Jump to content

Page:Laxmi nibandhasangraha.pdf/121: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "बुभ्दछन्‌ र रस लिन जान्दछन्‌ । तर तिनमा सूक्ष्म सूचना भएको दीर्घविस्तारक कल्पना हँदैन बरु केटाकेटीहरूमा आनन्दको मात्रा बढ्ता हुन्छ । किनकि चित्रात्मक शक्तिहरू र आत्मसूचनाहरू त..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बुभ्दछन्‌ र रस लिन जान्दछन्‌ । तर तिनमा सूक्ष्म सूचना भएको
बुभ्दछन्‌ र रस लिन जान्दछन्‌ । तर तिनमा सूक्ष्म सूचना भएको
दीर्घविस्तारक कल्पना हँदैन बरु केटाकेटीहरूमा आनन्दको मात्रा बढ्ता
दीर्घविस्तारक कल्पना हँदैन बरु केटाकेटीहरूमा आनन्दको मात्रा बढ्ता
हुन्छ । किनकि चित्रात्मक शक्तिहरू र आत्मसूचनाहरू ताजा, रसिला र
हुन्छ । किनकि चित्रात्मक शक्तिहरू र आत्मसूचनाहरू ताजा, रसिला र
आत्मविस्तारक हुन्छन्‌ । उनीहरू दर्शनढुङ्गासँग कुरा गर्दछन्‌ र जाईको
आत्मविस्तारक हुन्छन्‌ । उनीहरू दर्शनढुङ्गासँग कुरा गर्दछन्‌ र जाईको
फूललाई कथा हालिदिन्छन्‌, हलुवाबेद खाँदाखाँदै उनीहरू सुनकेस्री रानीको
फूललाई कथा हालिदिन्छन्‌, हलुवाबेद खाँदाखाँदै उनीहरू सुनकेस्री रानीको
बगैँचामा पुग्दछन्‌ । प्रौढ पुरुषका विभिन्न सौखहरूबाट वञ्चित गराइए
बगैँचामा पुग्दछन्‌। प्रौढ पुरुषका विभिन्न सौखहरूबाट वञ्चित गराइए
तापनि प्रकृति माताले शैशवलाई त्यो जादू दिएको छ जसले खेतका
तापनि प्रकृति माताले शैशवलाई त्यो जादू दिएको छ जसले खेतका
'झारहरूमा विशाल जञ्जाल देख्तछ, चन्द्रमामा देवता र तकियामा
'झारहरूमा विशाल जञ्जाल देख्तछ, चन्द्रमामा देवता र तकियामा
पहाड र जसलाई एक कोइलीको आवाजमा अविदितको आह्वान छ ।
पहाड र जसलाई एक कोइलीको आवाजमा अविदितको आह्वान छ ।
<blockquote><b>
'हे आनन्दी चरा ! जुन पृथिवीमा हामीहरू टेख्तछौं,
'हे आनन्दी चरा ! जुन पृथिवीमा हामीहरू टेख्तछौं,
फेरि यस्तो भएफैं विदित हुन्छ-
फेरि यस्तो भएफैं विदित हुन्छ-
एउटा स्वप्निल परीप्रदेश
एउटा स्वप्निल परीप्रदेश
जो तेरो निमित्त उचित निवास छ !!'
</b></blockquote>


जो तेरो निमित्त उचित निवास छ !!'
तर प्रौढ हिसाब गर्ने मगजलाई न त यस दुनियाँमा सपना छ,
तर प्रौढ हिसाब गर्ने मगजलाई न त यस दुनियाँमा सपना छ,
न जादू, यो दुनियाँ उनका निमित्त सधैं खौँदिलो छ, यो जीवन सधैं जोड्नु
न जादू, यो दुनियाँ उनका निमित्त सधैं खौँदिलो छ, यो जीवन सधैं जोड्नु
 
र घटाउनुमा ल्याउन सकिन्छ, उनीहरू संसारका सब समस्याहरू
र घटाउनुमा
 
ल्याउन सकिन्छ,
 
उनीहरू
 
संसारका सब
 
समस्याहरू
 
गणितसूतद्वारा हल गर्न खोज्दछन्‌, उनका आनन्दहरू इन्द्रियका मोटामोटी
गणितसूतद्वारा हल गर्न खोज्दछन्‌, उनका आनन्दहरू इन्द्रियका मोटामोटी
तुप्तिमा रहन्छन्‌, उनीहरूलाई त्यो रहस्यको भावना छैन, जसले संसार
तुप्तिमा रहन्छन्‌, उनीहरूलाई त्यो रहस्यको भावना छैन, जसले संसार
छाउँछ । उनीहरूको आत्मामा संसारको ज्यादा अत्याचार हुन्छ । रोटीभन्दा
छाउँछ । उनीहरूको आत्मामा संसारको ज्यादा अत्याचार हुन्छ । रोटीभन्दा
रसिलो क्रा केही देख्तैनन्‌ । उनीहरू कल्पनाको प्रशस्तता देखाउनेलाई
रसिलो क्रा केही देख्तैनन्‌ । उनीहरू कल्पनाको प्रशस्तता देखाउनेलाई
या त केटाकेटी या त छटाएको भन्दछन्‌, उनीहरूलाई इन्द्राणीमका रङ्गमा
या त केटाकेटी या त छटाएको भन्दछन्‌, उनीहरूलाई इन्द्राणीमका रङ्गमा
दौलत छैन, न त पहाडको पल्लापट्टि मोहनी छ । उनीहरू जीवनलाई
दौलत छैन, न त पहाडको पल्लापट्टि मोहनी छ । उनीहरू जीवनलाई
ढुङ्गाजस्तो देख्तछन्‌, दृश्यहरूको सूक्ष्म संदेश र प्रकृतिका साना भौम
ढुङ्गाजस्तो देख्तछन्‌, दृश्यहरूको सूक्ष्म संदेश र प्रकृतिका साना भौम
शाब्दहरू उनका पकडमा आउँदैनन्‌ । उनीहरू पक्रिने गल्तीनेर छामिने
शाब्दहरू उनका पकडमा आउँदैनन्‌ । उनीहरू पक्रिने गल्तीनेर छामिने
कुराहरूमा व्यस्त हुन्छन्‌ । न त उनीहरू ताशको राजारानीको मुलुकमा
कुराहरूमा व्यस्त हुन्छन्‌ । न त उनीहरू ताशको राजारानीको मुलुकमा
पस्न सक्तछन्‌, न त उनका
पस्न सक्तछन्‌, न त उनका अन्धा आँखाहरू त्यो भाग्ने देशको द्वार
 
अन्धा आँखाहरू त्यो भाग्ने देशको द्वार
 
फेला पार्दछन्‌, जहाँ जीवनबाट फ्‌त्केर हामी भगुवा केटाकेटीहरू आराम
फेला पार्दछन्‌, जहाँ जीवनबाट फ्‌त्केर हामी भगुवा केटाकेटीहरू आराम
लिन र लहड गर्न चाहन्छौं । यी साधारण कक्षाका संसारस्वाँगे मानिसहरू
लिन र लहड गर्न चाहन्छौं । यी साधारण कक्षाका संसारस्वाँगे मानिसहरू
या त फुम्रा इज्जत र रवाफका जुँगाबटारीमा जीवनको सफलता
या त फुम्रा इज्जत र रवाफका जुँगाबटारीमा जीवनको सफलता
देख्छन्‌, या त टकसारका खबटा बढुल्नामा : यस्ताका निमित्त संयमको
देख्छन्‌, या त टकसारका खबटा बढुल्नामा : यस्ताका निमित्त संयमको
द्वार खुल्दैन, यिनलाई दौलत भनेको सन्दूकको भारी छ, प्रकृति भनेको
द्वार खुल्दैन, यिनलाई दौलत भनेको सन्दूकको भारी छ, प्रकृति भनेको
११२/लक्ष्मी निबन्ध-संग्रह

Revision as of 16:55, 16 February 2025

This page has not been proofread

बुभ्दछन्‌ र रस लिन जान्दछन्‌ । तर तिनमा सूक्ष्म सूचना भएको दीर्घविस्तारक कल्पना हँदैन बरु केटाकेटीहरूमा आनन्दको मात्रा बढ्ता हुन्छ । किनकि चित्रात्मक शक्तिहरू र आत्मसूचनाहरू ताजा, रसिला र आत्मविस्तारक हुन्छन्‌ । उनीहरू दर्शनढुङ्गासँग कुरा गर्दछन्‌ र जाईको फूललाई कथा हालिदिन्छन्‌, हलुवाबेद खाँदाखाँदै उनीहरू सुनकेस्री रानीको बगैँचामा पुग्दछन्‌। प्रौढ पुरुषका विभिन्न सौखहरूबाट वञ्चित गराइए तापनि प्रकृति माताले शैशवलाई त्यो जादू दिएको छ जसले खेतका 'झारहरूमा विशाल जञ्जाल देख्तछ, चन्द्रमामा देवता र तकियामा पहाड र जसलाई एक कोइलीको आवाजमा अविदितको आह्वान छ ।

'हे आनन्दी चरा ! जुन पृथिवीमा हामीहरू टेख्तछौं, फेरि यस्तो भएफैं विदित हुन्छ- एउटा स्वप्निल परीप्रदेश जो तेरो निमित्त उचित निवास छ !!'

तर प्रौढ हिसाब गर्ने मगजलाई न त यस दुनियाँमा सपना छ, न जादू, यो दुनियाँ उनका निमित्त सधैं खौँदिलो छ, यो जीवन सधैं जोड्नु र घटाउनुमा ल्याउन सकिन्छ, उनीहरू संसारका सब समस्याहरू गणितसूतद्वारा हल गर्न खोज्दछन्‌, उनका आनन्दहरू इन्द्रियका मोटामोटी तुप्तिमा रहन्छन्‌, उनीहरूलाई त्यो रहस्यको भावना छैन, जसले संसार छाउँछ । उनीहरूको आत्मामा संसारको ज्यादा अत्याचार हुन्छ । रोटीभन्दा रसिलो क्रा केही देख्तैनन्‌ । उनीहरू कल्पनाको प्रशस्तता देखाउनेलाई या त केटाकेटी या त छटाएको भन्दछन्‌, उनीहरूलाई इन्द्राणीमका रङ्गमा दौलत छैन, न त पहाडको पल्लापट्टि मोहनी छ । उनीहरू जीवनलाई ढुङ्गाजस्तो देख्तछन्‌, दृश्यहरूको सूक्ष्म संदेश र प्रकृतिका साना भौम शाब्दहरू उनका पकडमा आउँदैनन्‌ । उनीहरू पक्रिने गल्तीनेर छामिने कुराहरूमा व्यस्त हुन्छन्‌ । न त उनीहरू ताशको राजारानीको मुलुकमा पस्न सक्तछन्‌, न त उनका अन्धा आँखाहरू त्यो भाग्ने देशको द्वार फेला पार्दछन्‌, जहाँ जीवनबाट फ्‌त्केर हामी भगुवा केटाकेटीहरू आराम लिन र लहड गर्न चाहन्छौं । यी साधारण कक्षाका संसारस्वाँगे मानिसहरू या त फुम्रा इज्जत र रवाफका जुँगाबटारीमा जीवनको सफलता देख्छन्‌, या त टकसारका खबटा बढुल्नामा : यस्ताका निमित्त संयमको द्वार खुल्दैन, यिनलाई दौलत भनेको सन्दूकको भारी छ, प्रकृति भनेको