Jump to content

Page:Shakuntala.pdf/364: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
"यस्तो सुन्दर गानको वनविषे ती कोमलाङ्गीसँग ।
"यस्तो सुन्दर गानको वनविषे ती कोमलाङ्गीसँग ।
::मेरो वन्य बिहा भयौ कसुमको खानी फुलेको रँग ॥
::मेरो वन्य बिहा भयो कुसुमको खानी फुलेको रँग ॥
सौगन्धी नवमञ्जरीहरु मिली नाच्थे फुकाई उर ।
सौगन्धी नवमञ्जरीहरु मिली नाच्थे फुकाई उर ।
::बोल्थ्यो प्रेम बनी जगत्‌ मृदुहरा बोल्थ्यो फुली सुन्दर ॥
::बोल्थ्यो प्रेम बनी जगत्‌ मृदुहरा बोल्थ्यो फुली सुन्दर ॥
Line 8: Line 8:


'हाम्रा भाव थिए मुनासरि नयाँ मीठा मुना पातला ।
'हाम्रा भाव थिए मुनासरि नयाँ मीठा मुना पातला ।
::जिभ्ना झै कलकण्ठका मृदुलता मागी मर्यो कम्पित ॥
::जिभ्रा झैं कलकण्ठका मृदुलता मागी नयाँ कम्पित ॥
फुल्छौं चन्द्र र सूर्यमा उर फुकी मीठो लचीलोपन ।
फुल्छौं चन्द्र र सूर्यमा उर फुकी मीठो लचीलोपन ।
::बिस्तारै मुसकाउँदै पर गरी' भन्थे खुसारईकन
::बिस्तारै मुसकाउँदै पर गरी' भन्थे खुसाईकन
{{pcn|(६)}}
{{pcn|(६)}}


"घुम्टो थोर लिएर भाव तिनका लज्जा रसीली बनी ।
"घुम्टो थोर लिएर भाव तिनका लज्जा रसीली बनी ।
::मुस्कन्धे अलि लालरङ्घग कलिलो छाएर गाला भरी ॥
::मुस्कन्थे अलि लालरङ्ग कलिलो छाएर गाला भरी ॥
ती बोल्थिन्‌ वन झै चरामय करा, मीठा सुराका कणा ।
ती बोल्थिन्‌ वन झैं चरामय कुरा, मीठा सुराका कणा ।
::मानो बैंस वसन्तमा र वनमा बास्ना बने झै घना ॥
::मानो बैंस वसन्तमा र वनमा बास्ना बने झैं घना ॥
{{pcn|(७)}}
{{pcn|(७)}}


आयो क्रुर तुषारको हुदयमा ठण्डा कडा विस्मृति ।
आयो क्रूर तुषारको हुदयमा ठण्डा कडा विस्मृति ।
::मेरो श्वास ननेर स्याँठ हिउँदे छाती चियो कोमल ॥
::मेरो श्वास बनेर स्याँठ हिउँदे छाती चिर्‍यो कोमल ॥
ती फुल्दी कलिली मिठास मनमा आनन्दका रङ्गमा ।
ती फुल्दी कलिली मिठास मनमा आनन्दका रङ्गमा ।
::वैलिन्‌ हाय ! कतै कतैतिर तिनी होलिन्‌ रँदी मौनमा ॥
::वैलिन्‌ हाय ! कतै कतैतिर तिनी होलिन्‌ रुँदी मौनमा ॥
{{pcn|(८)}}
{{pcn|(८)}}


छातीका जलबाफ सर्र मनमा फैली रसाईकन ।
छातीका जलबाफ सर्र मनमा फैली रसाईकन ।
::ढीका उष्ण लिएर कोण दुइमा लामा तिनी हुन्‌ रुँदी ॥
::ढीका उष्ण लिएर कोण दुइमा लामा तिनी हुन्‌ रुँदी ॥
फुल्दा यौवन आश कुण्ठित भई घक्का परी निष्दुर
फुल्दा यौवन आश कुण्ठित भई धक्का परी निष्ठुर
::घुँक्का बन्दछ मौन आँसुसँगमा कूना कहीं ली पर ॥
::घुँक्का बन्दछ मौन आँसुसँगमा कूना कहीं ली पर ॥
{{pcn|(९)}}
{{pcn|(९)}}


कै ठानिन्‌ शिव हाय हाय तिनले वल्ली बनी आउँधिन्‌
के ठानिन्‌ शिव हाय हाय तिनले वल्ली बनी आउँथिन्‌
::मृद्राले नव आशका विरहका दाना बिसाकै भनी ॥
::मुद्राले नव आशका विरहका दाना बिसाऊँ भनी ॥
मेरो करपना र आँधिहरुले ती जिल्ल आत्माकन ।
मेरो क्रूरपना र आँधिहरुले ती जिल्ल आत्माकन ।
::राखिस्‌ दैव कहाँ ? बता अब ममा खोज्ने रोईकन ॥
::राखिस्‌ दैव कहाँ ? बता अब ममा खोज्नेछु रोईकन ॥
{{pcn|(१०)}}
{{pcn|(१०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 20:47, 31 May 2025

This page has been proofread

"यस्तो सुन्दर गानको वनविषे ती कोमलाङ्गीसँग ।
मेरो वन्य बिहा भयो कुसुमको खानी फुलेको रँग ॥
सौगन्धी नवमञ्जरीहरु मिली नाच्थे फुकाई उर ।
बोल्थ्यो प्रेम बनी जगत्‌ मृदुहरा बोल्थ्यो फुली सुन्दर ॥
(५)

'हाम्रा भाव थिए मुनासरि नयाँ मीठा मुना पातला ।
जिभ्रा झैं कलकण्ठका मृदुलता मागी नयाँ कम्पित ॥
फुल्छौं चन्द्र र सूर्यमा उर फुकी मीठो लचीलोपन ।
बिस्तारै मुसकाउँदै पर गरी' भन्थे खुसाईकन ॥
(६)

"घुम्टो थोर लिएर भाव तिनका लज्जा रसीली बनी ।
मुस्कन्थे अलि लालरङ्ग कलिलो छाएर गाला भरी ॥
ती बोल्थिन्‌ वन झैं चरामय कुरा, मीठा सुराका कणा ।
मानो बैंस वसन्तमा र वनमा बास्ना बने झैं घना ॥
(७)

आयो क्रूर तुषारको हुदयमा ठण्डा कडा विस्मृति ।
मेरो श्वास बनेर स्याँठ हिउँदे छाती चिर्‍यो कोमल ॥
ती फुल्दी कलिली मिठास मनमा आनन्दका रङ्गमा ।
वैलिन्‌ हाय ! कतै कतैतिर तिनी होलिन्‌ रुँदी मौनमा ॥
(८)

छातीका जलबाफ सर्र मनमा फैली रसाईकन ।
ढीका उष्ण लिएर कोण दुइमा लामा तिनी हुन्‌ रुँदी ॥
फुल्दा यौवन आश कुण्ठित भई धक्का परी निष्ठुर ।
घुँक्का बन्दछ मौन आँसुसँगमा कूना कहीं ली पर ॥
(९)

के ठानिन्‌ शिव हाय हाय तिनले वल्ली बनी आउँथिन्‌ ।
मुद्राले नव आशका विरहका दाना बिसाऊँ भनी ॥
मेरो क्रूरपना र आँधिहरुले ती जिल्ल आत्माकन ।
राखिस्‌ दैव कहाँ ? बता अब ममा खोज्नेछु रोईकन ॥
(१०)