Page:Tarun tapasi.pdf/20: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 8: | Line 8: | ||
{{pcn|७}} | {{pcn|७}} | ||
बढी, बाँचौँ, भोगौँ | बढी, बाँचौँ, भोगौँ विषय-सुख राम्रोसित भनी | ||
::तिमी जस्तो गर्छौ प्रबल रुचि, उस्तै अरु पनि । | ::तिमी जस्तो गर्छौ प्रबल रुचि, उस्तै अरु पनि । | ||
ठुलो को ? सानू को ? सम छ सबको जीवन-विधि | ठुलो को ? सानू को ? सम छ सबको जीवन-विधि | ||
Line 15: | Line 15: | ||
{{pcn|८}} | {{pcn|८}} | ||
अहन्ताको ठोक्तै घट घट विषे दिव्य तबला | अहन्ताको ठोक्तै घट घट विषे दिव्य तबला | ||
:: | ::जगद्व्यापी एकै भुवनपतिको जीवन-कला । | ||
भई भोगप्रेमी हरतरहले घुम्छ भवमा | भई भोगप्रेमी हरतरहले घुम्छ भवमा | ||
::उसैको सत्ता हो अनुभव लिने भित्र सबमा ॥ | ::उसैको सत्ता हो अनुभव लिने भित्र सबमा ॥ | ||
Line 27: | Line 27: | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
किरामा, पक्षीमा, नर, पशु, लता, वृक्षतकमा | किरामा, पक्षीमा, नर, पशु, लता, वृक्षतकमा | ||
::अहो! एकैनासे परम चितिको दिव्य चकमा । | ::अहो ! एकैनासे परम चितिको दिव्य चकमा । | ||
फुरेको देख्दैछौ तदपि किन गर्छौ धरमर ? | फुरेको देख्दैछौ तदपि किन गर्छौ धरमर ? | ||
::विवेक-ज्योत्स्नाले सकल धरणी शीतल गर ॥ | ::विवेक-ज्योत्स्नाले सकल धरणी शीतल गर ॥ | ||
Line 34: | Line 34: | ||
ठुलाले सानाका उपर करुणा दृष्टि नगरी | ठुलाले सानाका उपर करुणा दृष्टि नगरी | ||
::जथाभावी चल्दा धरणि सब हुन्छिन् यमपुरी । | ::जथाभावी चल्दा धरणि सब हुन्छिन् यमपुरी । | ||
कलीलो यो मेरो वय छ, बटुवा हो! जनि गर | कलीलो यो मेरो वय छ, बटुवा हो ! जनि गर | ||
::चलाऊ बिस्तारैसित नजरकै साथ पयर ॥ | ::चलाऊ बिस्तारैसित नजरकै साथ पयर ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:37, 30 May 2025
६
ठुला साना प्राणी चतुर विधिका सन्तति सब
सबैको साझा हो प्रकृति गुणको भोग्य-विभव ।
सबै हाँसून् खेलून् सरल रसिलो जीवन धरी
धरालाई पारी प्रणय-रसले देव-नगरी ॥
७
बढी, बाँचौँ, भोगौँ विषय-सुख राम्रोसित भनी
तिमी जस्तो गर्छौ प्रबल रुचि, उस्तै अरु पनि ।
ठुलो को ? सानू को ? सम छ सबको जीवन-विधि
सबैलाई प्यारो विषय-सुखको यो जलनिधि ॥
८
अहन्ताको ठोक्तै घट घट विषे दिव्य तबला
जगद्व्यापी एकै भुवनपतिको जीवन-कला ।
भई भोगप्रेमी हरतरहले घुम्छ भवमा
उसैको सत्ता हो अनुभव लिने भित्र सबमा ॥
९
'दया' भन्ने एकै मधुरतम पीयूष-रसको
पिई प्याला मीठो अनुभव लिँदै भित्र उसको ।
यता विश्वप्रेमी बन मतलबी भाव नधर
उतालाई सोझै अमर-पदवी हासिल गर ॥
१०
किरामा, पक्षीमा, नर, पशु, लता, वृक्षतकमा
अहो ! एकैनासे परम चितिको दिव्य चकमा ।
फुरेको देख्दैछौ तदपि किन गर्छौ धरमर ?
विवेक-ज्योत्स्नाले सकल धरणी शीतल गर ॥
११
ठुलाले सानाका उपर करुणा दृष्टि नगरी
जथाभावी चल्दा धरणि सब हुन्छिन् यमपुरी ।
कलीलो यो मेरो वय छ, बटुवा हो ! जनि गर
चलाऊ बिस्तारैसित नजरकै साथ पयर ॥