Page:Laxmi nibandhasangraha.pdf/160: Difference between revisions
→Not proofread: Created page with "पण्डित लेखनाथ पौड्यालको विषयमा प्रकृतिको हरियो कुञ्जमा शहरको पुछारनेर औपन्यासिक बालाज्यू जाने बाटोमा हामी एउटा घरको चित्रण गर्न सक्तछौँ, त्यहाँ शान्तिको र प्रतिभाको निकेतन छ।..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पण्डित लेखनाथ पौड्यालको विषयमा | {{Right|{{x-larger|'''पण्डित लेखनाथ पौड्यालको विषयमा'''}}}} | ||
प्रकृतिको हरियो कुञ्जमा शहरको पुछारनेर औपन्यासिक बालाज्यू | प्रकृतिको हरियो कुञ्जमा शहरको पुछारनेर औपन्यासिक बालाज्यू | ||
जाने बाटोमा हामी एउटा घरको चित्रण गर्न सक्तछौँ, त्यहाँ शान्तिको र | जाने बाटोमा हामी एउटा घरको चित्रण गर्न सक्तछौँ, त्यहाँ शान्तिको र | ||
प्रतिभाको निकेतन छ। मलाई एक-दुई बाजि त्यहाँ जाने सौभाग्य | प्रतिभाको निकेतन छ। मलाई एक-दुई बाजि त्यहाँ जाने सौभाग्य | ||
मिलेको थियो। त्यस ठाउँमा जाँदा मलाई सादापनसँग मिलेको प्राचीनतामा | |||
मिलेको | |||
र पवित्रताको वातावरणमा पुगेजस्तो लाग्यो । मलाई धेरै दिनदेखि दर्शन | र पवित्रताको वातावरणमा पुगेजस्तो लाग्यो । मलाई धेरै दिनदेखि दर्शन | ||
गर्नको अभिलाषा भएको हुनाले हो कि अथवा कल्पनामा मोहनी ज्यादा | गर्नको अभिलाषा भएको हुनाले हो कि अथवा कल्पनामा मोहनी ज्यादा | ||
जमेर हो कि, त्यहाँनेर कतातिर कविताको मधुर कञ्ज छ भन्ने मनमा | जमेर हो कि, त्यहाँनेर कतातिर कविताको मधुर कञ्ज छ भन्ने मनमा | ||
धारण गर्दथे; तर मैले कता हो केही याद पाएको थिइनँ । मलाई त्यो | धारण गर्दथे; तर मैले कता हो केही याद पाएको थिइनँ । मलाई त्यो | ||
ठाउँ फेला पार्दा नवीन प्राप्तिको मजा लाग्यो, कुनै मामूली आँखालाई | ठाउँ फेला पार्दा नवीन प्राप्तिको मजा लाग्यो, कुनै मामूली आँखालाई | ||
ज्यादा औपन्यासिकता केही देखिंदैनथ्यो । तब त्यहाँ थियो नेपाली प्रथम | ज्यादा औपन्यासिकता केही देखिंदैनथ्यो । तब त्यहाँ थियो नेपाली प्रथम | ||
प्रतिभाको वासस्थान ! केही झँचा जग्गामा अलि पारिलो, मानौं गौंयलीहरू | प्रतिभाको वासस्थान ! केही झँचा जग्गामा अलि पारिलो, मानौं गौंयलीहरू | ||
त्यहाँनेर चिरीबिरी गर्न आउँछन् । मैले यसो यताउति हेरेँ त्यहाँ अरू | त्यहाँनेर चिरीबिरी गर्न आउँछन् । मैले यसो यताउति हेरेँ त्यहाँ अरू | ||
विशेष थिएन । केही वृक्षहरू नजीकै थिए तर शायद तिनैका हाँगामा | विशेष थिएन । केही वृक्षहरू नजीकै थिए तर शायद तिनैका हाँगामा | ||
आउने र रङ्गीन पखेरुहरूको सन्देश पनि हामीलाई दिव्य आनन्द र | आउने र रङ्गीन पखेरुहरूको सन्देश पनि हामीलाई दिव्य आनन्द र | ||
उपदेशको मोल भएका चीज थिए । यहाँबाट पनि नीला पहाडहरू टाढा | उपदेशको मोल भएका चीज थिए । यहाँबाट पनि नीला पहाडहरू टाढा | ||
थिएनन्, तिनकै छायामनि बसेर मानवआत्मालाई सुन्दरका भावहरू | थिएनन्, तिनकै छायामनि बसेर मानवआत्मालाई सुन्दरका भावहरू | ||
खँदिलो पार्ने सम्भावना थियो । मलाई हाम्रा उत्तम प्रतिभाको मुहार | खँदिलो पार्ने सम्भावना थियो । मलाई हाम्रा उत्तम प्रतिभाको मुहार | ||
कस्तो होला भन्ने सधैं विद्यार्थी नवयुवकमा हुने चाख छँदै थियो । म | कस्तो होला भन्ने सधैं विद्यार्थी नवयुवकमा हुने चाख छँदै थियो । म | ||
भित्र पसें । | भित्र पसें । | ||
दाढीवाल साठीनेरको हँसमुखा रसिलो फरासिलो देख्तैमा | दाढीवाल साठीनेरको हँसमुखा रसिलो फरासिलो देख्तैमा | ||
ब्राह्मणको चन्दनप्रिय मूर्तिले मलाई बाँकेघरको पूर्वपट्टिको सानो-सानो | ब्राह्मणको चन्दनप्रिय मूर्तिले मलाई बाँकेघरको पूर्वपट्टिको सानो-सानो | ||
नेपाली ढङ्गको कोठीबाट स्वागत गन्यो । उनको गालामा एउटा कोठीप्रधान | नेपाली ढङ्गको कोठीबाट स्वागत गन्यो । उनको गालामा एउटा कोठीप्रधान | ||
चिह्न थियो । दुब्ला-दुन्ला अग्ला-अग्ला र पोशाकभन्दा आध्यात्मिक | चिह्न थियो । दुब्ला-दुन्ला अग्ला-अग्ला र पोशाकभन्दा आध्यात्मिक | ||
बिषयमा ज्यादा ध्यान राख्नेजस्ता प्राचीनका स्पष्टतया पुजारी, धोती र | बिषयमा ज्यादा ध्यान राख्नेजस्ता प्राचीनका स्पष्टतया पुजारी, धोती र | ||
Revision as of 20:44, 16 February 2025
पण्डित लेखनाथ पौड्यालको विषयमा
प्रकृतिको हरियो कुञ्जमा शहरको पुछारनेर औपन्यासिक बालाज्यू जाने बाटोमा हामी एउटा घरको चित्रण गर्न सक्तछौँ, त्यहाँ शान्तिको र प्रतिभाको निकेतन छ। मलाई एक-दुई बाजि त्यहाँ जाने सौभाग्य मिलेको थियो। त्यस ठाउँमा जाँदा मलाई सादापनसँग मिलेको प्राचीनतामा र पवित्रताको वातावरणमा पुगेजस्तो लाग्यो । मलाई धेरै दिनदेखि दर्शन गर्नको अभिलाषा भएको हुनाले हो कि अथवा कल्पनामा मोहनी ज्यादा जमेर हो कि, त्यहाँनेर कतातिर कविताको मधुर कञ्ज छ भन्ने मनमा धारण गर्दथे; तर मैले कता हो केही याद पाएको थिइनँ । मलाई त्यो ठाउँ फेला पार्दा नवीन प्राप्तिको मजा लाग्यो, कुनै मामूली आँखालाई ज्यादा औपन्यासिकता केही देखिंदैनथ्यो । तब त्यहाँ थियो नेपाली प्रथम प्रतिभाको वासस्थान ! केही झँचा जग्गामा अलि पारिलो, मानौं गौंयलीहरू त्यहाँनेर चिरीबिरी गर्न आउँछन् । मैले यसो यताउति हेरेँ त्यहाँ अरू विशेष थिएन । केही वृक्षहरू नजीकै थिए तर शायद तिनैका हाँगामा आउने र रङ्गीन पखेरुहरूको सन्देश पनि हामीलाई दिव्य आनन्द र उपदेशको मोल भएका चीज थिए । यहाँबाट पनि नीला पहाडहरू टाढा थिएनन्, तिनकै छायामनि बसेर मानवआत्मालाई सुन्दरका भावहरू खँदिलो पार्ने सम्भावना थियो । मलाई हाम्रा उत्तम प्रतिभाको मुहार कस्तो होला भन्ने सधैं विद्यार्थी नवयुवकमा हुने चाख छँदै थियो । म भित्र पसें ।
दाढीवाल साठीनेरको हँसमुखा रसिलो फरासिलो देख्तैमा ब्राह्मणको चन्दनप्रिय मूर्तिले मलाई बाँकेघरको पूर्वपट्टिको सानो-सानो नेपाली ढङ्गको कोठीबाट स्वागत गन्यो । उनको गालामा एउटा कोठीप्रधान चिह्न थियो । दुब्ला-दुन्ला अग्ला-अग्ला र पोशाकभन्दा आध्यात्मिक बिषयमा ज्यादा ध्यान राख्नेजस्ता प्राचीनका स्पष्टतया पुजारी, धोती र