Page:Shakuntala.pdf/62: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
नौलो स्वादु जगत् अनन्त छ मुना टूना त्यहाँ गुन्गुन । | नौलो स्वादु जगत् अनन्त छ मुना टूना त्यहाँ गुन्गुन । | ||
::नाच्छन् नाच वसन्तका छुनुमुनु स्वच्छन्द वल्ली शिशु ॥ | ::नाच्छन् नाच वसन्तका छुनुमुनु स्वच्छन्द वल्ली शिशु ॥ | ||
"बाँहाँडोल" गरेर फूलहरुले बोलूँ कि बोलूँ गरे । | |||
::पन्छीले नभबीच नृत्यहरुले बोले बनी फर्फरे॥ | ::पन्छीले नभबीच नृत्यहरुले बोले बनी फर्फरे॥ | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
"को को | "को को हो" सित कोकिला मृदुगला सोध्थी सुखी चञ्चल । | ||
::"पाक्यो काफल"सोद्धछन् खग सुनी हाँस्थे फुकी कोपिला ॥ | ::"पाक्यो काफल" सोद्धछन् खग सुनी हाँस्थे फुकी कोपिला ॥ | ||
लागै खेल्न अनेक पातसँगमा क्या पासली पोसली । | लागै खेल्न अनेक पातसँगमा क्या पासली पोसली । | ||
::साना ढुक्कुर कुर्लिए हृदयमा कुर्कुर् गरी कोरली ॥ | ::साना ढुक्कुर कुर्लिए हृदयमा कुर्कुर् गरी कोरली ॥ | ||
{{pcn|(३६)}} | {{pcn|(३६)}} | ||
फुल्थिन् लाल उषा सुवर्ण सुषमा स्वर्गीयता साथमा । | फुल्थिन् लाल उषा सुवर्ण सुषमा स्वर्गीयता साथमा । | ||
::खोली लाल गुलाब-बाग सुरको त्यो स्वर्णको देशमा ॥ | ::खोली लाल गुलाब-बाग सुरको त्यो स्वर्णको देशमा ॥ | ||
भर्थे जूनपरी मुसूमुसु गरी आधूत छन् वल्लरी । | भर्थे जूनपरी मुसूमुसु गरी आधूत छन् वल्लरी । | ||
::हीरा लुर्कन लाउँदा वनभरी | ::हीरा लुर्कन लाउँदा वनभरी ती रातमा झल्लरी ॥ | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
पन्ना प्रस्फुट त्यो वसन्त | पन्ना प्रस्फुट त्यो वसन्त ऋतुको कुँद्थ्यो छिनोले कुनै । | ||
::हीरा खेल्न विभिन्न रङ्गहरु छन् भूस्वर्ग गर्ने वनै ॥ | ::हीरा खेल्न विभिन्न रङ्गहरु छन् भूस्वर्ग गर्ने वनै ॥ | ||
टुक्रा वारिदका बनेर सपना त्यो नीरमा उड्दथे । | टुक्रा वारिदका बनेर सपना त्यो नीरमा उड्दथे । | ||
::पग्ली | ::पग्ली पङ्ख त्यहाँ बिहानपखमा मोती बनी गुड्दथे ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
छल्कन्थिन् जल | छल्कन्थिन् जल ढल्किंदा किरणमा भङ्गीमयी निम्नगा । | ||
:: | ::झल्कन्थिन् अनि माघुरी प्रकृतिकी चल्मल् गरी रत्नदा ॥ | ||
बल्कन्थिन् कलिला नशा लहरमा लाली बनी कल्कली । | बल्कन्थिन् कलिला नशा लहरमा लाली बनी कल्कली । | ||
::ढल्कन्थिन् जब स्वर्ण साँझ वनमा वैकुण्ठको झल्झली ॥ | ::ढल्कन्थिन् जब स्वर्ण साँझ वनमा वैकुण्ठको झल्झली ॥ | ||
{{pcn|(३९)}} | {{pcn|(३९)}} | ||
ताजा स्वादु हरा रँगीन मदिरा | ताजा स्वादु हरा रँगीन मदिरा पोख्थे त्यहाँ अप्सरा । | ||
:: | ::बन्थे ती रँग ओठमा कुसुमका बैंसालु चढ्दा सुरा ॥ | ||
टूना सूक्ष्म लिने मुना पनि फुटी, स्वप्ना बनेकी धरा । | |||
::मीठा वन्य तरङ्ग रङ्ग दगुरी गर्थिन् विरङ्गी कुरा ॥ | ::मीठा वन्य तरङ्ग रङ्ग दगुरी गर्थिन् विरङ्गी कुरा ॥ | ||
{{pcn|(४०)}} | {{pcn|(४०)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 15:50, 26 February 2025
नौलो स्वादु जगत् अनन्त छ मुना टूना त्यहाँ गुन्गुन ।
नाच्छन् नाच वसन्तका छुनुमुनु स्वच्छन्द वल्ली शिशु ॥
"बाँहाँडोल" गरेर फूलहरुले बोलूँ कि बोलूँ गरे ।
पन्छीले नभबीच नृत्यहरुले बोले बनी फर्फरे॥
(३५)
"को को हो" सित कोकिला मृदुगला सोध्थी सुखी चञ्चल ।
"पाक्यो काफल" सोद्धछन् खग सुनी हाँस्थे फुकी कोपिला ॥
लागै खेल्न अनेक पातसँगमा क्या पासली पोसली ।
साना ढुक्कुर कुर्लिए हृदयमा कुर्कुर् गरी कोरली ॥
(३६)
फुल्थिन् लाल उषा सुवर्ण सुषमा स्वर्गीयता साथमा ।
खोली लाल गुलाब-बाग सुरको त्यो स्वर्णको देशमा ॥
भर्थे जूनपरी मुसूमुसु गरी आधूत छन् वल्लरी ।
हीरा लुर्कन लाउँदा वनभरी ती रातमा झल्लरी ॥
(३७)
पन्ना प्रस्फुट त्यो वसन्त ऋतुको कुँद्थ्यो छिनोले कुनै ।
हीरा खेल्न विभिन्न रङ्गहरु छन् भूस्वर्ग गर्ने वनै ॥
टुक्रा वारिदका बनेर सपना त्यो नीरमा उड्दथे ।
पग्ली पङ्ख त्यहाँ बिहानपखमा मोती बनी गुड्दथे ॥
(३८)
छल्कन्थिन् जल ढल्किंदा किरणमा भङ्गीमयी निम्नगा ।
झल्कन्थिन् अनि माघुरी प्रकृतिकी चल्मल् गरी रत्नदा ॥
बल्कन्थिन् कलिला नशा लहरमा लाली बनी कल्कली ।
ढल्कन्थिन् जब स्वर्ण साँझ वनमा वैकुण्ठको झल्झली ॥
(३९)
ताजा स्वादु हरा रँगीन मदिरा पोख्थे त्यहाँ अप्सरा ।
बन्थे ती रँग ओठमा कुसुमका बैंसालु चढ्दा सुरा ॥
टूना सूक्ष्म लिने मुना पनि फुटी, स्वप्ना बनेकी धरा ।
मीठा वन्य तरङ्ग रङ्ग दगुरी गर्थिन् विरङ्गी कुरा ॥
(४०)