Page:Bhikari.pdf/37: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
छ थोर आवश्यकता पुगेपछि | छ थोर आवश्यकता पुगेपछि | ||
Line 28: | Line 28: | ||
:::समीर हम्कीकन चल्छ सर्सर ॥ | :::समीर हम्कीकन चल्छ सर्सर ॥ | ||
</poem> | </poem> | ||
}} | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:16, 18 April 2025
This page has been proofread
छ थोर आवश्यकता पुगेपछि
म बस्छु संसार नयाँ नयाँ रची ।
५
जगत् छ मेरो घरबार सुन्दर
आकाश नीलो छ तले मनोहर ।
छन् रत्न सारा उसमा भराभर
छन् चन्द्रमा दीप तथा प्रभाकर ॥
६
प्रभात सन्ध्याहरू रङ्ग भर्दछन्
र मेघ आईकन दङ्ग पर्दछन् ।
छ नृत्य राम्रो ऋतुको समागम
दृश्यादि पर्दा दिन-रातको क्रम ॥
७
परीसरी फूल हिली झुलीकन
टप्काउँछन् सुन्दर मोतिका कण ।
हजार गाना रसिलो निरूपम
सुनाउँछन् पत्रविषे विहङ्गम ।
८
छ मख्मली घाँस बडो मुलायम
म लेट्छु जस्माथि सकी परिश्रम ।
पङ्खा छ मेरो वटवृक्ष सुन्दर
समीर हम्कीकन चल्छ सर्सर ॥