Jump to content

Page:Bhikari.pdf/34: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 24: Line 24:
</poem>
</poem>
}}
}}
{{stanza continue}}

Revision as of 00:22, 9 February 2025

This page has been proofread


टाढाबाट जुरेलि, कोइलि यहीँ आई मिठो गाउँछन्
यस्मा नीड बनाउँछन् अरु चरा, झुल्छन् नबोली कुनै ।
यस्मा आउँछ दूर देशहरुको सन्देश क्या सुन्दर,
हामीभित्र उठेसरी स्वरहरू उत्तेजनाले छुँदा ॥


माटोभित्र जरा छ, जाल गहिरो प्यूँछन् धराको रस
माथी बढ्दछ, फुल्दछन् फूलहरू, छन् भाव झैं सुन्दर ।
माटैभित्र जरा छ हामिहरुको, फुल्छौं उँचाई लिई
हामीभित्र वसन्तका पवनका खुश्बू र सौन्दर्य छ ॥


केही रङ्ग उषा र साँझहरुका, केही शशी माधुरी
वर्षाको रस, वायुको चपलता, ताराहरूको छवि ।
केही निर्मल पानिको मृदुलता, न्यानो तथा घामको
मिल्छन्, फुल्छ कला विचित्र फुलमा, मानीसको भावना ॥


यस्का पात विचार झैं बहुल छन्, वैलाउँछन्, आउँछन्
झर्छन्, फेरि पलाउँछन् तर लिई सादृश्य आकारमा ।