Jump to content

Page:Tarun tapasi.pdf/104: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 17: Line 17:
::प्रभा मात्रै हाली कुसुमरसमा कल्पतरुको ।
::प्रभा मात्रै हाली कुसुमरसमा कल्पतरुको ।
जमायेको जस्तो उस नगरको अद्भुत छवि
जमायेको जस्तो उस नगरको अद्भुत छवि
::कलम्‌दरा सारा लिन कसरि शक्ला कुन कवि ?
::कलम्‌द्वारा सारा लिन कसरि शक्ला कुन कवि ?


{{pcn|३०}}
{{pcn|३०}}

Revision as of 17:10, 13 June 2025

This page has been proofread

२७
झुलेका इन्द्रेनी सब भवनमा तोरण बनी
ध्वजामा नाचेको चपल बिजुलीको सनसनी ।
अटाली वा बुर्जा सब गगनचुम्बी चहकिला
नगीचै देखिन्थे शशधर जहाँबाट धमिला ॥

२८
कतै छन् स्वर्गङ्गाजल-रचित छाँगा र छहरा
कतै क्रीडावापी, छरछर कतै दीर्घ फुहरा ।
कतै अग्ला ज्योतिर्मय मणिशिला-शैल हँसिला
कतै राम्रा राम्रा कुसुमित लताकुञ्ज रसिला ॥

२९
हिरा, मोती, पन्ना प्रभृति भरिला रत्नहरुको
प्रभा मात्रै हाली कुसुमरसमा कल्पतरुको ।
जमायेको जस्तो उस नगरको अद्भुत छवि
कलम्‌द्वारा सारा लिन कसरि शक्ला कुन कवि ?

३०
जरैदेखी हेर्दा जुग जुग जहाँ शून्य छ जरा
जवानीको मात्रै लहलह जहाँ गर्छ लहरा ।
जहाँ आँधी, व्याधि, क्षय, जननको छैन शरण
वहाँको को जान्ने अतुल सुखको त्यो विवरण ?

३१
बगेकी चौतर्फी कलकल सदा शान्तिसरिता
हँसीला बासिन्दा सरल पुतलीतुल्य छरिता ।
रसीलो आनन्दी हृदय सब ती पौरहरुको
फुकेको फक्रेको सुरभि फुल झैं कल्पतरुको ॥

३२
दया, मैत्री, श्रद्धा, प्रणयरसले शीतल सब
सबैको हिस्सामा अतुल मनचिन्ते छ विभव ।
सबै मर्यादा वा विधिनियमको पालन गरी
रमायेका दैवी विषयसुखमा निर्जर सरी ॥