Page:Laxmi nibandhasangraha.pdf/24: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
जब मैले त्यस बालकलाई नानी भन्न पाएयथें, उसको तोतेले म | जब मैले त्यस बालकलाई नानी भन्न पाएयथें, उसको तोतेले म | ||
ब्यूँझैँदै गएँ, | ब्यूँझैँदै गएँ, ऊ बढ्दै गई । उसले मलाई बाबुको हृदय बुझाउन लागी | ||
र मलाई ईश्वर छ जस्तो लाग्यो । बाबु नभएको दुनियाँ कसरी धर्मराउँदो | र मलाई ईश्वर छ जस्तो लाग्यो । बाबु नभएको दुनियाँ कसरी धर्मराउँदो | ||
हो, अरण्यमा आधार नपाए जन्तु कसरी जिउँदा हुन् । मलाई नरम र | हो, अरण्यमा आधार नपाए जन्तु कसरी जिउँदा हुन् । मलाई नरम र | ||
कोमल सब चीज आएर त्यसवेला स्पर्श गर्थे, जब मलाई देखेर उसका | कोमल सब चीज आएर त्यसवेला स्पर्श गर्थे, जब मलाई देखेर उसका | ||
दुई-आधारे नजर मुस्काउँथे । म सानो ईश्वर | दुई-आधारे नजर मुस्काउँथे । म सानो ईश्वर बनेझैं उसको दुनियाँलाई | ||
आधार दिन्थेँ, | आधार दिन्थेँ, ऊ प्रकृतिले नै बुझिरहेकी थिई । उसको आफूमाथिको | ||
आधार देखेर मलाई लाग्दथ्यो कि हत्यारो हुनु या हिंसा गर्नु मानवप्रकृतिको | आधार देखेर मलाई लाग्दथ्यो कि हत्यारो हुनु या हिंसा गर्नु मानवप्रकृतिको | ||
विरुद्ध रहेछ । मैले कोपिलाहरूलाई चुँड्न सकिनँ, घाँसका मुनाहरू | |||
उखेल्न सकिनँ । मलाई गाली गर्न मन लागेन तिनीहरूलाई पनि, जो | उखेल्न सकिनँ । मलाई गाली गर्न मन लागेन तिनीहरूलाई पनि, जो | ||
मेरो भोलापनबाट फाइदा उठाएर मलाई नै डस्न खोज्दथे । | मेरो भोलापनबाट फाइदा उठाएर मलाई नै डस्न खोज्दथे । | ||
आफूमा | आफूमा आघार र पूर्ण विश्वास लिने वस्तु पाउनु मलाई कबेरको | ||
जस्तो लाग्यो । मैले जुगानुजुगका प्रेम बुझेँ । मलाई उसका निमित्त | जस्तो लाग्यो । मैले जुगानुजुगका प्रेम बुझेँ । मलाई उसका निमित्त | ||
एउटा सानो, रमाइलो दुनियाँ बनाउन मन लाग्यो । त्यसमा फूलको | एउटा सानो, रमाइलो दुनियाँ बनाउन मन लाग्यो । त्यसमा फूलको | ||
Line 21: | Line 21: | ||
उ बिरामी हुन्थी, बराबर मेरो हृदय जापक बन्दध्यो। म | उ बिरामी हुन्थी, बराबर मेरो हृदय जापक बन्दध्यो। म | ||
अविदितको पुजारी बन्न | अविदितको पुजारी बन्न लाग्थें, जब उसको आत्मा दु:खको शब्द निकाल्न | ||
लाग्थ्यो । | लाग्थ्यो । | ||
मैले मेरो जीवन बुझेँ त्यस वेला, जब उसले आधार खोज्दथी ! | मैले मेरो जीवन बुझेँ त्यस वेला, जब उसले आधार खोज्दथी ! | ||
म कथा भन्न लागें, भन्दाभन्दै तिनमा | |||
रामचन्द्र र | म कथा भन्न लागें, भन्दाभन्दै तिनमा विश्वास गर्न लागें, | ||
रामचन्द्र र कृष्णजी साँचा हुन् भन्ने उसैले बुझाउन लागी । | |||
म आगोमा बसेर पानी भईभई उसलाई हेर्दछु ! म हत्याराहरूसँग | म आगोमा बसेर पानी भईभई उसलाई हेर्दछु ! म हत्याराहरूसँग |
Latest revision as of 13:09, 30 January 2025
मेरी शिशु
जब मैले त्यस बालकलाई नानी भन्न पाएयथें, उसको तोतेले म ब्यूँझैँदै गएँ, ऊ बढ्दै गई । उसले मलाई बाबुको हृदय बुझाउन लागी र मलाई ईश्वर छ जस्तो लाग्यो । बाबु नभएको दुनियाँ कसरी धर्मराउँदो हो, अरण्यमा आधार नपाए जन्तु कसरी जिउँदा हुन् । मलाई नरम र कोमल सब चीज आएर त्यसवेला स्पर्श गर्थे, जब मलाई देखेर उसका दुई-आधारे नजर मुस्काउँथे । म सानो ईश्वर बनेझैं उसको दुनियाँलाई आधार दिन्थेँ, ऊ प्रकृतिले नै बुझिरहेकी थिई । उसको आफूमाथिको आधार देखेर मलाई लाग्दथ्यो कि हत्यारो हुनु या हिंसा गर्नु मानवप्रकृतिको विरुद्ध रहेछ । मैले कोपिलाहरूलाई चुँड्न सकिनँ, घाँसका मुनाहरू उखेल्न सकिनँ । मलाई गाली गर्न मन लागेन तिनीहरूलाई पनि, जो मेरो भोलापनबाट फाइदा उठाएर मलाई नै डस्न खोज्दथे ।
आफूमा आघार र पूर्ण विश्वास लिने वस्तु पाउनु मलाई कबेरको जस्तो लाग्यो । मैले जुगानुजुगका प्रेम बुझेँ । मलाई उसका निमित्त एउटा सानो, रमाइलो दुनियाँ बनाउन मन लाग्यो । त्यसमा फूलको कोमलता र सुगन्ध भर्न मन लाग्यो । मलाई एउटा माली बनूँ-बनूँ लाग्यो र बीउ बिनी-बिनी रोपूँ जस्तो लाग्यो । मेरा भावनाहरू अप्रकट थिए तर हृदयले हृदयलाई नबताए पनि त्यसै बुझ्दथ्यो ।
उ बिरामी हुन्थी, बराबर मेरो हृदय जापक बन्दध्यो। म अविदितको पुजारी बन्न लाग्थें, जब उसको आत्मा दु:खको शब्द निकाल्न लाग्थ्यो ।
मैले मेरो जीवन बुझेँ त्यस वेला, जब उसले आधार खोज्दथी !
म कथा भन्न लागें, भन्दाभन्दै तिनमा विश्वास गर्न लागें, रामचन्द्र र कृष्णजी साँचा हुन् भन्ने उसैले बुझाउन लागी ।
म आगोमा बसेर पानी भईभई उसलाई हेर्दछु ! म हत्याराहरूसँग