Page:Shakuntala.pdf/373: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
छाती चिरेर यदि दर्द सबै सुनाऊँ । | |||
::रोला जगत् सब लिएर आँसु ॥ | ::रोला जगत् सब सदैव लिएर आँसु ॥ | ||
छु प्रेमको हृदयको गहिरो पिपासु । | छु प्रेमको हृदयको गहिरो पिपासु । | ||
::यो रङ्ग त्याग करुणा ! यति भन्छ आँसु ॥" | ::यो रङ्ग त्याग करुणा ! यति भन्छ आँसु ॥" | ||
{{pcn|(५९)}} | {{pcn|(५९)}} | ||
यस्तै गरेर | यस्तै गरेर दुइ साथ रुँदै बसेका । | ||
::देखेर दर्शक सबै दृगमा रुझेका ॥ | ::देखेर दर्शक सबै दृगमा रुझेका ॥ | ||
केही उज्यालिन गए सब भै प्रसन्न । | केही उज्यालिन गए सब भै प्रसन्न । | ||
::ती | ::ती भेटघाटहरुले, दुइ देख्न धन्य ॥ | ||
{{pcn|(६०)}} | {{pcn|(६०)}} | ||
गर्छन् दुवै हृदयको गहिरो | गर्छन् दुवै हृदयको गहिरो सह्रानी । | ||
::सारा लिएर गहमा सुखसाथ पानी ॥ | ::सारा लिएर गहमा सुखसाथ पानी ॥ | ||
गद्गद् बनेर दिल क्यै अब सुँक्क सुँक्क । | |||
:: | ::रुन्छन् त्यहाँ प्रणयको गतिले छुनाले ॥ | ||
{{pcn|(६१)}} | {{pcn|(६१)}} | ||
जो प्रेमको गति विचित्र छ सो बुझेर । | |||
::छाया मिलेर दिल मानवमा अनौठा ॥ | ::छाया मिलेर दिल मानवमा अनौठा ॥ | ||
रुन्छन् सबै प्रकृत रोदनले खुशीको । | रुन्छन् सबै प्रकृत रोदनले खुशीको । | ||
::ती दिव्य दिव्य क्षणका छवि | ::ती दिव्य दिव्य क्षणका छवि झल्किनाले ॥ | ||
{{pcn|(६२)}} | {{pcn|(६२)}} | ||
दोटै उठे अब पुछीकन आँसुधारा । | दोटै उठे अब पुछीकन आँसुधारा । | ||
::ती | ::ती साथ साथ अब कश्यपका कुटीमा ॥ | ||
लाग्छन् पछाडि अनि | लाग्छन् पछाडि अनि राजकुमारचाहिं । | ||
:: | ::आश्चर्यसाथ जननी -मुखतर्फ हेर्छन् ॥ | ||
{{pcn|(६३)}} | {{pcn|(६३)}} | ||
ऋषि अगाडि गईकन ती दुई । | |||
::प्रणत छन् करजोरी खडा भई ॥ | ::प्रणत छन् करजोरी खडा भई ॥ | ||
खुइलिईकन केश मुहारका । | |||
:: | ::धवलश्मश्रु थिए अतितेजिला ॥ | ||
{{pcn|(६४)}} | {{pcn|(६४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:31, 1 June 2025
छाती चिरेर यदि दर्द सबै सुनाऊँ ।
रोला जगत् सब सदैव लिएर आँसु ॥
छु प्रेमको हृदयको गहिरो पिपासु ।
यो रङ्ग त्याग करुणा ! यति भन्छ आँसु ॥"
(५९)
यस्तै गरेर दुइ साथ रुँदै बसेका ।
देखेर दर्शक सबै दृगमा रुझेका ॥
केही उज्यालिन गए सब भै प्रसन्न ।
ती भेटघाटहरुले, दुइ देख्न धन्य ॥
(६०)
गर्छन् दुवै हृदयको गहिरो सह्रानी ।
सारा लिएर गहमा सुखसाथ पानी ॥
गद्गद् बनेर दिल क्यै अब सुँक्क सुँक्क ।
रुन्छन् त्यहाँ प्रणयको गतिले छुनाले ॥
(६१)
जो प्रेमको गति विचित्र छ सो बुझेर ।
छाया मिलेर दिल मानवमा अनौठा ॥
रुन्छन् सबै प्रकृत रोदनले खुशीको ।
ती दिव्य दिव्य क्षणका छवि झल्किनाले ॥
(६२)
दोटै उठे अब पुछीकन आँसुधारा ।
ती साथ साथ अब कश्यपका कुटीमा ॥
लाग्छन् पछाडि अनि राजकुमारचाहिं ।
आश्चर्यसाथ जननी -मुखतर्फ हेर्छन् ॥
(६३)
ऋषि अगाडि गईकन ती दुई ।
प्रणत छन् करजोरी खडा भई ॥
खुइलिईकन केश मुहारका ।
धवलश्मश्रु थिए अतितेजिला ॥
(६४)