Page:Shakuntala.pdf/87: Difference between revisions
→Not proofread: Created page with "छन् चाँदीहरु चन्द्रतुल्य ढुकुटी झल्झल् गरी झल्किने । रातै हुन्न अँधेर रे महलमा हुन्नन् अमा नै अरे ॥ हीरा स्वच्छ भरीभराउ घरमा इन्द्रेणि झैं पर्छ रे। खोलामा पनि बग्छ रे सुन झझलभ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
छन् चाँदीहरु चन्द्रतुल्य ढुकुटी झल्झल् गरी झल्किने । | छन् चाँदीहरु चन्द्रतुल्य ढुकुटी झल्झल् गरी झल्किने । | ||
::रातै हुन्न अँधेर रे महलमा हुन्नन् अमा नै अरे ॥ | |||
रातै हुन्न अँधेर रे महलमा हुन्नन् अमा नै अरे ॥ | |||
हीरा स्वच्छ भरीभराउ घरमा इन्द्रेणि झैं पर्छ रे। | हीरा स्वच्छ भरीभराउ घरमा इन्द्रेणि झैं पर्छ रे। | ||
खोलामा पनि बग्छ रे सुन झझलभल् बालुवातुल्य रे ॥ | ::खोलामा पनि बग्छ रे सुन झझलभल् बालुवातुल्य रे ॥ | ||
{{pcn|(२३)}} | |||
( | |||
रत्नै फन्दछ रे अनेक रँगको सारा बगैँचाभरी । | |||
::छाना नैसुत अरे गजबको !” आँखा यहाँ चम्किए ॥ | |||
गर्छिन् शान दुवै समुच्च करले, “आकाशभन्दा पनि । | गर्छिन् शान दुवै समुच्च करले, “आकाशभन्दा पनि । | ||
ठूलो रे, सुनको बिहानसरिको झल्फझल् उँचा रम्य रे॥” | ::ठूलो रे, सुनको बिहानसरिको झल्फझल् उँचा रम्य रे॥” | ||
{{pcn|(२४)}} | |||
(२४) | |||
भन्दा चाख लिएर चन्द्रवदनी हेर्छिन् महान् नीरमा । | भन्दा चाख लिएर चन्द्रवदनी हेर्छिन् महान् नीरमा । | ||
त्यो अत्युक्ति | ::त्यो अत्युक्ति चन्द्रनभमा मुस्काउँदा छन् मृदु ॥ | ||
चन्द्रनभमा मुस्काउँदा छन् मृदु ॥ | |||
हाँसिन् सत्वर सति तत तारङ्ग ती बालको । | हाँसिन् सत्वर सति तत तारङ्ग ती बालको । | ||
टिप्दै गुन्गुनसाथ "सत्य सब हो” जस्तो गरी जूनमा ॥ | ::टिप्दै गुन्गुनसाथ "सत्य सब हो” जस्तो गरी जूनमा ॥ | ||
{{pcn|(२५)}} | |||
(२५) | |||
“बूढा छन् त तिनी ? सफा लहरिँदो दाढी यहाँ लुर्किने ? | “बूढा छन् त तिनी ? सफा लहरिँदो दाढी यहाँ लुर्किने ? | ||
::हाम्रा कण्वपितासमान वयका सारा कुराका घनी ? | |||
हाम्रा कण्वपितासमान | |||
वयका | |||
सारा | |||
कुराका | |||
घनी | |||
? | |||
जो सोधे पनि भन्न तत्पर बनी गर्ने तपस्या पनि ? | जो सोधे पनि भन्न तत्पर बनी गर्ने तपस्या पनि ? | ||
( | ::आँखा बन्द गरी बसेर जगतै देख्ने खुलस्तै पनि ?" | ||
{{pcn|(२६)}} | |||
" भन्छिन् एक “छ ओठमाथि उनको जूँगा त मुस्लो सखे ! | " भन्छिन् एक “छ ओठमाथि उनको जूँगा त मुस्लो सखे ! | ||
हाम्रो उम्रिदिंदैन क्यार !” यतिले खिल्खिल् बने ती सबै ॥ | ::हाम्रो उम्रिदिंदैन क्यार !” यतिले खिल्खिल् बने ती सबै ॥ | ||
ती बस्छन् दरबारमा झिलिमिली आनन्दका सारमा । | ती बस्छन् दरबारमा झिलिमिली आनन्दका सारमा । | ||
रानीलाइ | ::रानीलाइ दिई जुहार कतिका हीराहरू हारमा ॥ | ||
{{pcn|(२७)}} | |||
भारी हुन्छ सिँगारका झिलिमिली हीरा सितारा भरी । | भारी हुन्छ सिँगारका झिलिमिली हीरा सितारा भरी । | ||
पाई नित्य तयार मिष्ट गठिला नाना परीकार ती ॥ | ::पाई नित्य तयार मिष्ट गठिला नाना परीकार ती ॥ | ||
धप्कादार जुहार झल्मल गरी: बस्छन् नचाई परी । | धप्कादार जुहार झल्मल गरी: बस्छन् नचाई परी । | ||
मीठा तार सितारमा नित गरी झङ्कार लाखौं थरी ॥ | ::मीठा तार सितारमा नित गरी झङ्कार लाखौं थरी ॥ | ||
{{pcn|(२८)}} | |||
( | |||
</poem>}} |
Revision as of 21:27, 26 February 2025
छन् चाँदीहरु चन्द्रतुल्य ढुकुटी झल्झल् गरी झल्किने ।
रातै हुन्न अँधेर रे महलमा हुन्नन् अमा नै अरे ॥
हीरा स्वच्छ भरीभराउ घरमा इन्द्रेणि झैं पर्छ रे।
खोलामा पनि बग्छ रे सुन झझलभल् बालुवातुल्य रे ॥
(२३)
रत्नै फन्दछ रे अनेक रँगको सारा बगैँचाभरी ।
छाना नैसुत अरे गजबको !” आँखा यहाँ चम्किए ॥
गर्छिन् शान दुवै समुच्च करले, “आकाशभन्दा पनि ।
ठूलो रे, सुनको बिहानसरिको झल्फझल् उँचा रम्य रे॥”
(२४)
भन्दा चाख लिएर चन्द्रवदनी हेर्छिन् महान् नीरमा ।
त्यो अत्युक्ति चन्द्रनभमा मुस्काउँदा छन् मृदु ॥
हाँसिन् सत्वर सति तत तारङ्ग ती बालको ।
टिप्दै गुन्गुनसाथ "सत्य सब हो” जस्तो गरी जूनमा ॥
(२५)
“बूढा छन् त तिनी ? सफा लहरिँदो दाढी यहाँ लुर्किने ?
हाम्रा कण्वपितासमान वयका सारा कुराका घनी ?
जो सोधे पनि भन्न तत्पर बनी गर्ने तपस्या पनि ?
आँखा बन्द गरी बसेर जगतै देख्ने खुलस्तै पनि ?"
(२६)
" भन्छिन् एक “छ ओठमाथि उनको जूँगा त मुस्लो सखे !
हाम्रो उम्रिदिंदैन क्यार !” यतिले खिल्खिल् बने ती सबै ॥
ती बस्छन् दरबारमा झिलिमिली आनन्दका सारमा ।
रानीलाइ दिई जुहार कतिका हीराहरू हारमा ॥
(२७)
भारी हुन्छ सिँगारका झिलिमिली हीरा सितारा भरी ।
पाई नित्य तयार मिष्ट गठिला नाना परीकार ती ॥
धप्कादार जुहार झल्मल गरी: बस्छन् नचाई परी ।
मीठा तार सितारमा नित गरी झङ्कार लाखौं थरी ॥
(२८)