खेल्छ डुल्छ रे ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
नव | नव सिँगारकी छन् वसुन्धरा । | ||
::रवि भजी | ::रवि भजी रिङी नृत्य अप्सरा ॥ | ||
लय र तालमा तारका परी । | लय र तालमा तारका परी । | ||
::हृदयकन्दरा बस्दछन् भरी ॥ | ::हृदयकन्दरा बस्दछन् भरी ॥ |
Latest revision as of 18:30, 1 March 2025
This page has been proofread
ललित चालले लोलमञ्जुला ।
सरल शान्त छन् ती शकुन्तला ॥
हरिणनृत्यको फुर्फुरेपना ।
रङ्ग कोपिलाबीच चल्दथ्यो ॥
(५)
कुसुम पङ्ख भै मिष्ट बोल्दथ्यो ।
विगह फूल भै शान्त फुल्दथ्यो ॥
प्रकृतिमा मिली नाच्न आँगन ।
पहर आठ छन् चञ्चलेक्षण ॥
(६)
बाल-केलिको स्वर्णकाल छ ।
प्रौढको जगत् धूलिजाल छ ॥
जनकभावले भू प्रकाशित ।
नव सिँगारले हुन्छ भूषित ॥
(७)
छ र अनन्तमा खेल्नको मन ।
रङ्गमञ्च भो स्निग्ध प्राङ्गण ॥
अवनि छन् भुरुङ् व्योम झिल्मिले ।
चपल गानमा तारका बसे ॥
(८)
कुद र खेल हे वन्य बालहो !
मधुर गानले स्वर्ग बन्छ रे ॥
सत्य फुल्छ रे हिल्छ चल्छ रे ।
मधुर शानमा खेल्छ डुल्छ रे ॥
(९)
नव सिँगारकी छन् वसुन्धरा ।
रवि भजी रिङी नृत्य अप्सरा ॥
लय र तालमा तारका परी ।
हृदयकन्दरा बस्दछन् भरी ॥
(१०)