Jump to content

Page:Shakuntala.pdf/61: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
जो छन्‌ नाश हुरी बडा प्रकृतिमा भूकम्प उल्काहरू ।
जो छन्‌ नाश हुरी बडा प्रकृतिमा भूकम्प उल्काहरू ।
::त्यस्तामा पनि शस्त्रश्ूप उसका छन्‌ दिव्य प्रेमी क्रिया ॥
::त्यस्तामा पनि शस्त्ररूप उसका छन्‌ दिव्य प्रेमी क्रिया ॥
सानो सुस्त छिनो लिएर करमा कुँद्रो छ सौन्दर्यको ।
सानो सुस्त छिनो लिएर करमा कुँद्दो छ सौन्दर्यको ।
::प्रैमै मात्र पछाडि प्राप्त बुझियो यो नीतिको विश्वमा ॥
::प्रेमै मात्र पछाडि प्राप्त बुझियो यो नीतिको विश्वमा ॥
{{pcn|(२९)}}
{{pcn|(२९)}}


Line 13: Line 13:
{{pcn|(३०)}}
{{pcn|(३०)}}


धोका हुन्न कहाँ कतै प्रकृतिमा है दिव्यताकी शिशु ।
धोका हुन्न कहाँ कतै प्रकृतिमा हे दिव्यताकी शिशु ।
::बुभ्नेलाइ बिरादरी तरु, लता, कल्लोल पन्छी पशु ॥
::बुझ्नेलाइ बिरादरी तरु, लता, कल्लोल पन्छी पशु ॥
मिल्ला त्यो मह जो अनेक कसुमी मौरीपरी हाल्दछन्‌ ।
मिल्ला त्यो मह जो अनेक कुसुमी मौरीपरी हाल्दछन्‌ ।
::जो मीठो मृदुभाव खौजहरुका मौनीहरू जान्दछन्‌ ॥
::जो मीठो मृदुभाव खोजहरुका मौनीहरू जान्दछन्‌ ॥
{{pcn|(३१)}}
{{pcn|(३१)}}


Line 22: Line 22:
::हेर्चाहासित बोलमा मधुरता खोजी महान्‌ प्रेमको ॥
::हेर्चाहासित बोलमा मधुरता खोजी महान्‌ प्रेमको ॥
हेर्नेछन्‌ शिशुलाइ जन्तुहरुले दिन्छन्‌ इशाराहरू ।
हेर्नेछन्‌ शिशुलाइ जन्तुहरुले दिन्छन्‌ इशाराहरू ।
::जेले ती पशु पाउँछन्‌ हृदयमा आत्मा-सुखी आबरू ॥”
::जेले ती पशु पाउँछन्‌ हृदयमा आत्मा-सुखी आबरू ॥"
{{pcn|(३२)}}
{{pcn|(३२)}}


यी शिक्षा शिशुकानमा मधुर दी छोडी चलिन्‌ ती परी ।
यी शिक्षा शिशुकानमा मधुर दी छोडी चलिन्‌ ती परी ।
::हाँस्दै पङ्ख हुहाचगै कुसुम झै वैशाखका अन्त्यमा ॥
::हाँस्दै पङ्ख फुकाउँदी कुसुम झैं वैशाखका अन्त्यमा ॥
औंलाले भुइँमा भर यसो थोरै उचाल्दी तन ।
औंलाले भुइँमा दिई भर यसो थोरै उचाल्दी तन ।
::उड्नालाइ तयार भै नजरमा पानी भरी हेर्दछिन्‌ ॥
::उड्नालाइ तयार भै नजरमा पानी भरी हेर्दछिन्‌ ॥
{{pcn|(३३)}}
{{pcn|(३३)}}


मौरी भझुम्मिगएर कुञ्ज त्यसमा मीठा गिराए मह ।
मौरी झुम्मिगएर कुञ्ज त्यसमा मीठा गिराए मह ।
::मीठो भुन्भुन तत्त्वपूर्ण शिशुको आत्मा बन्यो सौरभी ॥
::मीठो भुन्भुन तत्त्वपूर्ण शिशुको आत्मा बन्यो सौरभी ॥
टिप्तै स्वादु मुना फुरुक्क वनमा “खान्छौ कि नानी ?सरि ।
टिप्तै स्वादु मुना फुरुक्क वनमा "खान्छौ कि नानी ?" सरि ।
::लाग्यो शावक चर्न चारु जननी जान्धी पिलाईवरी ॥
::लाग्यो शावक चर्न चारु जननी जान्थी पिलाईवरी ॥
{{pcn|(३४)}}
{{pcn|(३४)}}


</poem>}}
</poem>}}

Latest revision as of 15:42, 26 February 2025

This page has been proofread

जो छन्‌ नाश हुरी बडा प्रकृतिमा भूकम्प उल्काहरू ।
त्यस्तामा पनि शस्त्ररूप उसका छन्‌ दिव्य प्रेमी क्रिया ॥
सानो सुस्त छिनो लिएर करमा कुँद्दो छ सौन्दर्यको ।
प्रेमै मात्र पछाडि प्राप्त बुझियो यो नीतिको विश्वमा ॥
(२९)

रोगैमा पनि शुद्धिका कति क्रिया देखाउँछन्‌ लक्षण ।
डोरामा शिव नीतिका उडुभरी झल्की प्रभा-मोहिनी ॥
कालै हो यदि राह ता अमृतको क्या दिव्य त्यो अक्षर ।
हाम्रा कण्टक दुःखका कुसुमको भर्दो छ पत्तीहरू ॥
(३०)

धोका हुन्न कहाँ कतै प्रकृतिमा हे दिव्यताकी शिशु ।
बुझ्नेलाइ बिरादरी तरु, लता, कल्लोल पन्छी पशु ॥
मिल्ला त्यो मह जो अनेक कुसुमी मौरीपरी हाल्दछन्‌ ।
जो मीठो मृदुभाव खोजहरुका मौनीहरू जान्दछन्‌ ॥
(३१)

पन्छीले सुरकी लता फुलिदिने जानेर प्रेमी बनी ।
हेर्चाहासित बोलमा मधुरता खोजी महान्‌ प्रेमको ॥
हेर्नेछन्‌ शिशुलाइ जन्तुहरुले दिन्छन्‌ इशाराहरू ।
जेले ती पशु पाउँछन्‌ हृदयमा आत्मा-सुखी आबरू ॥"
(३२)

यी शिक्षा शिशुकानमा मधुर दी छोडी चलिन्‌ ती परी ।
हाँस्दै पङ्ख फुकाउँदी कुसुम झैं वैशाखका अन्त्यमा ॥
औंलाले भुइँमा दिई भर यसो थोरै उचाल्दी तन ।
उड्नालाइ तयार भै नजरमा पानी भरी हेर्दछिन्‌ ॥
(३३)

मौरी झुम्मिगएर कुञ्ज त्यसमा मीठा गिराए मह ।
मीठो भुन्भुन तत्त्वपूर्ण शिशुको आत्मा बन्यो सौरभी ॥
टिप्तै स्वादु मुना फुरुक्क वनमा "खान्छौ कि नानी ?" सरि ।
लाग्यो शावक चर्न चारु जननी जान्थी पिलाईवरी ॥
(३४)