Page:Shakuntala.pdf/9: Difference between revisions
→Not proofread: Created page with "<poem> भाषा भासिन जान्छ भासहरुमा दौडेर चाँडो अलि । अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि ।। बत्ती फूलसमान शब्दहरुका जान्नन् धपक्कै बली । होली कान्तकला कपोल–कलिला लज्जावती लाल..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<poem> | <poem> | ||
भाषा भासिन जान्छ भासहरुमा दौडेर चाँडो अलि । | भाषा भासिन जान्छ भासहरुमा दौडेर चाँडो अलि । | ||
अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि | अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि ॥ | ||
बत्ती फूलसमान शब्दहरुका जान्नन् धपक्कै बली । | बत्ती फूलसमान शब्दहरुका जान्नन् धपक्कै बली । | ||
होली कान्तकला कपोल–कलिला लज्जावती लालिमा | होली कान्तकला कपोल–कलिला लज्जावती लालिमा ॥ | ||
(१७) | (१७) | ||
भाषा सागररत्न हो झिलिमिली छाती छचल्काउँदै । | भाषा सागररत्न हो झिलिमिली छाती छचल्काउँदै । | ||
स्वर्गैलाइ समाउने सुनहला सौन्दर्यका छालमा | स्वर्गैलाइ समाउने सुनहला सौन्दर्यका छालमा ॥ | ||
यो ढुङ्गेतटमा सिपी सजल नै | यो ढुङ्गेतटमा सिपी सजल नै फ्याँक्दो छ रित्ता सब । | ||
पारावारध्वनि प्रगूढ यसमा गूँज्छन् भने तुष्ट छु | पारावारध्वनि प्रगूढ यसमा गूँज्छन् भने तुष्ट छु ॥ | ||
(१८) | (१८) | ||
दाढीबाट सफेद व्यास ऋषिको गङ्गा बनेकी कथा । | दाढीबाट सफेद व्यास ऋषिको गङ्गा बनेकी कथा । | ||
ओर्ली सल्बल कल्बलाउन चली पूर्वीय मैदानमा | ओर्ली सल्बल कल्बलाउन चली पूर्वीय मैदानमा ॥ | ||
कालीदासकला बनेर रसिली कल्लोलकौतूहला । | कालीदासकला बनेर रसिली कल्लोलकौतूहला । | ||
"पुग्छिन् सागर" भन्नु सत्य छ भने नाघ्लिन् बलौटो यही ॥ | |||
(१९) | (१९) | ||
के शृङ्गार गुलाबलाई ? कमलैलाई म धोऊँ किन ? | के शृङ्गार गुलाबलाई ? कमलैलाई म धोऊँ किन ? | ||
नीलो रङ्ग थपी सफा गगनमा मूर्खै बनूँ के भन ? | नीलो रङ्ग थपी सफा गगनमा मूर्खै बनूँ के भन ? | ||
ठोसी यो नखरे ठुटे कलमको टुप्पो झिनो | ठोसी यो नखरे ठुटे कलमको टुप्पो झिनो चक्चके । | ||
"सक्तैनस्" यति मात्र लेखिन गए सन्तुष्ट हुन्थे जन ॥ | |||
(२०) | (२०) | ||
कालीदास भनेर कोकिल अरू काला भए तापनि । | कालीदास भनेर कोकिल अरू काला भए तापनि । | ||
कूँज्दैछन् वनमा न अड्छ तिनको आफ्नो वसन्ती ध्वनि ॥ | |||
के मण्डूक कराउनू प्रकृतिले, पापीपना हुन्छ र ? | के मण्डूक कराउनू प्रकृतिले, पापीपना हुन्छ र ? | ||
गौरीशङ्करको नजीक चसचसरा उठ्छन् | गौरीशङ्करको नजीक चसचसरा उठ्छन् अरू वामन ॥ | ||
(२१) | (२१) | ||
गाए तुम्बुरुले सुनेर सुरले ताली दिए गड्गडी । | गाए तुम्बुरुले सुनेर सुरले ताली दिए गड्गडी । | ||
नाचीथी बिजुली, जहारहरुका भल्झल् लडेथे लडी | नाचीथी बिजुली, जहारहरुका भल्झल् लडेथे लडी ॥ | ||
उर्लेको खहरे तिनै सुर लिई हाम्फल्नको हड्बडी । | उर्लेको खहरे तिनै सुर लिई हाम्फल्नको हड्बडी । | ||
गर्दै, पर्वत नै कपाउँछ सदा बाढी धमीलो बढी | गर्दै, पर्वत नै कपाउँछ सदा बाढी धमीलो बढी ॥ | ||
(२२) | (२२) | ||
</poem> | </poem> |
Revision as of 02:10, 24 January 2025
भाषा भासिन जान्छ भासहरुमा दौडेर चाँडो अलि ।
अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि ॥
बत्ती फूलसमान शब्दहरुका जान्नन् धपक्कै बली ।
होली कान्तकला कपोल–कलिला लज्जावती लालिमा ॥
(१७)
भाषा सागररत्न हो झिलिमिली छाती छचल्काउँदै ।
स्वर्गैलाइ समाउने सुनहला सौन्दर्यका छालमा ॥
यो ढुङ्गेतटमा सिपी सजल नै फ्याँक्दो छ रित्ता सब ।
पारावारध्वनि प्रगूढ यसमा गूँज्छन् भने तुष्ट छु ॥
(१८)
दाढीबाट सफेद व्यास ऋषिको गङ्गा बनेकी कथा ।
ओर्ली सल्बल कल्बलाउन चली पूर्वीय मैदानमा ॥
कालीदासकला बनेर रसिली कल्लोलकौतूहला ।
"पुग्छिन् सागर" भन्नु सत्य छ भने नाघ्लिन् बलौटो यही ॥
(१९)
के शृङ्गार गुलाबलाई ? कमलैलाई म धोऊँ किन ?
नीलो रङ्ग थपी सफा गगनमा मूर्खै बनूँ के भन ?
ठोसी यो नखरे ठुटे कलमको टुप्पो झिनो चक्चके ।
"सक्तैनस्" यति मात्र लेखिन गए सन्तुष्ट हुन्थे जन ॥
(२०)
कालीदास भनेर कोकिल अरू काला भए तापनि ।
कूँज्दैछन् वनमा न अड्छ तिनको आफ्नो वसन्ती ध्वनि ॥
के मण्डूक कराउनू प्रकृतिले, पापीपना हुन्छ र ?
गौरीशङ्करको नजीक चसचसरा उठ्छन् अरू वामन ॥
(२१)
गाए तुम्बुरुले सुनेर सुरले ताली दिए गड्गडी ।
नाचीथी बिजुली, जहारहरुका भल्झल् लडेथे लडी ॥
उर्लेको खहरे तिनै सुर लिई हाम्फल्नको हड्बडी ।
गर्दै, पर्वत नै कपाउँछ सदा बाढी धमीलो बढी ॥
(२२)