Page:Tarun tapasi.pdf/109: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 27: | Line 27: | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
बनायो कस्ले त्यो रजत-घट ? पीयूष उसमा | बनायो कस्ले त्यो रजत-घट ? पीयूष उसमा | ||
:: | ::भर्यो कस्ले ? पोत्यो कुन सकसले दिव्य सुषमा ? | ||
कहाँ देखी निस्क्यो ? उपर उपरै चल्छ कसरी ? | कहाँ देखी निस्क्यो ? उपर उपरै चल्छ कसरी ? | ||
::कहाँ पुग्ने होला ? गगनपथको मङ्गल गरी ॥ | ::कहाँ पुग्ने होला ? गगनपथको मङ्गल गरी ॥ | ||
Line 35: | Line 35: | ||
::थिये त्यस्तो चर्को दिनमणि निरालम्ब रथमा । | ::थिये त्यस्तो चर्को दिनमणि निरालम्ब रथमा । | ||
अहो ! त्यै बाटोमा अमृत चुहुँदो शीतल शशी | अहो ! त्यै बाटोमा अमृत चुहुँदो शीतल शशी | ||
::चलेका | ::चलेका छन् ऐले भुवनभर गोरोचन घसी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:53, 18 June 2025
१८
विवेकी नेताको नगिच दुनियाँको मन सरी
पुग्यो फेरी आँखा अमृतकरमा खायस धरी ।
वहाँ हेर्दाहेर्दै हृदय-दहमा लाखन थरी
उठे उत्प्रेक्षाका अति सरल सङ्कल्प-लहरी ॥
१९
बसी स्वर्गङ्गाको निकट सुरकन्या सब मिली
सफा तेही डल्लो अमृत-करका साबुन दली ।
चुहाई चौतर्फी अमृत-रसधारा तरतरी
नजाने धुन्थे कि प्रणयसित फोयेर कबरी ?
२०
जलक्रीडा गर्दा अमर कुँवरीले नगिचमा
फराकीलो नीलो गगनमय चट्टानबिचमा ।
फुकाली राखेका सब चहकिला भूषण सरी
थिये झिल्के तारा उस बखत सारा वरिपरि ॥
२१
स्वयं गोता मारी अमर-तटिनीमा दिनभरी
किनारामा उत्री किरण-फुहरामा जल भरी ।
पखाल्थे वा मैलो गगन विधुले नत्र कसरी
बहन्थ्यो चौतर्फी अमृतमय त्यो शीतल झरी ?
२२
बनायो कस्ले त्यो रजत-घट ? पीयूष उसमा
भर्यो कस्ले ? पोत्यो कुन सकसले दिव्य सुषमा ?
कहाँ देखी निस्क्यो ? उपर उपरै चल्छ कसरी ?
कहाँ पुग्ने होला ? गगनपथको मङ्गल गरी ॥
२३
अघी मात्रै नीलो जुन गहन विस्तीर्ण पथमा
थिये त्यस्तो चर्को दिनमणि निरालम्ब रथमा ।
अहो ! त्यै बाटोमा अमृत चुहुँदो शीतल शशी
चलेका छन् ऐले भुवनभर गोरोचन घसी ॥