Jump to content

Page:Shakuntala.pdf/10: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> “मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू । बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ।।” भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले । “आसू होस् सब दोष, होश पर होस्,..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<poem>
<poem>
“मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू ।
"मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू ।
बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ।।”
बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ॥ "
भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले ।
भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले ।
“आसू होस् सब दोष, होश पर होस्, पूजा यही” भन्दछ ।।
"आँसू होस् सब दोष, होश पर होस्, पूजा यही" भन्दछ
(२३)
(२३)
मेरो हंस चढी सफा स्फटिकको माल धरी आँसुका ।
मेरो हंस चढी सफा स्फटिकको माल धरी आँसुका ।
वीणा ली करमा नशा झनुनुनू झङ्कार्दछिन् जो सदा ।।
वीणा ली करमा नशा झनुनुनू झङ्कार्दछिन् जो सदा
ती माला स्तनाको सुधा हृदयमा बस्छिन् बहाईकन ।  
ती माला स्तनको सुधा हृदयमा बस्छिन् बहाईकन ।  
बुट्टा काट्छु छिनो लिई, नजर हुन् बत्ती उज्यालो दिन ।।
बुट्टा काट्छु छिनो लिई, नजर हुन् बत्ती उज्यालो दिन
(२४)
(२४)
“बुट्टा हेरन पिच्छमा झिलिमिली” भन्दै त्यसै ढल्किँदो ।  
 
हुन् आरूढा नहुन् कि शुक्लवसना इन्द्रेषु झैँ झल्किँदो ।।
"बुट्टा हेरन पिच्छमा झिलिमिली" भन्दै त्यसै ढल्किँदो ।  
भैगो मत्तमयूर नाच्दछ भने नाचोस् फुलेका– ‘मन’
हुन् आरूढ नहुन् कि शुक्लवसना इन्द्रेषु झैँ झल्किँदो
लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन ।।
भैगो मत्तमयूर नाच्दछ भने नाचोस् फुलेका– 'मन'
लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन
(२५)
(२५)
“नाला मात्र रहेछ यो शिशु” भनी दाढी फुलेका भनून् ।
 
मानो शावकतुल्य नाच्छ वनमा फर्फुर् गरी उफ्रिँदै ।।
"नाला मात्र रहेछ यो शिशु" भनी दाढी फुलेका भनून् ।
मानो शावकतुल्य नाच्छ वनमा फर्फुर् गरी उफ्रिँदै
पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो ।
पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो ।
पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो ।।
पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो
(२६)
(२६)
जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी ।
जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी ।
रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ ।।
रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ
घुम्टो आधि झिकेर स्त्रीहरु पढून् टाढा चिहाईकन ।
घुम्टो आधि झिकेर स्त्रीहरु पढून् टाढा चिहाईकन ।
काँढाबाट बची सबै रसिकले पत्ती गुलाफी सुँघून् ।।
काँढाबाट बची सबै रसिकले पत्ती गुलाफी सुँघून्
(२७)
(२७)
“हा हा भारत !भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको ।  
 
जो भज्छौ पुरुखा मुसार करले दाढी यहाँ कण्वका ।।
"हा हा भारत !" भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको ।  
जो भज्छौ पुरुखा मुसार करले दाढी यहाँ कण्वका
नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी ।
नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी ।
पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् ।  
पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् ।  
(२८)
(२८)
</poem>
</poem>

Revision as of 02:17, 24 January 2025

This page has been proofread

"मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू ।
बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ॥ "
भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले ।
"आँसू होस् सब दोष, होश पर होस्, पूजा यही" भन्दछ ॥
(२३)

मेरो हंस चढी सफा स्फटिकको माल धरी आँसुका ।
वीणा ली करमा नशा झनुनुनू झङ्कार्दछिन् जो सदा ॥
ती माला स्तनको सुधा हृदयमा बस्छिन् बहाईकन ।
बुट्टा काट्छु छिनो लिई, नजर हुन् बत्ती उज्यालो दिन ॥
(२४)

"बुट्टा हेरन पिच्छमा झिलिमिली" भन्दै त्यसै ढल्किँदो ।
हुन् आरूढ नहुन् कि शुक्लवसना इन्द्रेषु झैँ झल्किँदो ॥
भैगो मत्तमयूर नाच्दछ भने नाचोस् फुलेका– 'मन' ।
लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन ॥
(२५)

"नाला मात्र रहेछ यो शिशु" भनी दाढी फुलेका भनून् ।
मानो शावकतुल्य नाच्छ वनमा फर्फुर् गरी उफ्रिँदै ॥
पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो ।
पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो ॥
(२६)

जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी ।
रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ ॥
घुम्टो आधि झिकेर स्त्रीहरु पढून् टाढा चिहाईकन ।
काँढाबाट बची सबै रसिकले पत्ती गुलाफी सुँघून् ॥
(२७)

"हा हा भारत !" भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको ।
जो भज्छौ पुरुखा मुसार करले दाढी यहाँ कण्वका ॥
नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी ।
पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् ।
(२८)