Page:Ek chihan.pdf/112: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
दुलाहा हुने केटा अरू सबै गुनका साथसाथै स्वास्थ्यले पनि योग्य | दुलाहा हुने केटा अरू सबै गुनका साथसाथै स्वास्थ्यले पनि योग्य | ||
छन् । उनको घर सर्लाही जिल्लामा पर्छ, नाम | छन् । उनको घर सर्लाही जिल्लामा पर्छ, नाम राम खेलावन हो, अनि उनको | ||
थर कुर्मी; कुर्मी थरलाई 'राउत' पनि भन्छन् । | थर कुर्मी; कुर्मी थरलाई 'राउत' पनि भन्छन् । | ||
राम खेलावन राउतको घरमा उनी नै मालिक हुन् किनभने उनका | |||
बाबु, दाजु वा अरू जेठाबाठा कोही छैनन् । दुई जना भाइ, एउटी बहिनी र | बाबु, दाजु वा अरू जेठाबाठा कोही छैनन् । दुई जना भाइ, एउटी बहिनी र | ||
आमा– बस, परिवारको नाममा यत्तिकै । | आमा– बस, परिवारको नाममा यत्तिकै । घुमी घुमीकन काठमाडौँ उपत्यकाको | ||
खेती गर्ने तरिकाको अध्ययन राम्ररी गरेका थिए उनले। यहाँको प्रणाली | खेती गर्ने तरिकाको अध्ययन राम्ररी गरेका थिए उनले। यहाँको प्रणाली | ||
अपनाएर मधेसमा पनि यस्तै चलन चलाउने पनि उनको दिलको मुराद थियो । | अपनाएर मधेसमा पनि यस्तै चलन चलाउने पनि उनको दिलको मुराद थियो । | ||
Line 11: | Line 11: | ||
सिकाउन लगाउने विचार पनि यिनले गरेका थिए । | सिकाउन लगाउने विचार पनि यिनले गरेका थिए । | ||
खेतका खेत डुल्दै गर्दा | खेतका खेत डुल्दै गर्दा नै राम खेलावन राउतको भेटघाट शिव | ||
नारानसँग । | नारानसँग भई चिनाजानी भएको थियो । नानीथकुँ पनि त्यही खेतमै काम गरि | ||
रहने हुनाले | रहने हुनाले राम खेलावनले देख्न पाइ रहेकै थिए । नानीथकुँमा पनि कुनै | ||
गुणको कमी थिएन । केही कम | गुणको कमी थिएन । केही कम छ त पढाइ एउटा मात्रै हो, तर पढेर, | ||
शिक्षित भएर पनि नपाइने गुण रामखेलावनले | शिक्षित भएर पनि नपाइने गुण रामखेलावनले नानीथकुँमा देखि रहेका थिए । | ||
नानीथकुँको सौन्दर्य र अरू सबै व्यावहारिक गुण देखी राम खेलावन मुग्ध | |||
भएर भित्रभित्रै | भएर भित्रभित्रै लोभिइ रहेका थिए । झन् विवाहको कुरा पेस भइ दिँदा त उनी | ||
एकाएक आह्लादित भए । | एकाएक आह्लादित भए । | ||
दुनियाँमा सब थोक हुन | दुनियाँमा सब थोक हुन गार्हो छ, समय लाग्छ, श्रम लाग्छ, बुद्धि | ||
खर्चिनु पर्छ, तर प्रेम हुन केही गार्हो छैन, समय लाग्दैन, श्रम र बुद्धिको पनि | |||
खर्च हुँदैन, मानिस सजिलैसित एक घडी, | खर्च हुँदैन, मानिस सजिलैसित एक घडी, एक छिनमै प्रेम सम्बन्ध जोड्नाका | ||
निम्ति तयार हुन्छ र गाँठो बाँध्नलाई अगाडि बढ्छ । समान गुण भएका दुई | निम्ति तयार हुन्छ र गाँठो बाँध्नलाई अगाडि बढ्छ । समान गुण भएका दुई | ||
मानिसको दुई हाँस्तो दिल तुरुन्तै, आँखा झिम्म गर्दागर्दै एक हुन्छ, एक बन्छ । | मानिसको दुई हाँस्तो दिल तुरुन्तै, आँखा झिम्म गर्दागर्दै एक हुन्छ, एक बन्छ । | ||
उसले जाति हेर्दैन, संस्कृति हेर्दैन, टाढापन हेर्दैन, खानु लाउनु, सुखदुःख केही | उसले जाति हेर्दैन, संस्कृति हेर्दैन, टाढापन हेर्दैन, खानु लाउनु, सुखदुःख केही | ||
हेर्दैन । यहाँसम्म कि दुई व्यक्तिको व्यवहार र सम्बन्धलाई चलाउने, अगि | हेर्दैन । यहाँसम्म कि दुई व्यक्तिको व्यवहार र सम्बन्धलाई चलाउने, अगि | ||
बढाउने परम साधन | बढाउने परम साधन भाषा समेत मिल्ने नमिल्ने र जाने नजानेको वास्ता | ||
गर्दैन । कसैको दिलसित कसैको दिल हाँसेपछि उनीहरू एक हुनलाई तत्पर | गर्दैन । कसैको दिलसित कसैको दिल हाँसेपछि उनीहरू एक हुनलाई तत्पर | ||
हुन्छन् र अगाडि बढ्छन् । | हुन्छन् र अगाडि बढ्छन् । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 22:54, 23 June 2025
दुलाहा हुने केटा अरू सबै गुनका साथसाथै स्वास्थ्यले पनि योग्य छन् । उनको घर सर्लाही जिल्लामा पर्छ, नाम राम खेलावन हो, अनि उनको थर कुर्मी; कुर्मी थरलाई 'राउत' पनि भन्छन् ।
राम खेलावन राउतको घरमा उनी नै मालिक हुन् किनभने उनका बाबु, दाजु वा अरू जेठाबाठा कोही छैनन् । दुई जना भाइ, एउटी बहिनी र आमा– बस, परिवारको नाममा यत्तिकै । घुमी घुमीकन काठमाडौँ उपत्यकाको खेती गर्ने तरिकाको अध्ययन राम्ररी गरेका थिए उनले। यहाँको प्रणाली अपनाएर मधेसमा पनि यस्तै चलन चलाउने पनि उनको दिलको मुराद थियो । यहाँका किसानहरूलाई मधेसमा लगेर खेती गराउने र उहाँका किसानहरूलाई सिकाउन लगाउने विचार पनि यिनले गरेका थिए ।
खेतका खेत डुल्दै गर्दा नै राम खेलावन राउतको भेटघाट शिव नारानसँग भई चिनाजानी भएको थियो । नानीथकुँ पनि त्यही खेतमै काम गरि रहने हुनाले राम खेलावनले देख्न पाइ रहेकै थिए । नानीथकुँमा पनि कुनै गुणको कमी थिएन । केही कम छ त पढाइ एउटा मात्रै हो, तर पढेर, शिक्षित भएर पनि नपाइने गुण रामखेलावनले नानीथकुँमा देखि रहेका थिए । नानीथकुँको सौन्दर्य र अरू सबै व्यावहारिक गुण देखी राम खेलावन मुग्ध भएर भित्रभित्रै लोभिइ रहेका थिए । झन् विवाहको कुरा पेस भइ दिँदा त उनी एकाएक आह्लादित भए ।
दुनियाँमा सब थोक हुन गार्हो छ, समय लाग्छ, श्रम लाग्छ, बुद्धि खर्चिनु पर्छ, तर प्रेम हुन केही गार्हो छैन, समय लाग्दैन, श्रम र बुद्धिको पनि खर्च हुँदैन, मानिस सजिलैसित एक घडी, एक छिनमै प्रेम सम्बन्ध जोड्नाका निम्ति तयार हुन्छ र गाँठो बाँध्नलाई अगाडि बढ्छ । समान गुण भएका दुई मानिसको दुई हाँस्तो दिल तुरुन्तै, आँखा झिम्म गर्दागर्दै एक हुन्छ, एक बन्छ । उसले जाति हेर्दैन, संस्कृति हेर्दैन, टाढापन हेर्दैन, खानु लाउनु, सुखदुःख केही हेर्दैन । यहाँसम्म कि दुई व्यक्तिको व्यवहार र सम्बन्धलाई चलाउने, अगि बढाउने परम साधन भाषा समेत मिल्ने नमिल्ने र जाने नजानेको वास्ता गर्दैन । कसैको दिलसित कसैको दिल हाँसेपछि उनीहरू एक हुनलाई तत्पर हुन्छन् र अगाडि बढ्छन् ।