Page:Shakuntala.pdf/366: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
'को होला ? कुन भूपपुत्र ? कसको यो रत्न तेजी यहाँ ?' | 'को होला ? कुन भूपपुत्र ? कसको यो रत्न तेजी यहाँ ?' | ||
::भन्दै तर्क गरेर दर्शक | ::भन्दै तर्क गरेर दर्शक बने गर्दै प्रशांसा त्यहाँ ॥ | ||
'यस्तो बालक रत्न सुन्दर महातेजी हँसीलोकन । | 'यस्तो बालक रत्न सुन्दर महातेजी हँसीलोकन । | ||
:: | ::पाऊँ राख्न म काख चुम्बन लिँदै स्वर्गै थियो जीवन ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
लोभै लाग्दछ देख्नलाइ शिशु यो क्या तेजको । | लोभै लाग्दछ देख्नलाइ शिशु यो क्या तेजको सुन्दर । | ||
::यौटा दोष नदेखिने, कति छिटो, क्या | ::यौटा दोष नदेखिने, कति छिटो, क्या फर्तिलो क्या सफा ॥ | ||
तोते | तोते फुट्न तयार शब्द रसिलो टूना बनी कानमा । | ||
:: | ::गद्गद् बन्दछ चित्त चारु सपना झैं दिव्य उद्यानमा ॥ | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
को होला ? यसको मुहार अलि क्यै थोरै चिने | को होला ? यसको मुहार अलि क्यै थोरै चिने झैं कता । | ||
::कोही मानिसको कि देवहरुको | ::कोही मानिसको कि देवहरुको झैं लाग्छ मिर्मिर् यता ॥ | ||
के मैले सपनातिरै दिन कुनै | के मैले सपनातिरै दिन कुनै देखें ? झझल्कोसरि । | ||
::को होला ? | ::को होला ? कुन भूपको शिशु यहाँ या देव आए झरी ? | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
स्वप्ना सुन्दर आशका हृदयका | स्वप्ना सुन्दर आशका हृदयका फुल्दो हुँदा यौवन । | ||
::देखिन्छन् यसरी कतै कि रसिला आँखा लिई | ::देखिन्छन् यसरी कतै कि रसिला आँखा लिई सम्झिन ? | ||
अर्कै ठाउँ झरेर स्वर्गतिरका यी बाल-स्वप्नाहरू । | अर्कै ठाउँ झरेर स्वर्गतिरका यी बाल-स्वप्नाहरू । | ||
::हाँसी चित्त रुलाउँछन् कि यसरी दुःखी बनाई | ::हाँसी चित्त रुलाउँछन् कि यसरी दुःखी बनाई मरूँ ॥ | ||
{{pcn|(२०)}} | {{pcn|(२०)}} | ||
यस्तै एक थियो सुचारु सपना त्यो कोपिलैमा पर । | यस्तै एक थियो सुचारु सपना त्यो कोपिलैमा पर । | ||
::मेरो लात लिई गयो | ::मेरो लात लिई गयो विधि हुँदा उल्टो कडा निष्ठुर ॥ | ||
त्यो बाबाकन रुग्ण दीन थलमा | त्यो बाबाकन रुग्ण दीन थलमा झुत्रो लगाई रुँदी । | ||
::होलिन् काख लिँदी सुदीनवदनी तप्तप् झरी झैं हुँदी ॥ | ::होलिन् काख लिँदी सुदीनवदनी तप्तप् झरी झैं हुँदी ॥ | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
यो को हो ? अब सोध्छु यो मन लिई दुष्यन्त सर्छन् अघि । | यो को हो ? अब सोध्छु' यो मन लिई दुष्यन्त सर्छन् अघि । | ||
::"एनानी ! भन को तिमी ? घर कहाँ ? के नाम तिम्रो भन ?" | ::"एनानी ! भन को तिमी ? घर कहाँ ? के नाम तिम्रो भन ?" | ||
भन्दा भन्दछ बाल त्यो हँसमुखा हेरेर माथी तल । | भन्दा भन्दछ बाल त्यो हँसमुखा हेरेर माथी तल । | ||
::"मेलो किछ्न | ::"मेलो किछ्न बुबा विछाल थल यो" फैलाउँदो बाहुली ॥ | ||
"आत्मा नाम | "आत्मा नाम छ काम यो छब जगत् जित्ने उज्यालो गली । | ||
::बाबा | ::बाबा कछ्यपको कुटी घल" भनी तोते बनी माधुरी ॥ | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:38, 1 June 2025
'को होला ? कुन भूपपुत्र ? कसको यो रत्न तेजी यहाँ ?'
भन्दै तर्क गरेर दर्शक बने गर्दै प्रशांसा त्यहाँ ॥
'यस्तो बालक रत्न सुन्दर महातेजी हँसीलोकन ।
पाऊँ राख्न म काख चुम्बन लिँदै स्वर्गै थियो जीवन ॥
(१७)
लोभै लाग्दछ देख्नलाइ शिशु यो क्या तेजको सुन्दर ।
यौटा दोष नदेखिने, कति छिटो, क्या फर्तिलो क्या सफा ॥
तोते फुट्न तयार शब्द रसिलो टूना बनी कानमा ।
गद्गद् बन्दछ चित्त चारु सपना झैं दिव्य उद्यानमा ॥
(१८)
को होला ? यसको मुहार अलि क्यै थोरै चिने झैं कता ।
कोही मानिसको कि देवहरुको झैं लाग्छ मिर्मिर् यता ॥
के मैले सपनातिरै दिन कुनै देखें ? झझल्कोसरि ।
को होला ? कुन भूपको शिशु यहाँ या देव आए झरी ?
(१९)
स्वप्ना सुन्दर आशका हृदयका फुल्दो हुँदा यौवन ।
देखिन्छन् यसरी कतै कि रसिला आँखा लिई सम्झिन ?
अर्कै ठाउँ झरेर स्वर्गतिरका यी बाल-स्वप्नाहरू ।
हाँसी चित्त रुलाउँछन् कि यसरी दुःखी बनाई मरूँ ॥
(२०)
यस्तै एक थियो सुचारु सपना त्यो कोपिलैमा पर ।
मेरो लात लिई गयो विधि हुँदा उल्टो कडा निष्ठुर ॥
त्यो बाबाकन रुग्ण दीन थलमा झुत्रो लगाई रुँदी ।
होलिन् काख लिँदी सुदीनवदनी तप्तप् झरी झैं हुँदी ॥
(२१)
यो को हो ? अब सोध्छु' यो मन लिई दुष्यन्त सर्छन् अघि ।
"एनानी ! भन को तिमी ? घर कहाँ ? के नाम तिम्रो भन ?"
भन्दा भन्दछ बाल त्यो हँसमुखा हेरेर माथी तल ।
"मेलो किछ्न बुबा विछाल थल यो" फैलाउँदो बाहुली ॥
"आत्मा नाम छ काम यो छब जगत् जित्ने उज्यालो गली ।
बाबा कछ्यपको कुटी घल" भनी तोते बनी माधुरी ॥
(२२)