Jump to content

Page:Shakuntala.pdf/66: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
लाजको लालिमा भानमा झल्किँदो ।
लाजको लालिमा भालमा झल्किँदो ।
::दूरदेखि लाह पूर्के स्यन्दन ॥
::दूरदेखि त्यहाँ सूर्यको स्यन्दन ॥
टाप सप्ताश्वका पूर्वमा ।
टाप सप्ताश्वका कड्किँदा पूर्वमा ।
::झस्किइन्‌ स्वर्गका रत्न चोरीवरी ॥
::झस्किइन्‌ स्वर्गका रत्न चोरीवरी ॥
{{pcn|(११)}}
{{pcn|(११)}}


देख्छ चोरी त्यहीँ कण्वको चक्षले
देख्छ चोरी त्यहीं कण्वको चक्षुले
::स्नान सिद्धेपछि ध्यान त्यागीकन ॥
::स्नान सिद्धेपछि ध्यान त्यागीकन ॥
फ्किँदो फेरमा स्वर्गका द्वारमा ।
फर्किदो फेरमा स्वर्गका द्वारमा ।
::एक तारा झरी झल्किँदा नीरमा ॥
::एक तारा झरी झल्किँदा नीरमा ॥
{{pcn|(१२)}}
{{pcn|(१२)}}


इन्द्वरका चापका रङ्गका गिन्तिले ।
इन्द्रका चापका रङ्गका गिन्तिले ।
::अश्व जोती डटे सूर्यले स्यन्दन ॥
::अश्व जोती डटे सूर्यले स्यन्दन ॥
दिव्य सम्राट्‌ बनी पूर्वमा हाँस्दछन्‌ ।
दिव्य सम्राट्‌ बनी पूर्वमा हाँस्दछन्‌ ।
Line 22: Line 22:
::स्वर्ण भो पूर्वमा शैलको शृङ्गमा ॥
::स्वर्ण भो पूर्वमा शैलको शृङ्गमा ॥
सत्यको रोशनी दिव्य सौन्दर्यमा ।
सत्यको रोशनी दिव्य सौन्दर्यमा ।
::जिन्दगी सूतमा रब्गिए झैं अहा ॥
::जिन्दगी सूतमा रङ्गिए झैं अहा ॥
{{pcn|(१४)}}
{{pcn|(१४)}}


ध्यानका चक्षुले खाता स्वप्निल ।
ध्यानका चक्षुले कान्तिमा स्वप्निल ।
::देख्न लागे तिनी भूषण ॥
::देख्न लागे तिनी कृष्णका भूषण ॥
मेघ सारा बन्यो दिव्यकँताम्बर
मेघ सारा बन्यो दिव्य पीताम्बर
::नीर त्यो रङ्गमा झल्कियो आनन ॥
::नीर त्यो रङ्गमा झल्कियो आनन ॥
{{pcn|(१५)}}
{{pcn|(१५)}}


गौपिनी झैं बने फूल ती चञ्चले ।
गोपिनी झैं बने फूल ती चञ्चले ।
::अप्सरा बन्दछन्‌ गाउने ती चरा ॥
::अप्सरा बन्दछन्‌ गाउने ती चरा ॥
वेणु झैं बज्दछन्‌ प्रातका रशिम ती ।
वेणु झैं बज्दछन्‌ प्रातका रश्मि ती ।
::सात रङ्गी बनी दिव्यको ग्राममा ॥
::सात रङ्गी बनी दिव्यको ग्राममा ॥
{{pcn|(१६)}}
{{pcn|(१६)}}


</poem>}}
</poem>}}

Latest revision as of 16:32, 26 February 2025

This page has been proofread

लाजको लालिमा भालमा झल्किँदो ।
दूरदेखि त्यहाँ सूर्यको स्यन्दन ॥
टाप सप्ताश्वका कड्किँदा पूर्वमा ।
झस्किइन्‌ स्वर्गका रत्न चोरीवरी ॥
(११)

देख्छ चोरी त्यहीं कण्वको चक्षुले ।
स्नान सिद्धेपछि ध्यान त्यागीकन ॥
फर्किदो फेरमा स्वर्गका द्वारमा ।
एक तारा झरी झल्किँदा नीरमा ॥
(१२)

इन्द्रका चापका रङ्गका गिन्तिले ।
अश्व जोती डटे सूर्यले स्यन्दन ॥
दिव्य सम्राट्‌ बनी पूर्वमा हाँस्दछन्‌ ।
अन्धका शैलका ती विजेता बनी ॥
(१३)

बाफको दुर्ग जो रौप्य भै बस्दथ्यो ।
स्वर्ण भो पूर्वमा शैलको शृङ्गमा ॥
सत्यको रोशनी दिव्य सौन्दर्यमा ।
जिन्दगी सूतमा रङ्गिए झैं अहा ॥
(१४)

ध्यानका चक्षुले कान्तिमा स्वप्निल ।
देख्न लागे तिनी कृष्णका भूषण ॥
मेघ सारा बन्यो दिव्य पीताम्बर
नीर त्यो रङ्गमा झल्कियो आनन ॥
(१५)

गोपिनी झैं बने फूल ती चञ्चले ।
अप्सरा बन्दछन्‌ गाउने ती चरा ॥
वेणु झैं बज्दछन्‌ प्रातका रश्मि ती ।
सात रङ्गी बनी दिव्यको ग्राममा ॥
(१६)