Page:Shakuntala.pdf/65: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
चन्द्रमा टिप्नको चाहमा बाहुली । | |||
:: | ::फ्याँक्दथिन् पाउ ती फेरि कल्लोल झैं ॥ | ||
मालिनीतीरका छालका शब्दले । | मालिनीतीरका छालका शब्दले । | ||
::केलिकौतूहला बालिका | ::केलिकौतूहला बालिका बन्दथिन् ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
तारका झल्किँदो | तारका झल्किँदो झूलमा नीरको । | ||
::चम्किँदा चक्षुका चारु चम्काइले ॥ | ::चम्किँदा चक्षुका चारु चम्काइले ॥ | ||
चञ्चले चालले | चञ्चले चालले सुन्दरी बालिका । | ||
::हेर्दथिन् स्वर्गका मेनकाका सखी ॥ | ::हेर्दथिन् स्वर्गका मेनकाका सखी ॥ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
Line 15: | Line 15: | ||
वायुले झस्किँदा स्नायु ती पातका । | वायुले झस्किँदा स्नायु ती पातका । | ||
::दिव्य आनन्दका स्वप्नमा सुत्दथिन् ॥ | ::दिव्य आनन्दका स्वप्नमा सुत्दथिन् ॥ | ||
पुष्पको | पुष्पको कोपिलातुल्य आधी खुला । | ||
::चक्षु ती चुम्दथ्यो सफा ॥ | ::चक्षु ती चुम्दथ्यो चाँदनीले सफा ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
Line 22: | Line 22: | ||
::पालुवामा हुने हिल्नको प्रेरणा ॥ | ::पालुवामा हुने हिल्नको प्रेरणा ॥ | ||
केलि आनन्दको त्यो हवेलीविषे । | केलि आनन्दको त्यो हवेलीविषे । | ||
:: | ::बालका चालमा तालमा ल्याउँथ्यो ॥ | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
एक लाली चढ्यो पश्चिमी फेरमा । | एक लाली चढ्यो पश्चिमी फेरमा । | ||
::सान्ध्य आकाशको पक्षमाला | ::सान्ध्य आकाशको पक्षमाला धरी ॥ | ||
फेरि त्यो फिर्दथ्यो पूर्वको गण्डमा । | फेरि त्यो फिर्दथ्यो पूर्वको गण्डमा । | ||
::दिव्य सङ्घारमा स्वर्गको | ::दिव्य सङ्घारमा स्वर्गको उघ्रिँदो ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
हुस्सु | हुस्सु झैं पातको चारु पोल्टो भरी । | ||
::तारकाका लिई दिव्य दानाहरू ॥ | ::तारकाका लिई दिव्य दानाहरू ॥ | ||
मिर्मिरे पस्दछिन् द्वार कर्के गरी । | मिर्मिरे पस्दछिन् द्वार कर्के गरी । | ||
:: | ::शैलका श्रृङ्गमा स्वर्णका स्वर्गको ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 16:24, 26 February 2025
चन्द्रमा टिप्नको चाहमा बाहुली ।
फ्याँक्दथिन् पाउ ती फेरि कल्लोल झैं ॥
मालिनीतीरका छालका शब्दले ।
केलिकौतूहला बालिका बन्दथिन् ॥
(५)
तारका झल्किँदो झूलमा नीरको ।
चम्किँदा चक्षुका चारु चम्काइले ॥
चञ्चले चालले सुन्दरी बालिका ।
हेर्दथिन् स्वर्गका मेनकाका सखी ॥
(६)
वायुले झस्किँदा स्नायु ती पातका ।
दिव्य आनन्दका स्वप्नमा सुत्दथिन् ॥
पुष्पको कोपिलातुल्य आधी खुला ।
चक्षु ती चुम्दथ्यो चाँदनीले सफा ॥
(७)
वायुमा वन्य ती वासले बेलिँदा ।
पालुवामा हुने हिल्नको प्रेरणा ॥
केलि आनन्दको त्यो हवेलीविषे ।
बालका चालमा तालमा ल्याउँथ्यो ॥
(८)
एक लाली चढ्यो पश्चिमी फेरमा ।
सान्ध्य आकाशको पक्षमाला धरी ॥
फेरि त्यो फिर्दथ्यो पूर्वको गण्डमा ।
दिव्य सङ्घारमा स्वर्गको उघ्रिँदो ॥
(९)
हुस्सु झैं पातको चारु पोल्टो भरी ।
तारकाका लिई दिव्य दानाहरू ॥
मिर्मिरे पस्दछिन् द्वार कर्के गरी ।
शैलका श्रृङ्गमा स्वर्णका स्वर्गको ॥
(१०)