Jump to content

Page:Tarun tapasi.pdf/19: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 18: Line 18:
::कलीला रौँ जस्ता पयर; अडिने शक्ति फितलो ।
::कलीला रौँ जस्ता पयर; अडिने शक्ति फितलो ।
चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा
चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा
::कठै! त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा ॥
::कठै ! त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा ॥


{{pcn|४}}
{{pcn|४}}
Line 24: Line 24:
::मलाई को हेर्ने ? उस बखत माया-वश बनी ।
::मलाई को हेर्ने ? उस बखत माया-वश बनी ।
जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती
जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती
::कठै! अन्धा जस्ता; विषय-विषले व्याकुल अति ॥
::कठै ! अन्धा जस्ता; विषय-विषले व्याकुल अति ॥


{{pcn|५}}
{{pcn|५}}

Latest revision as of 14:35, 30 May 2025

This page has been validated
द्वितीय विश्राम


बिचमा भुमरी परी परी
बहँदी सम्थरकी नदी सरी ।
फिर बग्न गयो उसै गरी
मुनिको शीतल सूक्ति-माधुरी ॥


चपेटा पर्नाले नियति अगुवा कर्मगतिको
लियेथेँ यो चोला जुन बखतमा लोकहितको ।
उसै वेलादेखी जुन जति सहेँ कष्ट कहर
सबै त्यो सुन्दैमा पनि तिमि हुनेछौ थरहर ॥


म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलो
कलीला रौँ जस्ता पयर; अडिने शक्ति फितलो ।
चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा
कठै ! त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा ॥


सहारौँ, सम्भारौँ, अशरण छ यो बालक भनी
मलाई को हेर्ने ? उस बखत माया-वश बनी ।
जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती
कठै ! अन्धा जस्ता; विषय-विषले व्याकुल अति ॥


कतै दायाँ बायाँ तिलभर पनी नेत्र नधरी
जथाभावी चल्दा अबुझ बटुवा टम्टम गरी ।
म थर्कन्थेँ, भन्थेँ पनि गिडगिडाई तिनिकन
दुवै आँखा हेरी हिँड जमिनमा, अन्ध नबन ॥