Page:Tarun tapasi.pdf/85: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 23: | Line 23: | ||
::हवा साथै वर्ष्यो जल मुशलधारेपन धरी । | ::हवा साथै वर्ष्यो जल मुशलधारेपन धरी । | ||
खतम् भैगो उस्को पिलिपिलिसँगै जीवन-कला | खतम् भैगो उस्को पिलिपिलिसँगै जीवन-कला | ||
:: | ::गर्यो उस्ले मेरै शिरबिच कठै ! दीर्घ सुकला ॥ | ||
{{pcn|२८}} | {{pcn|२८}} |
Latest revision as of 21:33, 15 June 2025
२४
बिपत्तैमा बग्दो, अति कठिन, बाङ्गो अतिथिको
अँध्यारो यो सारा गुणमय पसारो प्रकृतिको ।
उही नीलो कालो जलधिबिच पस्तोछ त्यसरी
तमासा यो कस्तो ? अझ नभरिने त्यो हरि ! हरि !!
२५
कठै ! कस्ता कस्ता पुरुषहरु लाखौँ चहकिला
नजान्नाले भित्री गहन तमको भेदन-कला ।
जथाभावी खर्ची छवि सकल यै बाह्य पथमा
गये वा अस्ताये उस जलधिभित्रै मुफतमा ॥
२६
म त्यो सारा सम्झी फगत करुणाको वश परी
तँलाई क्यै भन्छू, मसित नरिसा है जुनकिरी ।
घुमिस्, खेलिस् नाचिस्, गगनबिच झिल्किस्, झिलिझिली
तँ आफैँ सम्झी त्यो तर कति पलाको पिलिपिली ?
२७
म यस्तो भन्दैछू निमिषभरमा दर्दर गरी
हवा साथै वर्ष्यो जल मुशलधारेपन धरी ।
खतम् भैगो उस्को पिलिपिलिसँगै जीवन-कला
गर्यो उस्ले मेरै शिरबिच कठै ! दीर्घ सुकला ॥
२८
यति भनि तपसीले सूक्ति-निस्यन्द थामे
कर-कमल उठाई आफनै माथ छामे ।
मनमन उनको त्यो सूक्तिमा भक्ति जाग्यो
हृदयगत अँध्यारो गर्वको भूत भाग्यो ॥