Jump to content

Page:Laxmi nibandhasangraha.pdf/121: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 10: Line 10:


<blockquote><b>
<blockquote><b>
<poem>
'हे आनन्दी चरा ! जुन पृथिवीमा हामीहरू टेख्तछौं,
'हे आनन्दी चरा ! जुन पृथिवीमा हामीहरू टेख्तछौं,
फेरि यस्तो भएफैं विदित हुन्छ-
फेरि यस्तो भएफैं विदित हुन्छ-
एउटा स्वप्निल परीप्रदेश
एउटा स्वप्निल परीप्रदेश
जो तेरो निमित्त उचित निवास छ !!'
जो तेरो निमित्त उचित निवास छ !!'
</poem>
</b></blockquote>
</b></blockquote>



Revision as of 16:56, 16 February 2025

This page has not been proofread

बुभ्दछन्‌ र रस लिन जान्दछन्‌ । तर तिनमा सूक्ष्म सूचना भएको दीर्घविस्तारक कल्पना हँदैन बरु केटाकेटीहरूमा आनन्दको मात्रा बढ्ता हुन्छ । किनकि चित्रात्मक शक्तिहरू र आत्मसूचनाहरू ताजा, रसिला र आत्मविस्तारक हुन्छन्‌ । उनीहरू दर्शनढुङ्गासँग कुरा गर्दछन्‌ र जाईको फूललाई कथा हालिदिन्छन्‌, हलुवाबेद खाँदाखाँदै उनीहरू सुनकेस्री रानीको बगैँचामा पुग्दछन्‌। प्रौढ पुरुषका विभिन्न सौखहरूबाट वञ्चित गराइए तापनि प्रकृति माताले शैशवलाई त्यो जादू दिएको छ जसले खेतका 'झारहरूमा विशाल जञ्जाल देख्तछ, चन्द्रमामा देवता र तकियामा पहाड र जसलाई एक कोइलीको आवाजमा अविदितको आह्वान छ ।

'हे आनन्दी चरा ! जुन पृथिवीमा हामीहरू टेख्तछौं,
फेरि यस्तो भएफैं विदित हुन्छ-
एउटा स्वप्निल परीप्रदेश
जो तेरो निमित्त उचित निवास छ !!'

तर प्रौढ हिसाब गर्ने मगजलाई न त यस दुनियाँमा सपना छ, न जादू, यो दुनियाँ उनका निमित्त सधैं खौँदिलो छ, यो जीवन सधैं जोड्नु र घटाउनुमा ल्याउन सकिन्छ, उनीहरू संसारका सब समस्याहरू गणितसूतद्वारा हल गर्न खोज्दछन्‌, उनका आनन्दहरू इन्द्रियका मोटामोटी तुप्तिमा रहन्छन्‌, उनीहरूलाई त्यो रहस्यको भावना छैन, जसले संसार छाउँछ । उनीहरूको आत्मामा संसारको ज्यादा अत्याचार हुन्छ । रोटीभन्दा रसिलो क्रा केही देख्तैनन्‌ । उनीहरू कल्पनाको प्रशस्तता देखाउनेलाई या त केटाकेटी या त छटाएको भन्दछन्‌, उनीहरूलाई इन्द्राणीमका रङ्गमा दौलत छैन, न त पहाडको पल्लापट्टि मोहनी छ । उनीहरू जीवनलाई ढुङ्गाजस्तो देख्तछन्‌, दृश्यहरूको सूक्ष्म संदेश र प्रकृतिका साना भौम शाब्दहरू उनका पकडमा आउँदैनन्‌ । उनीहरू पक्रिने गल्तीनेर छामिने कुराहरूमा व्यस्त हुन्छन्‌ । न त उनीहरू ताशको राजारानीको मुलुकमा पस्न सक्तछन्‌, न त उनका अन्धा आँखाहरू त्यो भाग्ने देशको द्वार फेला पार्दछन्‌, जहाँ जीवनबाट फ्‌त्केर हामी भगुवा केटाकेटीहरू आराम लिन र लहड गर्न चाहन्छौं । यी साधारण कक्षाका संसारस्वाँगे मानिसहरू या त फुम्रा इज्जत र रवाफका जुँगाबटारीमा जीवनको सफलता देख्छन्‌, या त टकसारका खबटा बढुल्नामा : यस्ताका निमित्त संयमको द्वार खुल्दैन, यिनलाई दौलत भनेको सन्दूकको भारी छ, प्रकृति भनेको