Jump to content

Page:Ek chihan.pdf/103: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{left|{{larger|'''सत्ताइस'''}}}}
{{left|{{larger|'''सत्ताइस'''}}}}


आज हर्ष नारानको अनुहारमा सहसा प्रसन्नता फलिफुलिरहेको
आज हर्ष नारानको अनुहारमा सहसा प्रसन्नता फलि फुलि रहेको
देख्ता लतमाया छक्क परिन् । उनको चेहरामा यस्तरी प्रसन्नता बलेको  
देख्ता लतमाया छक्क परिन् । उनको चेहरामा यस्तरी प्रसन्नता बलेको  
लतमायाले कहिल्यै देखेकी थिइनन् । लतमाया भान्छामा भात पकाइरहेकी
लतमायाले कहिल्यै देखेकी थिइनन् । लतमाया भान्छामा भात पकाइ रहेकी
थिइन् । उनले हर्ष नारान एक्लै हाँसी भऱ्याङ उक्लिरहेको देखिन् । माथि  
थिइन् । उनले हर्ष नारान एक्लै हाँसी भऱ्याङ उक्लि रहेको देखिन् । माथि  
बुइँगलमा पुगेपछि त उनको हाँसो अटाइनसक्नु भई झुसीबाट पोखिइरहेको
बुइँगलमा पुगेपछि त उनको हाँसो अटाइ नसक्नु भई झुसीबाट पोखिइ रहेको
लतमायाले पाइन् ।
लतमायाले पाइन् । लतमायाले अनौठो मानेर सोधिन्– "किन हर्ष नारान !  
 
लतमायाले अनौठो मानेर सोधिन्– "किन हर्ष नारान !  
तिमी आज बिघ्नै खुसी देखिन्छौ । तिमी यति खुसाएको मैले आजसम्म  
तिमी आज बिघ्नै खुसी देखिन्छौ । तिमी यति खुसाएको मैले आजसम्म  
देखेकी थिइनँ ।"
देखेकी थिइनँ ।"
Line 19: Line 17:


"अस्तिसम्म घर नबनाईकन बिहेको नामै लिन्न भन्ने मान्छे आज  
"अस्तिसम्म घर नबनाईकन बिहेको नामै लिन्न भन्ने मान्छे आज  
एकाएक बिहे गर्न तम्सिरहेछौ । भन हर्ष नारान ! कुरा के छ ?"
एकाएक बिहे गर्न तम्सि रहेछौ । भन हर्ष नारान ! कुरा के छ ?"


"अब मलाई बिहे गर्न मन लाग्यो आमा !"
"अब मलाई बिहे गर्न मन लाग्यो आमा !"


"केटी पाइसकेका छौ ?"
"केटी पाइ सकेका छौ ?"


"त्यसैले आमा । मलाई झट्‌टै बिहे गर्न मन लागेको । कसैले मलाई  
"त्यसैले आमा । मलाई झट्‌टै बिहे गर्न मन लागेको । कसैले मलाई  

Latest revision as of 22:16, 23 June 2025

This page has been proofread
सत्ताइस

आज हर्ष नारानको अनुहारमा सहसा प्रसन्नता फलि फुलि रहेको देख्ता लतमाया छक्क परिन् । उनको चेहरामा यस्तरी प्रसन्नता बलेको लतमायाले कहिल्यै देखेकी थिइनन् । लतमाया भान्छामा भात पकाइ रहेकी थिइन् । उनले हर्ष नारान एक्लै हाँसी भऱ्याङ उक्लि रहेको देखिन् । माथि बुइँगलमा पुगेपछि त उनको हाँसो अटाइ नसक्नु भई झुसीबाट पोखिइ रहेको लतमायाले पाइन् । लतमायाले अनौठो मानेर सोधिन्– "किन हर्ष नारान ! तिमी आज बिघ्नै खुसी देखिन्छौ । तिमी यति खुसाएको मैले आजसम्म देखेकी थिइनँ ।"

"मलाई, भन्नै लाज लाग्छ आमा ।" सङ्कोचवश हर्ष नारान बोले ।

"के भन न, मदेखि पनि लाज ?" लतमायाले भनिन् ।

"आमा ! म पनि अब बिहे गर्छु ।"

"अस्तिसम्म घर नबनाईकन बिहेको नामै लिन्न भन्ने मान्छे आज एकाएक बिहे गर्न तम्सि रहेछौ । भन हर्ष नारान ! कुरा के छ ?"

"अब मलाई बिहे गर्न मन लाग्यो आमा !"

"केटी पाइ सकेका छौ ?"

"त्यसैले आमा । मलाई झट्‌टै बिहे गर्न मन लागेको । कसैले मलाई प्रेम गरेको पाएँ आमा ।" दङ पर्दै हर्ष नारानले भने ।

"कसैमा कसैले सम्पत्ति खोज्छ, विद्या खोज्छ, इलम खोज्छ, रूप, यौवन खोज्छ भने त्यो प्रेम होइन; जसले अरू थोक केही नखोजीकन उसको दिल