Page:Ek chihan.pdf/96: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"गालामा चाउरी गन्यो भने यता सात, उता सात गरी | "गालामा चाउरी गन्यो भने यता सात, उता सात गरी घटी नै जम्मा | ||
चौध होलान्, अझ आफूलाई तरुनो भनाउन मन छ ? बुढो मानिसले ठट्टा | चौध होलान्, अझ आफूलाई तरुनो भनाउन मन छ ? बुढो मानिसले ठट्टा | ||
गरेको देख्ता मलाई काउकुती लागेर आउँछ ।" ठट्टाको भावमा हाकुमायाले | गरेको देख्ता भने मलाई काउकुती लागेर आउँछ ।" ठट्टाको भावमा हाकुमायाले | ||
भनिन् । | भनिन् । | ||
Line 7: | Line 7: | ||
के म ।" ठट्टाकै भावमा शिव नारानले भने । | के म ।" ठट्टाकै भावमा शिव नारानले भने । | ||
"छिः चुप लागेर सुत्नोस्, | "छिः चुप लागेर सुत्नोस्, बार्ह पनि बजि सक्यो होला, अर्कालाई नीद | ||
आइ सक्यो ।" अलि नखराउँदै हाकुमायाले भनिन् | |||
"नीद आएको देखेर त 'नसुत, ठट्टा गर' | "नीद आएको देखेर त 'नसुत, ठट्टा गर' भने कराइ रहेको, नीद | ||
नआएको भए ठट्टा पनि त मिठो हुने थिएन ।" शिव नारानले मुस्कुराउँदै | नआएको भए ठट्टा पनि त मिठो हुने थिएन ।" शिव नारानले मुस्कुराउँदै | ||
भने | भने । | ||
"छिः सुत्नोस् झट्टै, तपाईंलाई नीद नआए म त सुत्छु, मलाई त आइ | "छिः सुत्नोस् झट्टै, तपाईंलाई नीद नआए म त सुत्छु, मलाई त आइ | ||
सक्यो ज्यादै ।" मुस्कुराउँदै हाकुमायाले भनिन् । | सक्यो ज्यादै ।" मुस्कुराउँदै हाकुमायाले भनिन् । | ||
" | "एक छिन ख्यालठट्टा गरेर त रमाऊ ! खेत कुर्न आएकी रे, घर त | ||
सुतेर बिताउनलाई मेरी हाकु रानी !" ठट्टाको भावमा शिव नारानले | होइन सुतेर बिताउनलाई मेरी हाकु रानी !" ठट्टाको भावमा शिव नारानले | ||
भने । "ज्यापूकी छोरी ज्यापुनीलाई केको 'रानी' | भने । | ||
"ज्यापूकी छोरी ज्यापुनीलाई केको 'रानी' भन्नु पर्छ !" | |||
"त्यसो भए मलाई भन त 'राजा'; मलाई त मन पर्छ । | "त्यसो भए मलाई भन त 'राजा'; मलाई त मन पर्छ । | ||
"तपाईं झन् ज्यापूको छोरा, त्यस्तै खेत कुरेर, खर्पन बोकेर, कसरी | "तपाईं झन् ज्यापूको छोरा, त्यस्तै खेत कुरेर, खर्पन बोकेर, कसरी | ||
'राजा' हुन | 'राजा' हुन सक्नु होला ? हुनै नसक्ने कुरा । बरु कुनै राजाकी स्वास्नी हुन | ||
जान सके म 'रानी' हुन सक्छु ।" ठट्टाको भावमा हाकुमायाले भनिन् । | जान सके म 'रानी' हुन सक्छु ।" ठट्टाको भावमा हाकुमायाले भनिन् । | ||
यत्तिकैमा खेतमा | यत्तिकैमा खेतमा वस्तुभाउ चरेको आवाज सुनेर शिव नारान हातमा | ||
लौरो लिएर कुद्दै गए । रातको | लौरो लिएर कुद्दै गए । रातको वेला हुनाले हाकुमाया पनि शिव नारानको पछि | ||
पछि दौडँदै गएकी थिइन् । आफ्नो रगत पसिना दिएर कमाएको खेतमा यसरी | पछि दौडँदै गएकी थिइन् । आफ्नो रगत पसिना दिएर कमाएको खेतमा यसरी | ||
गाई चर्न आएको देखेर शिव नारान धुमचक्र रिसाएका थिए । रिसको झोँकमा | गाई चर्न आएको देखेर शिव नारान धुमचक्र रिसाएका थिए । रिसको झोँकमा | ||
उनले गाईलाई | उनले गाईलाई सार्है नै पिटे ।" | ||
" | "भइगो, भोलि गाईलाई थानामा बुझाइ दिनु होला । लिलाम भै हाल्छ, | ||
यसका धनीलाई पनि सजाय | यसका धनीलाई पनि सजाय भइ हाल्छ । यो बिचरा पशुलाई के थाहा, उसको |
Latest revision as of 15:59, 23 June 2025
"गालामा चाउरी गन्यो भने यता सात, उता सात गरी घटी नै जम्मा चौध होलान्, अझ आफूलाई तरुनो भनाउन मन छ ? बुढो मानिसले ठट्टा गरेको देख्ता भने मलाई काउकुती लागेर आउँछ ।" ठट्टाको भावमा हाकुमायाले भनिन् ।
"म बुढो लागे अझै अर्को तरुनोसित ठट्टा गरे पनि 'हा !' भन्ने छैन के म ।" ठट्टाकै भावमा शिव नारानले भने ।
"छिः चुप लागेर सुत्नोस्, बार्ह पनि बजि सक्यो होला, अर्कालाई नीद आइ सक्यो ।" अलि नखराउँदै हाकुमायाले भनिन्
"नीद आएको देखेर त 'नसुत, ठट्टा गर' भने कराइ रहेको, नीद नआएको भए ठट्टा पनि त मिठो हुने थिएन ।" शिव नारानले मुस्कुराउँदै भने ।
"छिः सुत्नोस् झट्टै, तपाईंलाई नीद नआए म त सुत्छु, मलाई त आइ सक्यो ज्यादै ।" मुस्कुराउँदै हाकुमायाले भनिन् ।
"एक छिन ख्यालठट्टा गरेर त रमाऊ ! खेत कुर्न आएकी रे, घर त होइन सुतेर बिताउनलाई मेरी हाकु रानी !" ठट्टाको भावमा शिव नारानले भने ।
"ज्यापूकी छोरी ज्यापुनीलाई केको 'रानी' भन्नु पर्छ !"
"त्यसो भए मलाई भन त 'राजा'; मलाई त मन पर्छ ।
"तपाईं झन् ज्यापूको छोरा, त्यस्तै खेत कुरेर, खर्पन बोकेर, कसरी 'राजा' हुन सक्नु होला ? हुनै नसक्ने कुरा । बरु कुनै राजाकी स्वास्नी हुन जान सके म 'रानी' हुन सक्छु ।" ठट्टाको भावमा हाकुमायाले भनिन् ।
यत्तिकैमा खेतमा वस्तुभाउ चरेको आवाज सुनेर शिव नारान हातमा लौरो लिएर कुद्दै गए । रातको वेला हुनाले हाकुमाया पनि शिव नारानको पछि पछि दौडँदै गएकी थिइन् । आफ्नो रगत पसिना दिएर कमाएको खेतमा यसरी गाई चर्न आएको देखेर शिव नारान धुमचक्र रिसाएका थिए । रिसको झोँकमा उनले गाईलाई सार्है नै पिटे ।"
"भइगो, भोलि गाईलाई थानामा बुझाइ दिनु होला । लिलाम भै हाल्छ, यसका धनीलाई पनि सजाय भइ हाल्छ । यो बिचरा पशुलाई के थाहा, उसको